• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान सच्याउन एमालेको माग


विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान सच्याउन एमालेको माग
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्रावधान सच्चाउन माग गरेको छ।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले विदेशी बुहारीलाई विहे गरेर आउने वित्तिकै नागरिकता दिने प्रावधान संशोधन गर्न माग गरेका हुन्।

सांसद कृष्णभक्त पोखरेलले विदेशी बुहारीलाई आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै देशमा नभएको जिकिर गरे। उनले विधेयक प्रस्तुत गरेका गृहमन्त्री बालकृष्ण खाणलाई विदेशी बुहारी आउने वित्तिकै नागरिकता दिने एउटा पनि देश देखाउन चुनौती दिए।

‘विश्वमा कहाँ छ गृहमन्त्रीले जवाफ दिनुपर्‍यो, विश्वमै एउटा देशको नाम दिनुपर्‍यो। होइन भने भारतमा ७ वर्ष नेपाली चेली नागरिकता लिन समय लाग्छ। अमेरिका अष्ट्रेलिया र अन्य जहाँको हेरे पनि घटिमा चार पाँच वर्ष लाग्छ,’ उनले भने।

उनले यो प्रावधानमा छलफल गरेर संशोधन गर्न माग गरे। ‘बुहारीको हकमा आउने वितिकै दिने वा निश्चित समय राख्ने छलफल हुन नसक्ने हो?’ उनले प्रश्न गरे, ‘छलफल गरौं। विगतको प्रतिवेदनमा तलमाथि के गर्न सकिन्छ निकास गरौं। तर कति पनि हुन्न भोलिपल्टै पाउनुपर्छ भन्ने जुन हिसाबबाट आएको छ। आजको हाम्रो पृष्ठभूमि, दुनियाँको पृष्ठभूमि पनि हेरेर निष्कर्षमा पुग्नुपर्छ।’

पोखरेलले नागरिकता विधेयक पारित गर्ने विषयमा छिटो गर्नुपर्नेमा एमालेले पनि चाहेको भन्दै थपे, ‘१० लाख नागरिक बाहिर छन्। छिटो टुंग्याउनुपर्छ। ठिक छ। तर यस विषयमा गम्भीरतापूर्वक छलफल गरौं।’ एमालेकी सचिवसमेत रहेकी सांसद पद्‌मा अर्यालले विदेशी बुहारीको प्रावधानमा संवेदनशील र गम्भीर हुनुपर्ने बताइन्।

‘राष्ट्रियतासँग राज्यप्रतिको कर्तव्यसँग जोडिएको विषय हो। यहाँ जे अधिकार छ त्यो अन्य मुलुकमा पनि छ कि छैन हेर्नुपर्दछ। त्यसको आधारमा निष्कर्षमा पुग्नुपर्छ। नागरिकता प्राप्त गर्नेको नाम र निशान यही हुनुपर्छ। नाम यता, निशान अर्को देशमा हुनुहुँदैन,’ उनले भनिन्।

वैवाहिक अंगीकृतमा समानताको हक स्थापित हुनुपर्छ भनेर विगतमा छलफल भएको स्मरण गर्दै अर्यालले थपिन्, ‘आज विदेशी चेली नेपालको बुहारी हुँदा नागरिकता प्राप्त गर्छ भने नेपाली छोरी विदेशी बुहारी हुँदा लामो समय पर्खिनुपर्छ। हाम्रै छिमेकी मुलुकमा ७ वर्ष राखिएको छ। प्रक्रिया गर्दा ८/९ वर्ष लाग्छ।’

उनले विदेशी बुहारीको चिन्ता गर्दा आफ्नो सन्तानप्रतिको कर्तव्यलाई नबिर्सन पनि आग्रह गरिन्। ‘हामी बुहारीको बारेमा यति चिन्तित छौं। नेपालको छोरी चेलीको बारेमा हामी चिन्तित हुनुपर्छ कि पर्दैन? आफ्नो सन्तानप्रतिको दायित्व पूरा गर्नुपर्छ कि पर्दैन?’ उनले प्रश्न गरिन्, ‘समानताको हिसाबले पनि हेर्नुपर्छ। यो तर्फ सबैको ध्यानाकर्षण गराउँछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In