News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

एक तिहाइ कैदी बन्दी जबरजस्ती करणीको अभियोगका


रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।

बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल कारागारमा १० महिला र १०२ पुरुषसहित ११२ जना कैदी बन्दी रहेको जिल्ला कारागार कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कारागार कार्यालय रोल्पाका अनुसार हाल रोल्पा कारागारमा ७१ पुरुष र ४ महिलासहित ७५ कैदी तथा ३१ पुरुष र ६ महिलासहित ३७ थुनुवा रहेका छन् । कारागारमा हाल कर्तव्य ज्यान र जबरजस्ती करणीका दुई/दुई जना ६५ वर्षमाथिका जेष्ठ नागरिक कैदी छन् । कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका २३ कैदी र १० थुनुवा गरी ३३ जना रहेका छन् ।

यसैगरी जबरजस्ती करणी उद्योगका चार कैदी र एक जना थुनुवा गरी पाँच जना राखिएको छ । जबरस्ती करणीको यो संख्या रोल्पा कारागारमा रहेका कुल कैदीबन्दीको संख्याको एक तिहाइ हो । उक्त कसुरमा सो कारागारमा राजनीतिक दलका स्थापित नेतादेखि नेपाल सरकारका कर्मचारी तथा ६५ वर्षमाथिका जेष्ठ नागरिक समेत छन् ।

कारागारमा हाल ज्यान मार्ने उद्योग २१ पुरुष र ९ महिलासहित ३० जना कैदीबन्दी रहेका छन् । यसैगरी कर्तव्य ज्यान ११ पुरुष र २ महिलासहित १३ कैदी रहेका छन् । कारागारमा लागुऔषधका पाँच पुरुष र ६ महिलासहित ११ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा बालविवाह र बहुविवाहक कसुरमा चार पुरुष र उक महिलासहित पाँच थुनुवा रहेका छन् । सवारी ज्यानमा तीन पुरुष कैदीबन्दी रहेका छन् । सवारी अंगभंग तीन पुरुष कैदीबन्दी र मानव बेचबिखनमा एक महिला र एक पुरुष गरी दुई कैदी रहेका छन् । नकवजनी चोरीमा दुई पुरुष कैदी रहेका छन् । अपहरण, गर्भपतन, चोरी, कृते, व्यक्ति बेपत्ता र पशु सम्बन्धि कसुरका एक/एक जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा निकै बढी कैदी बन्दी रहँदा आफूहरुको दैनिकी निकै असहज भएको बन्दी खटकबहादुर खत्रीले जानकारी दिए । ‘कारागारको भित्री खुला भागका साथै सुत्ने कोठामा समेत समस्या छ,’ खत्रीले भने ।

कारागारमा सामान्य जिमको व्यवस्था गरिए पनि स्थान अभावमा अन्य कुराको व्यवस्था गरिएको छैन । कैदीबन्दीहरु कारागारभित्रै सिपमुलक तालिम गर्न चाहे पनि यसतर्फ राज्यले सहयोग नगरेको खत्रीले गुनासो गरे ।

पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेरेको जेलर विशाल खनालको भनाइ छ । ‘पानी चुहिने छाना र सेन्ट्री पोष्टहरु मर्मत गर्नुका साथै कैदीबन्दीहरुका लागि २ कमन र प्रत्येक कोठामा एटेच ट्वाइलेटको व्यवस्था गरेका छौं,’ खनालले भने ।

कारागारको सुरक्षाका लागि पर्खाल मर्मत तथा काँडेतारको समेत व्यवस्था गरेको उनको भनाइ छ । कारागार बनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पूरा गर्न नसके पनि आवश्यक स्रोत साधनको उपयोग गरेर प्रयोग योग्य बनाएको जेलर खनालले बताए ।

Related

Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.