२२ असार, काठमाडौं । सरकारले स्वास्थ्य सेवा तर्फ डा. संगीता कौशल मिश्रालाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
लोक सेवा आयोगले पठाएको दुई जनामध्ये मन्त्रिपरिषद्ले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिले डा. मिश्रासँगै डा टंकप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्यमा चार जना प्रमुख विशेषज्ञको दरबन्दी रहेको छ । जसमध्ये एक जना पद रिक्त छ । मन्त्रिपरिषद्ले उक्त रिक्त पदमा मिश्रालाई बढुवा गरेको हो । डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता समेत हुन् ।
Discussion about this post