• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

युक्रेनबाट नेपाली विद्यार्थीको आग्रह – मर्ने बाँच्ने टुंगो भएन, उद्धार गरिदिनुस्


युक्रेनबाट नेपाली विद्यार्थीको आग्रह – मर्ने बाँच्ने टुंगो भएन, उद्धार गरिदिनुस्
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसले सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार बिहान त्यहाँ गोलाबारी पनि भएको छ र अहिले मानिसहरुले राजधानी छाड्ने क्रम चलिरहेको छ ।

कतिपय नजिकैको मुलुकतर्फ प्रवेश गर्न खोजिरहेका छन् भने त्यहाँ रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकले सुरक्षित स्थानतर्फ लैजान पहल गरिरहेका छन् । राजधानी किएभमा केही नेपाली नागरिक पनि छन्, उनीहरुले उद्धारका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्

किएभमा अध्ययनका लागि पुगेकी नेपाली विद्यार्थी निशा क्षेत्रीले शुक्रबार साँझ अनलाइनखबरसँग कुरा गर्दै ‘आफूहरुको मर्ने बाँच्ने टुंगो नभएको’ बताएकी छन् । र, उद्धार गर्नका लागि पहल लिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।

‘छिनछिनमा यहाँ विस्फाेट भइरहेको छ, बच्नलाई हामी मेट्रो चढेर विभिन्न ठाउँको यात्रा गरिरहेका छौं’ उनले भनिन्, ‘यहाँबाट कहाँसम्म जाने हो, टुंगो छैन ।’ केही दिनलाई खानका लागि पहिल्यै तयार गरेर राखेको भए पनि परिस्थिति बिग्रिंदै जाँदा खानकै लागि पनि समस्या हुने उनले बताइन् । रुसले सैन्य कारबाही सुरु गरेको पहिलो दिन चाहिं उनले होस्टल नजिकै रहेको अस्पतालको भुइँतलामा बसेर बिताइन् ।

प्रस्तुत छ, उनै क्षेत्रीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः–

म अध्ययनको सिलसिलामा युक्रेनको राजधानी किएभमा आएको पाँच/छ महिना भयो । यहाँको पोडिलिस्की होस्टलमा मसहित १६ जना बसिरहेका थियौं । हामीमध्ये कोही युक्रेनियन त कोही रसियन भाषा पढिरहेका थियौं । म स्टुडेन्ट भिसामा आएको थिएँ, युरोपियन युनिभर्सिटीको विद्यार्थी हुँ ।

अहिले राजधानी किएभमा जतिसुकै वेला विष्फोट भइराख्छ । पछिल्लो एक महिनापछि राजधानी शान्त थिएन । हिजोबाट होस्टल नजिकै रहेको एउटा अस्पतालको ‘अन्डरग्राउण्ड’मा बसेर रात वितायौं । बिहानबाट दिउँसोसम्ममा राजधानीमा तीन/चार पटक ठूल्ठूलो आवाजसहित विष्फोटन भयो । त्यसपछि होस्टलमा बस्न सकिँदैन भन्ने लाग्यो । बाहिर निस्किएर हिँड्ने सहज छैन । मानिसहरुको भिड छ, शहर छाड्नेको ताँती छ । हिँड्नलाई टिकट पाइँदैन ।

Video Player

00:00
00:16

बल्लतल्ल मसहित साथीहरु राजधानीबाट मेट्रो रेलमा ५४ मिनेटको यात्रा गरेर भोगजल्म भन्ने ठाउँमा आइपुगेका छौं । अहिले तपाईंसँग कुराराख्दा पनि पृष्ठभूमिमा आवाज आइरहेको छ, यो विष्फोटनको हो । यहाँ पनि ग्यासहरु हानिरहेका छन्, बाहिर यहाँका सेना जतिसुकैवेला जे पनि हुनसक्छ भनेर स्ट्याण्ड बाई पोजिसनमा छन् ।

यहाँबाट हामी लबिक भन्ने ठाउँमा जान खोज्दैछौं । अहिले म रेल स्टेसनबाटै बोलिरहेको छु, यहाँबाट मैले जता हेर्‍यो, त्यतै मान्छेको लस्कर मात्रै देख्छु । मेट्रोमा पनि खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो छ । आफूलाई उच्च जोखिममा राखेर मानिसहरु अहिले अर्को मुलुकतिर पनि गइरहेका छन् । हामीले पनि नेपाल सरकारलाई गुहारिरहेका छौं ।

