• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

छ्यालिस लाख रुपियाँ अपचलन गर्ने सहकारी संस्थाका कर्मचारी पक्राउ


छ्यालिस लाख रुपियाँ अपचलन गर्ने सहकारी संस्थाका कर्मचारी पक्राउ
Share on FacebookShare on Twitter

नवराज कट्टेल-

विराटनगर, असार १९ गते । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।

बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा –७ का २४ वर्षीय दिलिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सहकारीको सेवा केन्द्रमा कार्यरत कर्मचारी खवासले रकम हिनामिना गरेको आन्तरिक छानविनबाट खुलेपछि सञ्चालक समितिकै उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो ।

रकम हिनामिना गरेको छानविनका लागि सञ्चालक समितिका सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख बिराटचन्द्र पोख्रेल सम्मिलित छानविन समिति गठन गरिएको थियो ।

समितिले छानविनको दौरान खवाससँग गरेको सोधपुछमा ३१ लाख रुपिँया हिनामिना गरेको स्वीकार गरेको बताइएको छ । आन्तरिक छानविनका क्रममा सहकारीको ४६ लाखभन्दा बढी रकम गायब भएको देखिएको सो सहकारीका कर्मचारीको भनाइ छ ।

खवासलाई सञ्चालक समितिको उजुरीका आधारमा गत शुक्रबार नै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । हाल इलाका प्रहरी कार्यालय बेलबारीले रकम हिनामिना बारे थप अनुसन्धान गरिरहेको छ । खवासलाई सहकारी कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बचतकर्ताको हस्ताक्षर आफैं किर्ते गरी रकम झिक्नेगरेको खुलेको छ । नक्कली कागजात खडा गरेर कम्प्यूटर सफ्टवेयरमा इन्ट्रि नगरी रकम झिकेर हिनामिना गर्दैआएको खुलेको छ । सहकारीको ६ वटा सेवाकेन्द्र रहेका छन् । आठ हजार शेयर सदस्य रहेका सहकारीमा सुुन्दरहरैंचा कार्यक्षेत्र भएका ८ सहकारी २०७७ असार १९ गते मर्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In