News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

वीरगञ्ज ; घरमाथिको हाइटेन्सन लाइनले २७ घरलाई सधैं त्रासमा


वीरगञ्ज ; घरमाथिको हाइटेन्सन लाइनले २७ घरलाई सधैं त्रासमा

२३ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ र १२ मा पर्ने पानीट्यांकी क्षेत्रका २७ घरका बासिन्दाको साझा समस्या बनेको छ घरमाथिको हाइटेन्सन लाइन । उनीहरुको घरमाथि ११ हजार भोल्टेजको हाइटेन्सन लाइन टाँगिएको छ । घर कम्पाउण्डमा मात्र होइन, कतिपयको घरको छतमा पोल गाडिएको छ ।

हाइटेन्सको नांगो तार घरको छतमा मासिनले भेट्ने ठाउँमा नै छ । यसले बारम्बार दुर्घटना हुने गरेको छ ।

७ वर्षअघि वीरगञ्ज–८ पानीट्यांकीका ध्रुव महतोको ७ वर्षीया छोरी छतमा घाम ताप्दै थिइन् । छतमा जुरुक्क उठ्दा ११ हजार भोल्टेजको तारमा छोइएर उनी झड्काले भुईँमा पछारिइन् । हत्त न पत्त अस्पताल लगेर उनको ज्यान जोगियो ।

पानीट्यांकीका १६ वर्षीय शेख रोशनले घरमाथि रहेको बिजुलीको तार पड्किएर आगोको मुस्लो निस्केको, तार चुडिंएर घरमा खसेको पटक पटक देखेका छन् । ‘८ महिनाअघि तार चुडिएर छतमा खस्दा घाममा राखेको अचार सबै नष्ट भयो’ उनले भने ‘थन्न छतमा बस्ने बानी थिएन र कसैलाई केही भएन ।’

हाइटेन्सन लाइनको तल नागरिको घर मात्रै हैन, आशाराम अस्पताल पनि पर्छ । अस्पतालदेखि वाइपास रोडसम्मको तारमा विद्युत प्रवाह पनि गरिएको छैन, तर प्राधिकरणले तार र पोल नहटाउँदा समस्या छ ।

समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको गुनासो स्थानीयबासिन्दाको छ ।

विद्युत लाइनका कारण अस्पतालमा लिफ्ट बनाउने सपना अधुरो भएको अस्पताल सञ्चालक बाल रोग विशेषज्ञ डाक्टर अशोक दास बताउँछन् । ‘बस्तीको माथिबाट हाइटेन्सन लाइन लैजानु भनेको एक किसिमको अपराध नै हो’, उनले भने, ‘पटक पटक प्रयास गर्‍यौं, पैसा चाहिन्छ भनेकोले पैसा उठाएर दिन पनि खोजेका थियौं । पछि काम नहुनेजस्तो देखिएपछि फिर्ता गरिदियौं ।’

हाइटेन्सन लाइन स्थानान्तरण नभएकै धेरै परिवार विस्थापित भइसकेको स्थानीयबासिन्दा बताउँछन् । ‘पटक पटक विद्युतमा निवेदन दिएका छौं, सान्त्वना दिन्छन्, आश्वासन दिन्छन्’ २०५७ सालदेखि पानीट्यांकी क्षेत्रमा बसोबास गर्दै आएका गणेश श्रेष्ठ भन्छन्, ‘तर समस्या समाधान नै भएन । त्यसैले मानिसहरु हरेस खाएर बसेका छन् ।’

श्रेष्ठ भन्छन्, ‘म आउनु भन्दा अघिदेखि नै यहाँ घर छ, नम्बरी जमिन र व्यक्तिको घरमाथिबाट बिजुलीको तार लगिएको छ, हामी गलत थियौं भने उतिबेलै किन रोकिएन । घर बनाउने अनुमति दिने नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर पनि लिने ? अनि हामी डराई डराई हाइटेन्सन लाईनको तल बस्नुपर्ने ।’

वितरण केन्द्र प्रमुख झा भन्छन् : निवेदन आएकै छैन

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार नागरिकलाई अप्ठ्यारो परेका ठाउँको विद्युत लाइन सार्ने काम भइरहेको छ ।

वीरगञ्ज– १६ नगवा घुसुकपुरमा बस्ती माथिबाट तार गएकै कारण १६ वटा पोल सार्ने काम भइरहेको छ । सिजी एग्रो भित्रको निजी जमिनको पनि पोल सारिएको छ । २ नं. फिडरमा पर्ने नेशनल ट्रेडिङदेखि बीपीसी कलेजसम्म उत्तरदक्षिण ८ वटा पोल सार्ने प्रक्रिया सुरु गरिएको छ । छातापिपरातिरबाट पनि निवेदन आएपछि काम सुरु भएको उनी दाबी गर्छन् ।

तर पानी ट्यांकीका २७ घर परिवारको समस्या बनेको हाइटेन्सन लाइन सार्ने बारे कुनै काम भएको छैन । त्यहाँको समस्याबारे कुनै जानकारी नै नभएको झा बताउँछन् ।

‘जुन ठाउँबाट निवेदन आएको छ, हामीले तारलाई सारिदिने काम गरिरहेका छौं ।’ उनले भने ‘म आइसकेपछि स्थानीयबासिन्दाले मौखिक वा लिखित केहि जानकारी गराएका छैनन्, निवेदन आएको खण्डमा प्रक्रिया पूरा गरेर सारिदिन सकिन्छ ।’

केन्द्र प्रमुख झाका अनुसार पोल सार्नुपर्ने अवस्थामा स्थानान्तरणको लागि आवश्यक पर्ने स्थान र मार्गधिकारको व्यवस्था आवदेक आफैंले गर्नु पर्ने छ । व्यक्तिको निजी जमिनको लाइन सार्ने हो भने त्यसको शतप्रतिशत खर्च घरजग्गा धनीले तिनुपर्छ, प्राधिकरणले खर्च गर्दैन ।

तर स्थानीय तहले निवदेन दिएको हकमा भने ३० प्रतिशत खर्च प्राधिकरणले बेहोर्ने गरेको छ । बाँकी ७० प्रतिशत सम्बन्धित स्थानीय तहले बेहोर्ने झाले बताए ।

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

युवा महिलाहरुको भेला

युवा महिलाहरुको भेला

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिविरुद्ध पूर्वपश्चिम राजमार्गमा चक्काजाम

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिविरुद्ध पूर्वपश्चिम राजमार्गमा चक्काजाम

रुपन्देहीमा मध्यरात गोली चल्यो एक घाइते, ५ जना नियन्त्रणमा

रुपन्देहीमा मध्यरात गोली चल्यो एक घाइते, ५ जना नियन्त्रणमा

‘बेलायत पठाउँछु भनेर’ १५ लाख ठगेको आरोपमा एक जना पक्राउ

‘बेलायत पठाउँछु भनेर’ १५ लाख ठगेको आरोपमा एक जना पक्राउ

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

मापसे गरेर स्कुल बस चलाउने ६ जना प्रहरीको फन्दामा

मापसे गरेर स्कुल बस चलाउने ६ जना प्रहरीको फन्दामा

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

 

Loading Comments...