काठमाडौं । रोहिंग्या शरणार्थीहरुले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । नेपालमा बसोबास गर्दै आएका रोहिंग्याहरुले तेस्रो मुलुकमा पुर्नबासको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
रोहिंग्या शरणार्थी र उनका बालबच्चालाई दिँदै आएको आर्थिक सहायतामा कटौती गरेको भन्दै उनीहरुले गत सोमबार नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्रसंघिय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि धर्ना दिएका थिए ।
यूएनएचसीआरले आर्थिक सहायता कटौटी गर्दा बालबच्चाको स्कुलमा तिर्नुपर्ने शुल्क, पोशाकलगायत दिवा खाजामा समेत समस्या हुँदै आएको उनीहरुका अभिभावकले जनाएका छन् ।
Discussion about this post