• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एउटा यस्तो पुस्तकालय जहाँ १०० वर्षसम्म पढ्न पाइँदैन


Share on FacebookShare on Twitter

नर्वेको ओस्लोमा अचम्मको अवधारणा

सन् २०१४ यता हरेक वर्ष स्कटिस कलाकार केटी प्याटरसन र उनको नर्वेजियन समकक्षी एनी बिट होभिन्ड र ट्रस्टीहरूको एक समूहले विश्वभरका चर्चित लेखकहरूलाई पाण्डुलिपि पेस गर्न आह्वान गरेको छ। यो काम सन् २११३ सम्म सम्पन्न हुनेछ। परियोजना सुरु भएको एक शताब्दीपछि ती सबै पाण्डुलिपि प्रकाशित हुनेछन्। अहिले कसैले पनि पुस्तक पढ्न नपाउने पुस्तकालय किन बनाउने त ? सबैलाई आश्चर्य लाग्न सक्छ।

सन्दर्भ हालैको एउटा आइतबार बिहानी पखको हो। नर्वेस्थित ओस्लोको उत्तरमा पर्ने एउटा जंगलमा भीडभाड थियो। करिब दुई सयभन्दा बढी मानिस एउटा समारोहमा भेला भएका थिए। उनीहरू कोही आफ्ना कुकुरसँग त कोही छोराछोरीसँगै जाँदै थिए। ती मानिस हिँडिरहेका ग्राभेल बाटोमा काठको धुलोले बनाइएको रेखाले दिशा निर्देश गरिरहेको थियो। त्यहाँको हावामा सल्लाको तिखो सुइँरो, जलेको काठको मुडो र कडा नर्वेजियन कफीको सुगन्ध फैलिएको थियो।

उनीहरूको गन्तव्य थियो, भर्खरै बिरुवा हुर्काइएको एक जंगल। वरिपरि सल्लाका रुखहरू रहेको भिरालो परेको ढलान गरिएको ठाउँ जहाँ वरिपरि सल्लाका रुखहरू छन्। सबै मानिस त्यहीँ बसिरहेका थिए। प्रत्येक रुख करिब एक मिटर मात्र अग्ला थिए। तर, एक दिन त्यस्तो आउनेछ, जुन दिन ती रुखहरू अहिलेभन्दा २०–३० गुणा अग्ला र ठूलो आकारका हुनेछन्। तिनै रुखहरूले पुस्तकहरूको विशेष संग्रहका लागि कागज प्रदान गर्नेछन्। त्यहाँ उपस्थित सबैलाई यो थाहा थियो कि यस्तो भइन्जेलसम्म उनीहरू कोही पक्कै बाँच्ने छैनन्। त्यसैले यो सोच सम्भव भएको पनि उनीहरूले देख्न पाउने छैनन्। ती रुखबाट बनेका किताबहरू पढ्न आफूहरूले पाउने छैनौं भन्ने पनि उनीहरूलाई थाहा छ।

यो सन् २०२२ भविष्यको पुस्तकालय समारोह थियो। सयवर्षे लामो यो कला परियोजनालाई समय र कर्तव्यप्रति मानिसको दृष्टिकोण विस्तार गर्न बनाइएको थियो। सन् २०१४ यता हरेक वर्ष स्कटिस कलाकार केटी प्याटरसन र उनको नर्वेजियन समकक्षी एनी बिट होभिन्ड र ट्रस्टीहरूको एक समूहले विश्वभरका चर्चित लेखकहरूलाई पाण्डुलिपि पेस गर्न आह्वान गरेको छ। यो काम सन् २११३ सम्म सम्पन्न हुनेछ। परियोजना  सुरु भएको एक शताब्दीपछि ती सबै पाण्डुलिपि प्रकाशित हुनेछन्।

लेखक मार्गरेट एटवुडबाट यो सुरु भएको थियो। उनले स्क्रिबलर मुननामक कथा लेखेकी थिइन्। त्यतिबेलादेखि पुस्तकालयले अंग्रेजी उपन्यासकार डेभिड मिचेल, आइसल्यान्डका कवि जोन, टर्कीका एलिफ सफाक, दक्षिण कोरियाका हान काङ, भियतनामी–अमेरिकी कवि ओसियन भोङलगायत संसारभरका कवि, लेखक र साहित्यकारलाई पाण्डुलिपिहरू बुझाउन आग्रह गरेको छ।

