• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै


सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै
Share on FacebookShare on Twitter

वीरगन्ज। यसदिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । लोक मान्यताअनुसार असार १५ मा धान रोपाइँ सकेर खुशीयालीमा किसानले दहि चिउरा खाने प्रचलन छ । तर, यो वर्ष मध्य असार सकिदा पनि पर्सामा  ८० प्रतिशत खेत बाँझै रहेको छ ।

सिंचाइ र मल अभावका कारण पर्सामा असार १५ सम्म २० प्रतिशत मात्र रोपाइँ भएको र ८० प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए ।

उनका अनुसार, बुधबार असार १५ मा धान दिवसको अवसरमा केन्द्रले पनि पर्साको पर्सागढी नपा ३ बिरुवागुठी स्थित एक किसानको खेतमा धान रोपाइँ कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाएको छ ।

तर, जिल्लाभरमा बुधबार सम्म २० प्रतिशत मात्र रोपाइँ हुन सकेको उनले बताए । जिल्लाको उत्तरी भेगमा १५ प्रतिशत र दक्षिणी भेगमा भने ५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको उनले जानकारी दिए ।

केन्द्रका अनुसार, पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा धानको खेती हुने गरेको छ । त्यो मध्ये चैतेधानको खेती ३ हजार ५० हेक्टर र बाँकी ४४ हजार ८० हेक्टरमा अगहनी (मंसिरे ) धानको खेती हुने गरेको केन्द्र प्रमुख मुनिलालले बताए ।

पर्सामा आकाशे पानी र गण्डक नहरको पानीको भरमा किसानले धानखेती गर्दै आएका छन् । तर यसपाली वर्षा पनि समयमा नभएको र गण्डक नहरमा पनि नहरको दुईवटा पुल मर्मत जारी रहेका कारण सिंचाइ अभावले किसानले  धान रोपाइँ समयमै गर्न नपाएका हुन् । दुई दिनयता वर्षा भइरहेको भएपनि ब्याडमा बेर्ना तयार भइ नसकेका कारण धान रोपाइँ चाहे जति हुन नसकेको उनले बताए ।

मुनिलालले भने,’एक त समयमा पानी नै परेन , जसका कारण किसानले समयमा बीउ ब्याडमा राख्न पाएनन् , अहिले दुई दिनयता वर्षा भएपनि बेर्ना नै तयार भइसकेको छैन । रासायनिक मल अभाव हुँदा पनि किसानले समयमा ब्याडमा धानको बीउ राख्न नपाएको उनले बताए ।

समयमा धान रोपाइँ हुन नसक्नुको अर्को प्रमुख कारण गण्डक नहरमा यसपाली समयमा पानी नआउनु पनि रहेको केन्द्रका प्राविधिक सुरेश प्रसाद चौरसीयाले बताए ।

धन खेतीको सिजनका लागि भारतले नेपाल तर्फको नहरमा असार १५ भित्रैमा पानी छोडि सक्नुपर्ने नेपाल भारतको गण्डक सम्झौतामा उल्लेख छ । तर गण्डक नहरमा अहिलेसम्म पानी नै आएको छैन ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुबोध कुशवाहाका अनुसार, यसपाली भने गण्डक नहरअन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीनवटाको काम सम्पन्न भएकाले नहरमा नेपालतर्फ पानी आउन ढिला हुने भएको हो ।

पुल निर्माणको काम सक्न अझै करिब एक साता लाग्ने भन्दै  उनले असार २० गते पछि मात्रै गण्डक नहरमा पानी आउने सम्भावना रहेको बताए ।

जिल्लाको दक्षिणी भेगका किसानले गण्डक नहरकै पानीको भरमा धानको खेती गर्दै आएका छन् । अहिले दुई दिनयता वर्षा भइरहेको भएपनि सिंचाइ र मलखादको अभावले बेर्ना तयार भइ नसकेका कारण धानको रोपाइँ सुरु गर्न नसकेको किसान ब्ताउँछन् ।

पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेका किसान जोगी यादव  भन्छन् , ‘असार १५ भइ सक्यो तर रोपाइँ एक चौथाइ पनि हुन सकेको छैन , अहिले पानी त  परेको छ तर ब्याडमा बेर्ना नै तयार भएको छैन ।  पानी र मल कुर्दा कुर्दै केहि उपाय नलागेपछि पम्पीसेटबाट पानी लगाएर जेठ मसान्त तिर मात्रै ब्याडमा बीउ राखेको तर उक्त बीउ अहिलेसम्म तयार नै नभएको यादवले बताए ।

यादवले भने, ‘नहरमा पनि अहिलेसम्म पानी आएको छैन , मलखादको त कुरै गर्नु बेकार छ , इण्डिया गएर तेब्बर भाउमा किनेर ल्याउँदा पनि बोर्डरमा पुलिसले हैरान पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In