रासिन्द्र यादव-
सप्तरी । सप्तरीको दक्षिणवर्ती गाउँपालिका बलान बिहुलमा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ् । अस्पताल निर्माणका निम्ति गा.पा अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका छन् ।
प्राप्त जानकारी अनुसार बलान बिहुल- २ स्थित चन्हीको दुर्गा मन्दिरकै छेउमा अस्पताल निर्माण हुनलागेको हो । मन्दिरको अगाडिपट्टीको खाली जग्गामा १५ सैयाको अस्पताल निर्माणको लागि झण्डै १५ करोडको लागतमा २ बर्षभित्र सुबिधा समपन्न अस्पताल बलान विहुल बासीले पाउनु खुशीको कुरा भएको अध्यक्ष यादवले बताए ।
शिलान्यास कार्यक्रममा अध्यक्ष यादव लगायत नेकपा एमालेका प्रत्यासी पालिका अध्यक्ष अरुण कुमार गोईत(मुखिया जी), स्थानीय बुद्धिजीवी, किसान, युवा आदिको उपस्थिति रहेको थियो । अन्तमा अध्यक्ष यादवले सहभागी सम्पुर्ण जनसमुदाय प्रति हार्दिक आभार प्रकट गरेका थिए ।
Discussion about this post