यस वर्ष जिम्बाब्वेका लेखक सित्सी ड्यांगारेम्ब्गा र नर्वेका लेखक कार्ल ओभ नाउसगार्ड आफ्ना पाण्डुलिपि हस्तान्तरण गर्न मिचेल र जोनसँगै जंगलमा आएका थिए। उनीहरूलाई आफ्नो कृतिको विषयवस्तु भन्न बन्देज लगाइएको थियो। यद्यपि उनीहरूले आफ्नो कथाको शीर्षक भने सार्वजनिक गर्न पाउने सुविधा पाएका थिए। ड्यांगारेम्ब्गोले आफ्नो कथाको शीर्षक ‘नारीनी र उनको गधा’ राखेकी थिइन्। नारीनी जिम्बाब्वेको ‘अनन्त’ शब्दबाट ब्युत्पन्न भएको हो। जबकि नाउसगार्डले थप रहस्यमय शीर्षक पेस गरेका थिए। उनको शीर्षक एकदम सरल थियो– अन्धो पुस्तक।

सबै पाण्डुलिपिहरूलाई काठको भित्तामा भएको सिसाको लकरमा थन्क्याइनेछ। ओस्लोको मुख्य सार्वजनिक पुस्तकालयको भित्तामा तिनलाई एक शताब्दीसम्म राखिनेछ। पुस्तकालय भएको काठको उक्त कोठालाई साइलेन्ट रुम भनिन्छ। सन् २११४ मा ती लकरहरूलाई खोलिनेछ र रुखहरू काटिनेछन्। एक शताब्दीसम्म लुकाएर राखिएका ती पाण्डुलिपिहरू अन्ततः एकै पटक प्रकाशित हुनेछन्।

ओस्लोमा गत आइतबार भेला भएका लेखकहरू र अरू सबैजनालाई यो थाहा थियो कि यस्तो सम्भव भएको देख्न निश्चित रूपमा उनीहरू कोही पनि बाँच्ने छैनन्। ‘यो एउटा यस्तो परियोजना हो जसले अहिले हाम्रो बारेमा मात्र सोचिरहेको छैन, जो जन्मेका छैनन् उनीहरूका बारेमा पनि सोचेको छ’, प्याटरसन बताउँछिन्। उनी थप्छिन्, ‘वास्तवमा अधिकांश लेखकहरू अझै जन्मिएका छैनन्।’ त्यसो भए, अहिले कसैले पनि पुस्तक पढ्न नपाउने पुस्तकालय किन बनाउने त ? सबैलाई आश्चर्य लाग्न सक्छ।

भविष्यको पुस्तकालय, लामो समयावधिसँग मानव सम्बन्धको सम्बोधन गर्ने प्याटरसनको पहिलो कलाकृति होइन। यो विषयवस्तुप्रतिको उनको आकर्षण उनी २० वर्ष हुँदादेखि पलाएको हो। आइसल्यान्डमा काम गर्दा उनले वरपर देखेको असाधारण परिदृश्यहरूबाट उनी प्रभावित भएकी थिइन्। ‘तपाईंले आफ्नो स्तरमा लगभग समय पढ्न सक्नुहुन्छ, तपाईं मध्यरातको सूर्य र पृथ्वीको ऊर्जा महसुस गर्न सक्नुहुन्छ’, उनी भन्छिन्, ‘यो अत्यन्तै सुन्दर र जागृत पार्ने परिदृश्य थियो।’

जुन १२ मा आयोजित समारोहमा सहभागिता जनाउन जाँदै गरेका लेखक, कलाकार र ओस्लोवासीहरू।

यसले उनको पहिलो कृतिमध्येको एउटाको नेतृत्व गर्‍यो। कृतिको नाम वात्नाजोकुल थियो। जसको अर्थ थियो– एउटा फोन नम्बर जसलाई जो कोहीले आइसल्यान्डको हिमनदी पग्लिएको आवाज सुन्नका लागि डाइल गर्न सक्छ। नम्बर डायल गर्नुहोस् र तपाईं आइसल्यान्डको दक्षिणी तटमा रहेको जोकुलसारोन लगुनमा पानीमुनिको माइक्रोफोनमा जोडिनुहुनेछ। जहाँ टाढा रहेका नीलो रङका आइसबर्गहरू समुद्रतिर तैरिँदै गरेका हुनेछन्।

