• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

देउवासँग ओलीको माग,एसपीपीमा कुन कुन पूर्वप्रधानमन्त्रीले के के निर्णय गरे ? सत्य बाहिर ल्याउनुस्

राज्य स्वेच्छाचारी भयो, देशमा न्याय नपाउने अवस्था देखिएको छ, ओली
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रियाबारे सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्।

एसपीपीमा सत्ता पक्षका नेता र मन्त्रीहरुले जनतामा भ्रम फैलाउने गरी बोल्दै हिँडेको भन्दै सत्य तथ्य संसदमा जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। ‘एसपीपीमा मन्त्रीहरु र नेताहरुले भ्रम फैलाउनेगरी बोल्दै हिँडेका छन्। जनतालाई गुमराहमा राख्न पाइँदैन। राज्यले पाउँदैन। राज्य सत्तामा बसेका नेताले पाउँदैन,’ उनले भने।

ओलीले एसपीपीमा राष्ट्रिय स्वाधिनतालाई आघात पुग्ने विषयहरु राखिएको, कुटनीतिक मर्यादा नाघिएको भन्दै कसको पालामा के भएको हो सरकारले बाहिर ल्याउनुपर्ने माग गरे।

‘यस्तो गम्भीर विषयमा पत्राचार भएको हो कि होइन? पत्राचार भएको भए कुन तह कुन निकाय के विषयको निर्णयको आधारमा? पूर्वप्रधानमन्त्रीहरु कस कसले निर्णय गरेका छन्? प्रधानमन्त्रीजीले बाहिर ल्याउनुहुन्छ भन्ने विश्वास छ। कुनै भ्रमणपूर्ण प्रचारबाजी गरेर हिँड्ने होइन। सत्य तथ्य बाहिर ल्याउने हो। यो कुरा प्रधानमन्त्रीजीले गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी नदिएर अमेरिकी राजदूतावासलाई पत्र लेखेकोमा पनि आपत्ति जनाए। ‘नेपाली सेना यस्तो चर्चामा आउने विषय होइन। सेनाले सिधै दूतावासमा पत्राचार गर्ने, कुनै कुटनीतिभित्र पर्दैन। त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीलाई पत्राचार पनि गराइएन,’ उनले भने।

ओली प्रधानमन्त्री भएका बेला पत्राचार गरिएको आरोपमा पनि उनले अस्वीकार गरे। ‘म प्रधानमन्त्री भइसकेपछि पठाएको भनेर जुन भनिएको छ त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ। सेनाले प्रचलन हो भनेको छ। प्रचलन हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराउन नहुने पनि प्रचलन हुन्छ र?’ उनले प्रश्न गरे, ‘नेपाल सरकार त बाध्यकारी हुनेगरी प्रबन्धहरु राखिएको छ। नेपाली सेनाभन्दा फरक व्यवहार गर्न नपाइने, सुरुमा पाँच वर्षलाई दिने बहुतै गम्भीर कुरा छ। हाम्रो स्वाधिनतालाई धक्का दिने खालको यो ख्यालठट्टाको विषय हो? यो भित्रभित्रकै विषय हुन सक्दैन। मस्यौदा लिक भएको छ। यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ।’

अध्यक्ष ओलीले एसपीपीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौतीसमेत दिए। सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाकै पालामा एसपीपी अगाडि बढेको ओलीको संकेत थियो।आफू प्रधानमन्त्री भएको बेला एसपीपीको विषय आएपछि परराष्ट्र सचिवको नेतृत्वमा कमिटी गरेर अध्ययन गरेको पनि स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In