काठमाडौं । नेकपा एमाले सांसद नवराज सिलवालले विदेशी ‘इन्ट्रेस्ट’मा नागरिकता विधेयक ल्याउन नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले राज्य व्यवस्था समित छलफल भइसकेको विधेयक फिर्ता नलिन आग्रह गरे।
‘राज्य व्यवस्था समितिले व्यापक छलफल गरिकन संसदमा पेस गरेको नागरिकता विधेयक सरकारले फिर्ता लिँदैछ भन्ने कुरा आइरहेको छ। बोनाफाट नागरिकले नागरिकता पाउनुपर्छ तर विदेशीको इन्ट्रेष्ट पूरा गर्नेगरी राष्ट्रियतामाथि आँच आउने ढंगले चाहिँ नयाँ खालको व्यवस्था गरेर नागरिकता विधेयक ल्याउने कुरा मान्य हुँदैन,’ उनले भने।
उनले नेपालको दुवैतिर अरब अरब जनसंख्या भएको देश भएकाले सिन्दुरसँग नागरिकता नसाट्न आग्रह गरे। ‘नेपाल दुवैतिर अरब-अरब जनसंख्या भएको देशको बीचमा रहेको मुलुक हो। नागरिकता दिने सबालमा हामी उद्धार हुन सक्दैनौं। सिन्दुरसँग नागरिकता साट्ने प्रावधानलाई लिएर जान सकिँदैन,’ उनले भने।
राष्ट्रियतामाथि ठूलो आँच आउनेगरी सरकारलाई अघि नजान उनको आग्रह थियो।
Discussion about this post