बन्द हुनुअघि दुई/तीन दिनलाई पुग्ने सामान ल्याएर राखेका थियौं, त्यही बोकेर हिंडिरहेका छौं, कहाँ बस्ने के गर्ने टुंगो छैन । अहिले आराम गर्न पनि खुला आकाशमुनि बसिरहेका छौं, साँझ बास बस्न कहाँ पुगिने हो थाहा छैन ।

तर, सकरात्मक जवाफ आएको छैन । सँगैमा भारत सरकारले दूतावासमार्फत सहयोग गरिरहेको छ, उनीहरुले समस्या देखिने वित्तिकै सचेत गराएर यहाँका भारतीय नागरिकलाई पोल्याण्डतर्फ लगिसके । हाम्रो सरकारले केही गरेको छैन, अहिले मैले के गर्ने के नगर्ने केही सोच्न सकिरहेको छैन, कतिवेला के हुने हो भन्ने पनि थाहा छैन । अझै केही दाइदिदीहरु त राजधानीको होस्टलमै हुनुहुन्छ, थप नेपालीहरु पनि राजधानीमा छन् ।

आफैं पोल्याण्ड जानलाई पहिलो कुरा टिकट छैन । अर्को कुरा मानिसहरु धेरै छन् । पहिले ५ सयमा पाइने टिकट अहिले १५ सय/दुई हजार परिरहेको छ । त्यो पनि पाउन मुस्किल छ । काम बन्द भएको धेरै दिन भइसक्यो । बचेको पैसाले कहिलेसम्म खाने के गर्ने टुंगो छैन ।

हिजैदेखि राजधानीको बजारदेखि हरेक कुरा बन्द छ । बन्द हुनुअघि दुई/तीन दिनलाई पुग्ने सामान ल्याएर राखेका थियौं, त्यही बोकेर हिँडिरहेका छौं, कहाँ बस्ने के गर्ने टुंगो छैन । अहिले आराम गर्न पनि खुला आकाशमुनि बसिरहेका छौं, साँझ बास बस्न कहाँ पुगिने हो थाहा छैन ।

हामी अहिले लबिप भन्ने ठाउँमा जाने भनेर सोचिरहेका छौं, तर त्यहाँ जान पनि समस्या भइरहेको छ । हामीलाई आफैं छिमेकी मुलुक जान पनि गाह्रो छ । यत्तिकै यहाँका नागरिकले पनि जान सकिरहेका छैनन्, झन् विदेशी नागरिकलाई त्यसरी जान कति समस्या होला ? यहाँ बस्न सक्ने स्थिति पनि छैन । ज्यानै जोखिममा छ । अवैधरुपमा हिँडेर जाँदा पनि जोखिम छ, यहीँ बस्न पनि जोखिम छ । त्यसैले अहिले आफ्नो देशको सरकारलाई गुहारिरहेका छौं ।

हामीलाई उद्दार गरिदिनुपर्‍यो । कि पोल्याण्ड पुर्‍याइदिएर त्यहीँ राख्ने व्यवस्था गरिदिनु पर्‍यो । नभए, पोल्याण्डसम्म सुरक्षित पुर्‍याएर नेपाल फर्किने व्यवस्था गरिदिनु पर्‍यो ।

हुन त हामी नेपालबाट आउँदा पनि ठगिएका थियौं । यहाँ खासै राम्रो काम पनि पाइँदैन । अधिकांशले यहाँ काम पनि पाउनु भएको छैन । आर्थिकरुपमा पनि समस्यामा हुनु भएको धेरै दाइदिदीहरु हुनुहुन्छ । टाठोबाठोले काम नगरेका होइनन् । तर, जे सोचेर पैसा तिरेर आएका थियौं, त्यति भइरहेको थिएन । होस्टलको एक वर्षको पैसा तिरेर आएका थियौं, त्यो पनि डामाडोल भयो ।

दुई महिनादेखि अफ्ठ्यारो परिस्थितिको मात्रै सामाना गरिरहनु परेको छ । जतिवेलै साइरन मात्र सुनिराख्दा मानसिकरुपमा पनि टर्चर भइरहेको छ । सरकारलाई हामी सबैको तर्फबाट विनम्र आग्रह छ कि कृपया हामीलाई उद्दार गरिदिनुस् । आफ्नो नागरिकको ज्यान जोगाइदिनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

बटेश्वर गाउँपालिकामा कानुन विपरीत प्रशासकीय अधिकृतलाई गाडी, भाडामा मासिक १ लाख २० हजार खर्च

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

क्यानडामा टिकटकमाथि प्रतिबन्ध, चीनले थप्यो चिप निर्माणमा लगानी

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

प्रचण्डको भनाइ : रुकुम पूर्व इतिहास निर्माण गर्ने थलो

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

जेनजीको ‘मुभमेन्ट’ पछि बदलिएको पार्टी : शर्मा

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In