• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

देउवासँग ओलीको माग,एसपीपीमा कुन कुन पूर्वप्रधानमन्त्रीले के के निर्णय गरे ? सत्य बाहिर ल्याउनुस्


राज्य स्वेच्छाचारी भयो, देशमा न्याय नपाउने अवस्था देखिएको छ, ओली
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रियाबारे सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्।

एसपीपीमा सत्ता पक्षका नेता र मन्त्रीहरुले जनतामा भ्रम फैलाउने गरी बोल्दै हिँडेको भन्दै सत्य तथ्य संसदमा जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। ‘एसपीपीमा मन्त्रीहरु र नेताहरुले भ्रम फैलाउनेगरी बोल्दै हिँडेका छन्। जनतालाई गुमराहमा राख्न पाइँदैन। राज्यले पाउँदैन। राज्य सत्तामा बसेका नेताले पाउँदैन,’ उनले भने।

ओलीले एसपीपीमा राष्ट्रिय स्वाधिनतालाई आघात पुग्ने विषयहरु राखिएको, कुटनीतिक मर्यादा नाघिएको भन्दै कसको पालामा के भएको हो सरकारले बाहिर ल्याउनुपर्ने माग गरे।

‘यस्तो गम्भीर विषयमा पत्राचार भएको हो कि होइन? पत्राचार भएको भए कुन तह कुन निकाय के विषयको निर्णयको आधारमा? पूर्वप्रधानमन्त्रीहरु कस कसले निर्णय गरेका छन्? प्रधानमन्त्रीजीले बाहिर ल्याउनुहुन्छ भन्ने विश्वास छ। कुनै भ्रमणपूर्ण प्रचारबाजी गरेर हिँड्ने होइन। सत्य तथ्य बाहिर ल्याउने हो। यो कुरा प्रधानमन्त्रीजीले गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी नदिएर अमेरिकी राजदूतावासलाई पत्र लेखेकोमा पनि आपत्ति जनाए। ‘नेपाली सेना यस्तो चर्चामा आउने विषय होइन। सेनाले सिधै दूतावासमा पत्राचार गर्ने, कुनै कुटनीतिभित्र पर्दैन। त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीलाई पत्राचार पनि गराइएन,’ उनले भने।

ओली प्रधानमन्त्री भएका बेला पत्राचार गरिएको आरोपमा पनि उनले अस्वीकार गरे। ‘म प्रधानमन्त्री भइसकेपछि पठाएको भनेर जुन भनिएको छ त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ। सेनाले प्रचलन हो भनेको छ। प्रचलन हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराउन नहुने पनि प्रचलन हुन्छ र?’ उनले प्रश्न गरे, ‘नेपाल सरकार त बाध्यकारी हुनेगरी प्रबन्धहरु राखिएको छ। नेपाली सेनाभन्दा फरक व्यवहार गर्न नपाइने, सुरुमा पाँच वर्षलाई दिने बहुतै गम्भीर कुरा छ। हाम्रो स्वाधिनतालाई धक्का दिने खालको यो ख्यालठट्टाको विषय हो? यो भित्रभित्रकै विषय हुन सक्दैन। मस्यौदा लिक भएको छ। यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ।’

अध्यक्ष ओलीले एसपीपीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौतीसमेत दिए। सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाकै पालामा एसपीपी अगाडि बढेको ओलीको संकेत थियो।आफू प्रधानमन्त्री भएको बेला एसपीपीको विषय आएपछि परराष्ट्र सचिवको नेतृत्वमा कमिटी गरेर अध्ययन गरेको पनि स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In