• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

एक तिहाइ कैदी बन्दी जबरजस्ती करणीको अभियोगका


रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Share on FacebookShare on Twitter

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।

बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कारागार कार्यालय रोल्पाका अनुसार हाल रोल्पा कारागारमा ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् । कारागारमा हाल कर्तव्य ज्यान र जबरजस्ती करणीका दुई/दुई जना ६५ वर्षमाथिका जेष्ठ नागरिक कैदी छन् । कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका २३ कैदी र १० थुनुवा गरी ३३ जना रहेका छन् ।

यसैगरी जबरजस्ती करणी उद्योगका चार कैदी र एक जना थुनुवा गरी पाँच जना राखिएको छ । जबरस्ती करणीको यो संख्या रोल्पा कारागारमा रहेका कुल कैदीबन्दीको संख्याको एक तिहाइ हो । उक्त कसुरमा सो कारागारमा राजनीतिक दलका स्थापित नेतादेखि नेपाल सरकारका कर्मचारी तथा ६५ वर्षमाथिका जेष्ठ नागरिक समेत छन् ।

कारागारमा हाल ज्यान मार्ने उद्योग २१ पुरुष र ९ महिलासहित ३० जना कैदीबन्दी रहेका छन् । यसैगरी कर्तव्य ज्यान ११ पुरुष र २ महिलासहित १३ कैदी रहेका छन् । कारागारमा लागुऔषधका पाँच पुरुष र ६ महिलासहित ११ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा बालविवाह र बहुविवाहक कसुरमा चार पुरुष र उक महिलासहित पाँच थुनुवा रहेका छन् । सवारी ज्यानमा तीन पुरुष कैदीबन्दी रहेका छन् । सवारी अंगभंग तीन पुरुष कैदीबन्दी र मानव बेचबिखनमा एक महिला र एक पुरुष गरी दुई कैदी रहेका छन् । नकवजनी चोरीमा दुई पुरुष कैदी रहेका छन् । अपहरण, गर्भपतन, चोरी, कृते, व्यक्ति बेपत्ता र पशु सम्बन्धि कसुरका एक/एक जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा निकै बढी कैदी बन्दी रहँदा आफूहरुको दैनिकी निकै असहज भएको बन्दी खटकबहादुर खत्रीले जानकारी दिए । ‘कारागारको भित्री खुला भागका साथै सुत्ने कोठामा समेत समस्या छ,’ खत्रीले भने ।

कारागारमा सामान्य जिमको व्यवस्था गरिए पनि स्थान अभावमा अन्य कुराको व्यवस्था गरिएको छैन । कैदीबन्दीहरु कारागारभित्रै सिपमुलक तालिम गर्न चाहे पनि यसतर्फ राज्यले सहयोग नगरेको खत्रीले गुनासो गरे ।

पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेरेको जेलर विशाल खनालको भनाइ छ । ‘पानी चुहिने छाना र सेन्ट्री पोष्टहरु मर्मत गर्नुका साथै कैदीबन्दीहरुका लागि २ कमन र प्रत्येक कोठामा एटेच ट्वाइलेटको व्यवस्था गरेका छौं,’ खनालले भने ।

कारागारको सुरक्षाका लागि पर्खाल मर्मत तथा काँडेतारको समेत व्यवस्था गरेको उनको भनाइ छ । कारागार बनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पूरा गर्न नसके पनि आवश्यक स्रोत साधनको उपयोग गरेर प्रयोग योग्य बनाएको जेलर खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको मुद्दा फिर्ताप्रति ओलीको आपत्ति

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

रवि लामिछानेको अभियोग फिर्ताप्रति जेनजी मुभमेन्टको तीव्र विरोध

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

जसपा नेपालको निर्णय: माघ ५ मा देशभर ‘बलिदानी दिवस’

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In