• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

‘घृणाले होइन, मायाले व्यवहार गरौँ’


‘घृणाले होइन, मायाले व्यवहार गरौँ’
Share on FacebookShare on Twitter

दैलेख । दैलेखमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको हक अधिकारका निम्ति विभिन्न कार्यक्रमहरु आयोजना भए। प्रत्येक वर्ष ईश्वी संवत् अनुसार जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ। प्राइड मन्थको अवसरमा जिल्लाको गुराँस गाउँपालिकाका ८ वटै वडाका विद्यालय र समुदायमा कार्यक्रमहरु आयोजना भए। बाल क्लबको सक्रियतामा आयोजित र्‍याली, छलफल तथा अन्तरक्रियालगायतका कार्यक्रमहरुमा एलजीबीटीआईक्यू समुदायबारे सबैको एकै स्वर थियो, ‘घृणाले होइन, मायाले व्यवहार गरौँ।’ यति मात्र होइन, यौनिक तथा लैङ्गिक अल्पसंख्यक हुनु प्राकृतिक हो, यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाहरुको अधिकार सुनिश्चित गरौँ, समानताले कसैलाई हानी गर्दैन जस्ता नाराहरु घन्किए।

गाउँ–गाउँमा आयोजना गरिएका र्‍यालीमा अल्पसंख्यक समुदायका अधिकारलाई सम्बोधन गरिनुपर्ने मागसहितका प्लेकार्डहरू प्रदर्शन भए। गुराँस गाउँपालिका–२ को महादेव बालक्लबका कोषाध्यक्ष सुरेन्द्र नेपालीले जुन महिनालाई गौरव महिनाको रुपमा चेतनामुलक कार्यक्रमगरी मनाईएको बताउँछन्। हामीले ‘एलजीबीटीआईक्यू समुदायको हक अधिकार सुनिश्चत गर्नका लागि सचेतनासँगै, कक्षाकोठामै पनि यो सवालबारे छलफल तथा अन्तरक्रिया गर्ने गरेका छौँ, उनले भने।

प्राइड मन्थमा गुराँस गाउँपालिका–१ को लाँलीगुराँस बाल क्लबले प्लेकार्डहरू प्रर्दशन तथा अल्पसंख्यक समुदायको हक अधिकारबारे समुदायलाई जानकारी दिए। वडा नम्बर २ को महादेव बाल क्लबले तल्लो डुङ्गेश्वर बजारमा र्‍यालीसहित प्लेकार्डहरू प्रर्दशनसँगै अल्पसंख्यक समुदायको स्वीकार्यताका लागि समुदायलाई आह्वान गरेको छ। यस्तै वडा नम्बर ३ को सरस्वती बाल क्लबले सरस्वती मावीमा विद्यार्थी तथा शिक्षकलाई एलजीबीटीआईक्यू समुदायबारे जानकारी दिँदै पातिकान्ला बजारमा प्लेकार्डहरू प्रर्दशन तथा सुरक्षित विद्यालय बनाउन आह्वान गरेको छ।

स्थानीय सृजनशिल बाल क्लबले शान्ति मावी सेरीमा विद्यार्थी र शिक्षकसँग प्राइड मन्थको महत्व, एलजीबीटीआईक्यू व्यक्तिहरुको हक अधिकारबारे जानकारी गराएको छ। वडा नम्बर ४ को लक्ष्मी बाल क्लबले लक्ष्मी मावीमा शिक्षक तथा विद्यार्थीहरुसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाहरुले भोग्दै आएको समस्या, चुनौती र लैङ्गिक मैत्री विद्यालय बनाउनुपर्नेबारे छलफल नै चलाए। बाल क्लबले अल्पसंख्यक समुदायलाई परिवार र समाजमा स्वीकार्यता सम्बन्धी नाटक समेत प्रर्दशन गर्यो।

वडा नम्बर ६ को जयजनता बाल क्लबले जय जनता मावी र गुराँस बाल क्लबले नेपाल राष्ट्रिय मावी बगौरामा प्लेकार्ड प्रर्दशनसहित अल्पसंख्यक समुदायका व्यक्तिहरुको हक अधिकार र चुनौती विषयक छलफल चलायो। यस्तै वडा नम्बर ७ को पञ्चकोशी बाल क्लबले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा समुदायका नागरिकहरुसँग गौरव महिनाको विशेषता र अल्पसंख्यक समुदायको स्वीकार्यताका लागि अन्तरक्रिया तथा प्लेकार्ड प्रर्दशन गर्यो। त्यसैगरी वडा नम्बर ८ को मालिका बाल क्लबले अल्पसंख्यक समुदायको स्वीकार्यता बढाउन र्‍यालीसहित प्लेकार्डहरु प्रर्दशन गरे। यो बाल क्लबमा गर्व महिना २०२१ मा धरमपोखरा बजारमा प्लेकार्डहरु प्रर्दशन गरेका थिए।

गुराँसमा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारी तथा गाउँपालिकाको समन्वयमा लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजना सञ्चालित छ। गौरव महिना अर्थात प्राइड मन्थको अबसरमा संस्थाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागितामा गुराँसे बजारमा प्लेकार्डहरु प्रर्दशन गरिएको छ। सोहि अबसरमा एलजीबीटीआईक्यू व्यक्तिहरुको सवाल, समस्या र चुनौतीबारे समुदायलाई जानकारी दिईएको छ।

गौरव महिनाको अवसरमा गुराँस गाउँपालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाहरुको समानता, सुरक्षा, स्वतन्त्रता, समान सहभागिता, मर्यादा र न्यायका लागि वकालत, उनीहरुको भोगिरहेको समस्याहरुलाई चेतनामुलक कार्यक्रममार्फत उजागर गरि समस्या समाधान गर्न सबैलाई महसुस गराउने माध्ययमको रुपमा लिईएको परियोजना संयोजक सजना सुनारले बताइन्। लैङ्गिकमैत्री विद्यालय बनाउन पहल गर्न, समुदाय र विद्यालयमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाहरुको स्वीकार्यता बढाउनका लागि आवाज उठाईएको संयोजक सुनारले बताइन्। परियोजनाले गुराँस गाउँपालिकाका बाल क्लब, विद्यालय व्यवस्थापन समिति, शिक्षकसँगको सहकार्यमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका तथा व्यक्तिहरुले भोगिरहेको समस्यालाई पहिचान गर्ने, समाधानका लागि सबैलाई प्रतिबद्ध बनाउने र सचेतना जगाउने कार्य गरिरहेको छ।

परियोजनाले सञ्चालन गरेको गतिविधिले स्थानीयहरु सचेत हुँदै गएका छन्। शान्ति मावी लाँलिकाडाका विद्यालय व्यवस्थापन समितिका सदस्य पद्मा बिसी भन्छिन् ‘हामीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे केहि थाहा थिएन्, अपशव्दहरु प्रयोग गथ्र्यौँ, त्यसो गर्नु गलत रहेछ भन्ने कुरा अहिले आएर थाहा भएको छ।’ मालिका बाल क्लबका अध्यक्ष दिनिसा ओलीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा खुलेर वकालत गर्न, अभिभावक र छिमेकीहरुलाई पनि जानकारी दिन सहज भएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In