काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत अश्लील शिर्षक राखेर अश्लिलता झल्कने सामाग्री प्रसारण गर्ने एक युट्युबरलाई पक्राउ गरेको छ।
फोर रियल टिभी (4real TV) नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु प्रसारण गरेको अभियोगमा नुवाकोट घर भई काठमाडौं बौद्ध तीनचुले बस्ने २२ वर्षीय प्रवेश लामालाई ब्यूरोले अदालतबाट अनुमति लिएर नियन्त्रणमा लिएको हो।
लामालाई युट्युबलगायत सामाजिक सञ्जालमार्फत अश्लील सामग्री प्रसारण गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी नबिन्द अर्यालले जानकारी दिए।
नियन्त्रणमा रहेका लामामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिल म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।
Discussion about this post