• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विराटनगरमा ३३ वर्षीया महिलामाथि सामूहिक कुटपिट


विराटनगरमा ३३ वर्षीया महिलामाथि सामूहिक कुटपिट
Share on FacebookShare on Twitter

महिलालाई कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारकी एक महिलाले वर्षौदेखि पारिवारिक हिंसा भोगिरहेको घटना बाहिरिएको छ । शनिबार राति ३३ वर्षीया सरीता सहनीमाथि सामूहिक कुटपिट गरिएको घटना अनुसन्धानका क्रममा उनले भोग्दै आएको हिंसा र यातनाको विषय बाहिर आएको हो ।  आक्रमणबाट उनको शरीरका विभिन्न भाग चोट लागेको छ । शरीरभरि नील डाम छ । सुन्निएर दुवै हात राम्ररी चलाउन हुँदैन । प्रहरीका अनुसार कुटपिटमा संलग्नले शरीरको कपडा पनि च्यातिदिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आफ्नै पति मनिष, देवर अनिष र ससुरा जयनारायण सहनीले सरीतामाथि सामूहिक रूपमा कुटपिट गरेको खुलेको छ । सासू फुलियादेवी सहनीले हात समातिदिएपछि अरुले लात्ता तथा मुक्काले प्रहार गरेको सरीताले सुनाइन् । महिलामाथि आक्रमण गर्ने पति मनिष र देवर अनिषलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

परिवारका सबै मिलेर नियन्त्रणमा लिँदै कुटपिट गर्न थाले पनि फुत्किन सफल भएकी उनी हारगुहार गर्दै राति ११ बजेतिर वडाध्यक्ष जीवनेश्वर यादवको घरमा पुगेकी थिइन् । पछ्याउँदै गएका मनिषले वडाध्यक्षको घरमा पुगेर पनि लात्ता र मुक्का प्रहार गरे । ‘परिवारका सदस्यबाट आक्रमण हुन थालेपछि मेरो घरमा आइपुगेर ज्यान बचाइदिन महिलाले हारगुहार गरिन् । मदिराको नसामा रहेका पति (मनिष)ले पछ्याउँदै आएर मेरै अगाडिसमेत कुटपिट गरे,’ वडाध्यक्ष यादवले भने, ‘सम्झाउँदा पनि कुट्न छाडेनन् । ज्यान जाने अवस्था देखेपछि मैले नै प्रहरी बोलाएर जिम्मा लगाइदिएको हुँ ।’ उनका अनुसार सरीतालाई मार्ने नियतले कुटपिट गरेको देखिन्छ ।

महिलाले परिवारका सदस्यबाट वर्षौदेखि हिंसा भोगिरहेको वडाध्यक्ष यादवले बताए । उनले भने, ‘बारम्बार यातना दिने र कुटपिट गर्ने काम भइरहेको रहेछ । उनीहरुबीचको पारिवारिक विवादको विषय मलाई थाहा भएन,’ उनले भने, ‘तर एक जना अवला नारीमाथि परिवारभित्रबाटै वर्षौदेखि ठूलो हिंसा भइरहेको पाइयो ।’

‘वर्षौदेखि मैले कुटपिट, आक्रमण, यातना र हिंसा सहेर बाँच्नु परिरहेको छ । प्रहरीले पटकपटक पक्रेर थुन्यो पनि । पति हुन्, सुध्रिन्छन् होला भनेर छुटाएर लैजान्थेँ । तर सुध्रिएनन् । उल्टै यातना दिने क्रम बढ्यो,’ उनले भनिन्, ‘अब त परिवारै धुरिएर कुटपिट गर्न थाले । मैले वर्षौदेखि चरम हिंसा भोगिरहेकी छु । ज्यान जाने अवस्था बनेपछि प्रहरीको शरणमा आइपुगें । कुट्नेलाई कारबाही गरेर प्रहरीले न्याय दिन्छभन्ने आशा छ ।’

सरिताको माइती विराटनगर महानगरपालिका–८ मा पर्छ । १४ वर्षअघि मनिषसँग उनको मागी बिहे भएको हो। मनिष र सरीताका तीन सन्तानमध्ये १२ र ९ वर्षका दुई छोरी र ५ वर्षका एक छोरा छन् । जेठी छोरी शारीरिक रूपमा अपांगता छिन् । जन्मजात अपांगता रहेकी उनको दुवै हातको कुइनामुनिको भाग र दुवै खुट्टाको गोलीगाँठादेखि मुनिको भाग नै छैन ।

