१५ असार, काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ ।
कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए ।१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ठेकदारको कारण रासायनिक मल अभाव भएको बताए । मलको ठेक्का प्रणाली नै राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए ।
Discussion about this post