News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

बाढी र डुबानबाट मोरङमा ३६७ परिवार विस्थापित, झापा , मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित


बाढी र डुबानबाट मोरङमा ३६७ परिवार विस्थापित, झापा , मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित

विराटनगर । अविरल वर्षासँगैको बाढी र डुबानका कारण मोरङमा हालसम्म ३ सय ६७ परिवार विस्थापित भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बुधबार बिहानसम्ममा विस्थापित भएका ३ सय ६७ परिवारका १३ सय ६८ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । वर्षा नरोकिएको र बाढी आउने तथा डुबान हुने क्रम जारी रहेकाले विस्थापित हुनेको संख्या बढ्नसक्ने उनले बताए । उनका अनुसार विस्थापित भएका परिवारका घर पूर्णरूपमा डुवानमा परेका छन् । कतिपय घरमा बाढीले क्षति पुर्याउँदा सर्वसाधारण विस्थापित हुनु परेको जानकारी श्रेष्ठले दिए ।

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका आठवटा स्थानीय तह बाढी र डुबानको चपेटामा परेका छन् । विराटनगर महानगरपालिका, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी र सुनवर्षी नगरपालिका तथा कानेपोखरी, ग्रामथान बूढीगंगा र जहदा गाँउपालिका सबैभन्दा बढी प्रभावित बनेका हुन् ।

घर डुबानमा परेपछि हालसम्म विराटनगर–७ र ८ का ६३ परिवार विस्थापित बनेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विराटनगरभित्रका सयौँ परिवार प्रभावित बनेका छन् । पानीको निकास नहुँदा विराटनगर बर्सेनि डुबानमा पर्ने गरेको छ । विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमबाट केशलिया खोला बग्ने गरेको छ ।

बाढीका कारण बहाव उच्च भएर खोला ‘ओभरफ्लो’ हुँदै बस्तीमा छिर्ने गरेको हो । खोला वस्तीमा पस्दा हजारौँ सर्वसाधारणले वासस्थान छाड्नुपर्ने अवस्था बनेको छ । सिंघिया खोलाले विराटनगरसँगै सीमा जोडिएको कटहरी गाउँपालिकामा पनि क्षति पुर्‍याएको छ। सिंघियाका कारण विराटनगर र कटहरीका लगभग १ हजार ४ सयभन्दा बढी परिवार प्रभावित बनेका छन् । केसियलाको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा पस्दा दर्जनौँ घर डुबानमा परेका छन् ।

बाढीका कारण बेलबारी–६ का ८, कटहरी–१ का १ सय ५०, जहाद–१ र २ का १ सय २० र बूढीगंगा–१ का २६ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षा निरन्तर भइरहेकाले डुबानमा पर्ने घरपरिवारको संख्या अझै बढ्नसक्ने जनाएको छ ।

बाढीले व्यक्तिका घर तथा विभिन्न भौतिक संरचना, पुल, सडक, कल्भर्टसमेतमा क्षति पुर्‍याएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘बाढी पसेपछि घरहरु डुबानमा परेका छन् । बाढीले ठाउँठाउँमा भौतिक संरचनामा क्षति गरेको छ,’ उनले भने, ‘मंगलबार राति केही बेर रोकिए पनि बुधबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । पानी कम भएपछि आ-आफ्नो घरतिर फर्किएका कतिपय विस्थापितहरु पुनः समस्यामा परेका छन् ।’

दाहालका अनुसार मोरङमा हालसम्म बाढी र डुबानका कारण विस्थापित र पूर्ण रूपमा प्रभावित हुनेको यकिन तथ्यांक प्राप्त भइसकेको छैन । तर चार हजारभन्दा बढी परिवार प्रभावित बनेको हुनसक्ने उनको भनाइ छ । दाहालले मोरङका डाँस, बक्राहा, चिसाङ, सिंघिया, केशलियालगायतका दर्जनौं खोलामा पानीको बहाव उच्च बनेको बताए । भने, ‘बहाव उच्च हुँदै गइरहेका खोलाको बाढी बस्तीबस्तीमा छिरेको छ । पानीको उचित निकास नहुँदा धेरै ठाउँहरु डुबानमा परेका छन् । ठाउँठाउँमा खोलाले कटान तीव्र बनाएको छ ।’ उनले बाढी र डुबानका कारण सुकुम्बासी बस्ती सबैभन्दा बढी प्रभावित बनेको बताए ।

उनका अनुसार बाढी पीडितहरुको उद्धार र उनीहरुलाई राहत वितरणको कामलाई पनि तीव्र पारिएको छ । ‘बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारेर व्यवस्थापन गर्ने काम भइरहेको छ । विस्थापितलाई तत्कालका लागि ओत लाग्न सहज होस भनेर त्रिपाल वितरण गरिएको छ,’ प्रजिअ दाहालले भने, ‘राहत वितरणको थप प्रक्रिया वडा र सम्बन्धित स्थानीय तहमार्फत अघि बढाइएको छ । गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।’

उनका अनुसार वर्षा नरोकिएका कारण उद्धारमा समेत कठिनाइ भइरहेको छ । बाढीबाट पीडित बनेका सर्वसाधारणको उद्धारमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालित छन् । बाढी र डुबानबाट प्रदेश १ का तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित बनेका छन् । लोकमार्ग तथा भित्री सडकखण्डमा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बाढी तथा डुबानबाट पीडित बनेका सर्वसाधारणको उद्धारमा सशस्त्र प्रहरीका सबै युनिट परिचालित रहेको जानकारी दिए । ‘आवश्यक सामग्रीसहित बाढी पीडितको उद्धारमा सशस्त्र खटिएको छ । उद्धारमा अभ्यस्त टोली अहोरात्र परिचालित,’ उनले भने, ‘बाढीबाट झापा, मोरङ र सुनसरी बढी प्रभावित भएका छन् । अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्दै डुबानमा परेका र जोखिममा रहेका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

विस्थापित भएका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने, जोखिममा परेका महिला तथा बालबालिकासहितको उद्धार गर्ने, खोला तथा नदीले गरिरहेको कटान नियन्त्रण गर्ने, डुबानमा परेका सर्वसाधारणको घरबाट सामग्री निकालेर सुरक्षित ठाउँसम्म पुर्‍याइदिने काम सशस्त्र लगायतका सुरक्षा निकायले गरिरहेको डीआईजी गिरीले बताए । विपद् जोखिममा परेकाहरुलाई उद्दारको आवश्यकता परेमा तत्काल नजिकको सशस्त्र प्रहरीलगायतका अन्य सुरक्षा निकायमा खबर गर्न पनि उनले आग्रह गरेका छन् ।

‘विपद्ले सबैतिर समस्या निम्त्याएको छ । उद्धारमा सुरक्षा टोली तल्लिन छ । कतिपय ठाउँमा हाम्रो ध्यान नपुगेको पनि हुनसक्छ,’ डीआईजी गिरीले भने, ‘कोही समस्यामा पर्नु भएको छ भने सुरक्षा निकायलाई खबर गर्नु होला । तत्काल उद्धार गरेर सुरक्षित बनाउने छौँ । विपद्का बेला सुरक्षित भएर बस्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।’

उनले खोला तथा नदीहरुमा जलस्तर बढ्ने क्रम जारी रहेका कारण सावधानी अपनाएर सुरक्षितसाथ बस्न पनि सबैमा आग्रह गरेका छन् ।

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

वर्षौँदेखि ढलको पानी खोलामा

वर्षौँदेखि ढलको पानी खोलामा

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

मुस्ताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरियो

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.