जेठी छोरी आपांग जन्मिएपछि आफूले यातना र हिंसा भोगिरहेको गुनासो सरीताको छ । ‘यो छोरी जन्मिएपछि बारम्बार कुटपिट गर्ने र यातना दिने काम भइरहेको छ । यही छोरीलाई लिएर घरबाट निस्किएर गइहाल भन्छन्,’ आँसुका धारा बगाउँदै सरीताले भनिन्, ‘अहिले सबै मिली नियन्त्रणमा लिएर मार्ने हिसाबले आक्रमण गरेका थिए । फुत्किएर जसोतसो भाग्दै वडाध्यक्षको घरसम्म पुग्न सफल हुँदा ज्यान बच्यो ।’

कुटाइको पीडा बोकेर उनी न्याय माग्दै आइतबार विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा आइपुगिन् । साथमा तीनै जना सन्तान पनि ल्याएकी थिइन् । छोराछोरीले पनि आमामाथि कुटपिट भएको सुनाए । घटना बारम्बार दोहोरिरहेको बताए । कुटाइका कारण विक्षिप्त अवस्थामा रहेकी सरीताले घटना र आफ्नो पीडा सुनाउँदा आँसुका धारा बगिरहे । पीडा पोख्दा बोली अड्किएर बेलाबेला भक्कानिन्थिन् ।

‘वर्षौदेखि मैले कुटपिट, आक्रमण, यातना र हिंसा सहेर बाँच्नु परिरहेको छ । प्रहरीले पटकपटक पक्रेर थुन्यो पनि । पति हुन्, सुध्रिन्छन् होला भनेर छुटाएर लैजान्थेँ । तर सुध्रिएनन् । उल्टै यातना दिने क्रम बढ्यो,’ उनले भनिन्, ‘अब त परिवारै धुरिएर कुटपिट गर्न थाले । मैले वर्षौदेखि चरम हिंसा भोगिरहेकी छु । ज्यान जाने अवस्था बनेपछि प्रहरीको शरणमा आइपुगें । कुट्नेलाई कारबाही गरेर प्रहरीले न्याय दिन्छभन्ने आशा छ ।’ गत असोजमा समेत पतिको कुटाइबाट सरीता घाइते भएकी थिइन् । विराटनगरको कोसी अस्पतालमा भर्ना गरेर दुई दिनसम्म उपचार गराउनु परेको आफन्तले बताए ।

सबै बच्चा जन्मदा र पाठेघरको पनि शल्यक्रिया गरेकाले आफू शारीरिक रूपमा कमजोर रहेको सरीताले सुनाइन् । ‘सबैपटक बच्चा जन्माउन नसकेर अप्रेशन गर्नुपर्‍यो । पाठेघरको पनि अप्रेशन गरिएको छ,’ उनले भनिन्, ‘निक्कै कमजोर अवस्थामा रहेकी ममाथि बारम्बार आक्रमण र कुटपिट हुन्छ । १० दिनअघि पनि पतिले मरणासन्न हुने गरी कुटे ।’

कुटाइका कारण शरीर थिलतिलो हुँदा पीडा सहन नसकेर आफू राम्ररी हिँडडुल गर्न र बोल्न पनि सक्ने अवस्था नभएको उनको गुनासो छ । ‘हात राम्ररी चल्दैन । छात्ती दुखेर मर्ने बेला भयो,’ उनले भनिन्, ‘कुटपिट गरेर शरीरमा लगाएका कपडा च्यातिदिए । तीन तोलाको सुनको सिक्री र मंगलसुत्र पनि खोसेर लगे ।’  सरीता नयाँ बजारमै रहेको भगवती आधारभूत विद्यालयको सहायकका रूपमा कार्यरत छिन् । ‘केही पनि काम नगर्ने पति मनिषले भने सधैँ रक्सी खाएर कुटपिट गर्छन्,’ उनले भनिन्, ‘परिवारका सदस्यलाई समेत उक्साएर मलाई आक्रमण गर्न लगाउँछन् ।’

महिलालाई कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । ‘दोषीलाई कानुनी कारबाही हुन्छ । पीडितको घाउजाँचको प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘घटना हेर्दा परिवारबाट महिला निक्कै पीडित भएको देखिन्छ । न्याय दिलाउने काम प्रहरीले गर्छ ।’ घटनाका बेला कुटपिटमा संलग्नले मापसे (मादक पदार्थ सेवन) गरेको स्वास्थ्य परीक्षण रिपोर्टबाट पुष्टि भएको डीएसपी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

द्वन्द्व बढ्दै गएपछि भुमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In