त्यतिबेलादेखि प्याटरसनले भौगोलिक, खगोलीय, मानवतावादीलगायत विभिन्न कोणहरूबाट समयको गहिरो विश्लेषण गरेकी छन्। इतिहासमा पत्ता लागेका करिब सबै सूर्यग्रहण, अस्तित्वमा रहेयता ब्रह्माण्डको रङ, पृथ्वीमा पहिलो उम्रिएका रुखहरूबाट आएका सुगन्ध वा जीवनको प्रत्येक चरण प्रस्तुत गरिएको १ सय ७० वटा पुरातन जीवाश्महरूबाट कोरिएका हारलाई आफ्ना कलाकृतिमा उतारेकी छन्। उनका कलाकृतिमध्ये हालै एडिनबर्गको एक ग्यालरीमा भएको एक प्रदर्शनीले पनि समयका फरक पलहरूको प्रतिनिधित्व गरेको थियो।

लामो अवधिको अन्वेषण गर्ने उनका सबै काममध्ये भविष्यको पुस्तकालय एक सम्झनालायक परियोजना हो। वास्तवमा यो जानीजानी बनाइएको थियो। र यस वर्ष यसको दीर्घायु सुनिश्चित भएको छ। ओस्लो  सहरका नेताहरूले आफ्ना उत्तराधिकारीहरूलाई अर्को एक सय वर्षसम्म वन र पुस्तकालयको संरक्षण गर्ने एक प्रतिबद्धता पत्रमा औपचारिक रूपमा हस्ताक्षर गरिसकेका छन्।

प्याटरसन र उनका सहयोगीहरूले यस परियोजनालाई यसरी डिजाइन गरेका छन् कि यसले विश्वका अन्यलाई पनि ठूलो पाठ सिकाउन सक्छ। कुनै पनि कुरालाई कसरी दिगो बनाउने र छोटो अवधिमै विचलित नहुने विषयमा यसले प्रेरित गरेको छ।

‘भविष्यको पुस्तकालय परियोजना हालैका वर्षहरूमा मैले सामना गरेको धेरै कलात्मक परियोजनामध्ये एक हो। यसले दीर्घकालीन सोचलाई बढावा दिन खोज्छ। विगत केही वर्षयता द लङ भ्यु शीर्षकमा पुस्तक लेख्दैछु। संसारले समयको दृष्टिकोणलाई किन परिवर्तन गर्नु आवश्यक छ भन्ने विषयमा यो पुस्तक केन्द्रित छ। म भविष्यको पुस्तकालय परियोजनाको विशेष प्रशंसा गर्छु। किनकि यसले ‘दीर्घकालीन सोच’लाई थप प्रोत्साहित मात्र गर्दैन, यसका बारेमा जान्ने सबैलाई वंशजप्रतिको कर्तव्य र उनीहरूले भविष्यका पुस्ताहरूका लागि के छोड्दैछन् भनेर पनि प्रतिविम्बित गर्छ।

भविष्यको पुस्तकालय अर्को प्रकारको ‘विरासत पुस्तकालय’सँग ठीक विपरीत हुन सक्छ। यसको मतलव भविष्यको पुस्तकालयलाई बलिदानको रूपमा हेरिनुपर्छ भन्ने पनि होइन। एक आलोचकले यसलाई मानिसलाई बहिष्कार गर्ने समय क्याप्सुलको संज्ञा दिएका छन्। केहीले भने पुस्तकालयको मूल उद्देश्य सबैलाई पुस्तकहरू उपलब्ध गराउनु हुनुपर्ने तर्क गरेका छन्। तर यस परियोजनाले वर्तमान समयमा संलग्न हुनेहरूलाई विभिन्न फाइदा दिलाएको छ।

