News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

रामेछाप बस दुर्घटना मृतक १३ यात्रुमध्ये १२ जनाको सनाखत


रामेछाप बस दुर्घटना मृतक १३ यात्रुमध्ये १२ जनाको सनाखत

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ।

रामेछापको डोग्माबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुवाहक बस बेलडाँडाबाट करिब तीन सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परि २० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल र काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। २० जना घाइते मध्येका गम्भीर ४ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको र अन्यलाई एम्बुलेन्सबाट धुलिखेल अस्पताल पुर्‍याइएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले बताए।

बसमा ३३ जना यात्रुहरु सवार भएको प्रहरीले जनाएको छ। दुर्घटना स्थलमा सवैभन्दा पहिला घाइतेको उद्धारका लागि लुभुघाट प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए। दुर्घटना स्थलमा थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा टोली त्यसतर्फ गएको थियो।

दुर्घटनामा मृत्यु हुने मध्ये ९ जनाको घट्नास्थलमा र अन्य ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाईं, सुनापति गाउँपालिका–५ कै २२ वर्षीय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षीय तुलबहादुर विक रहेका छन्। प्रहरीकाअनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ। अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षीय रामबहादुर श्रेष्ठ, सोही वडाका २४ बर्षीय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ। अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ।

मृतकहरुको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

Related

Tags: * दुर्घटना
दैनिक संजाल

दैनिक संजाल

Related Posts

एक युवक आफ्नै कोठामा मृत फेला

बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

बस दुर्घटनामा ज्यान गुमाएका मात्र ६ जनाको पहिचान खुल्यो

बस दुर्घटनामा ज्यान गुमाएका मात्र ६ जनाको पहिचान खुल्यो

वृद्धलाई ठक्कर दिएर फरार भएका चालक प्रहरीको फन्दामा

वृद्धलाई ठक्कर दिएर फरार भएका चालक प्रहरीको फन्दामा

दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सैनिकको मृत्यु, मापसे गरेको पाइयो

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन जनाको मृत्यु

भारतीय कारले मोटरसाईकल लाई ठक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.