इस्लामावाद – पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ। पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन्।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार केही दिनदेखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता भएका छन्।
बाढीले स्थानीय बस्तीका विजुली, पानीको धारा एवम् यातायातका संरचनामा क्षति पुर्याएको छ। कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्याएको छ।
बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ।
Discussion about this post