कहिलेकाहीँ म एउटा भावनामा बहन्छु कि भविष्यका मानिसका बारेमा हेरचाह गर्नु भनेको वर्तमानमा आनन्दहरू बिर्सनु हो। भविष्यको पुस्तकालयले पनि भोलिका लागि दिनु भनेको आजबाट लिनु आवश्यक छैन भन्ने देखाउँछ। भविष्यका मानिसका बारेमा हेरचाह गर्नु भनेको वर्तमानमा आनन्दहरू बिर्सनु हो। भविष्यको पुस्तकालयले पनि भोलिका लागि दिनु भनेको आजबाट लिनु आवश्यक छैन भन्ने देखाउँछ। तपाईं र मैले किताबहरू पढ्न सक्दैनौं भन्ने तथ्य साँचो हो। जसलाई बेवास्ता गर्न सकिँदैन। तर जो कोहीले पनि जंगल भ्रमणको मजा लिन सक्छन्। जब म त्यहाँ थिएँ, त्यहाँका बाटाहरू परिवार, पदयात्री र माउन्टेन–बाइकवालाहरूले भरिएका थिए। सार्वजनिक रूपमा पहुँचयोग्य जमिनमा उनीहरूले मजा लिइरहेका थिए। पाण्डुलिपिहरू भण्डारण गरिएका त्यस ‘साइलेन्ट रुम’मा समय बिताउन पनि सकिन्छ। सन् २०२२ को समारोहपछि, ओस्लो सहरका मेयर मारियान बोर्गेनले यसको उद्घाटन गरेर जनताको लागि खुला गर्नेछन्।

मौन कक्षभित्र रहेका सिसाका लकरहरू।

‘साइलेन्ट रुम’ खोज्नु भनेको अर्को संसारमा पुग्नु जस्तै हो। लिफ्ट चढेर पाँच तलामाथि पुगेपछि काठको गुफाजस्तो एउटा कोठामा पुगिनेछ। त्यहाँभित्र पस्न तपाईंले आफ्नो जुत्ता फुकाल्नु पर्नेछ। काठका पर्खालहरूमा ताल्चा लगाइएका सिसाका लकरहरूमध्ये प्रत्येकमा एक पाण्डुलिपि राखिएका छन्। ‘यो रुखभित्र भएको जस्तो लाग्छ’, प्याटरसन भन्छिन्, ‘यो एकदमै जादुमय छ, किनकि यो धेरै सानो र घनिष्ट छ। काठैकाठले घेरिएको, पाण्डुलिपिका लकरहरूबाट उज्यालो चम्किरहेको छ।’

भविष्यको पुस्तकालयका लागि केटी प्याटरसनले एक्लै काम गर्न रोजेकी भए यसको भाग्य उनको आफ्नै रुचि र निरन्तर अस्तित्वमा निर्भर हुने थियो। तर अहिले त्यहाँ सयौं व्यक्तिहरू जोडिएका छन्। यो सजिलैसँग सय वर्ष र त्यसपछिका दिनहरूमा उनीबिना पनि चलिरहन सक्छ।  प्याटरसनले समारोहकै क्रममा औंल्याएकी थिइन्, ‘भविष्यको पुस्तकालय धेरै हातले बनाइएको हो।’

भविष्यको पुस्तकालयको बारेमा मैले प्रशंसा गरेको अन्तिम विषय भनेको यसको विकास र समयसँगै अनुकूलन गर्ने क्षमता हो। प्याटरसन र उनका सहकर्मीहरूले यो परियोजनालाई कसरी आकार दिने भन्ने बारेमा आगामी पुस्ताहरूलाई छनोट दिने हिसाबले डिजाइन गरेका छन्। कुन लेखकहरू छनोट गर्ने, प्रत्येक वर्ष समारोह कसरी सञ्चालन गर्ने, कसलाई आमन्त्रित गर्ने, र अन्ततः पुस्तकहरूको आवरणमा के राख्ने भन्नेमा उनीहरूले छान्न  सक्नेछन्। पुस्तकमा प्रयोग गरिने कागज बनाउन लगाइएको बनलाई कसरी हुर्काउने भन्ने विषयमा पनि केही समय पछाडि निर्णय हुनेछ।

‘भविष्यको पुस्तकालय परियोजना भविष्यमा विश्वासको मत हो’, मिचेलले सन् २०१५ मा आफ्नो योगदानका साथ टिप्पणीहरूमा लेखेका थिए, ‘हामीले सय वर्षको अवधिमा परियोजनालाई अगाडि बढाउन हाम्रा उत्तराधिकारीहरू, उनीहरूका उत्तराधिकारीहरू र तिनका पनि उत्तराधिकारीहरूलाई विश्वास गर्नुपर्छ।’

– बीबीसीबाट आंशिक अनुवादमा आधारित आलेख।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In