• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राजनीतिक खिचातानी र झडपले पर्साको कालिकामाई गाउँपालिकाको गाउँ सभा अनिश्चित


राजनीतिक खिचातानी र झडपले पर्साको कालिकामाई गाउँपालिकाको गाउँ सभा अनिश्चित
Share on FacebookShare on Twitter

२ साउन, वीरगञ्ज । गाउँ सभा स्थगित भइसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा असार ३१ गते शुक्रबार झडप भयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नं ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाइते भए ।

नेपाली कांग्रेस पक्षले पनि आफ्नो तर्फका कृष्ण ठाकुर, अमरदेव चौरसिया, लाल किशोर साह, अजय साह लगायत घाइते भएको दावी गरेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साले भने झडपमा वडा नं ४ का वडा अध्यक्ष सञ्जय सहित ५ जना सामान्य घाइते भएको जनाएको छ । जसमध्ये ३ जना उपचार पछि घर फर्किसकेका छन् भने जसपाका मोहम्मद एकबाल मियाँ र कांग्रेसका ओम प्रकाश चौरसिया नारायणी अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल बताउँछन् ।

एकबालको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने चौरसियाको हात भाँचिएको नारायणी अस्पतालले जनाएको छ । दुवै पक्षबाट प्रहरीमा उजुरी भने आएको छैन ।

टोल टोलमा झडप हुँदा केही बाइक घर र पसलहरुमा समेत तोडफोड गरिएको स्थानीय बताउँछन् । कालिकामाई गाउँपालिका-५ बलुवाटोलमा किराना पसलमा तोडफोड गर्दै गर्दा प्रहरी टोली पुगेपछि कांग्रेस कार्यकर्ता भागेका थिए । ठाउँ ठाउँमा पानी तान्ने मोटर झिकेर फालिएको र कुनै दलमा आवद्ध नभएका सर्वसाधारणको घरमा समेत क्षति पुर्‍याइएको स्थानीयको भनाइ छ ।

दोस्रो पटक डाकिएको गाउँसभा पुनः स्थगित

२१ वर्षीय युवक बशिष्ट कुमार गाउँपालिका अध्यक्ष छन् । उनले आफ्नो कार्यकालको पहिलो गाउँसभाको अधिवेशन नै गर्न सकिरहेका छैनन् । असार १० गतेभित्र ल्याई असार मसान्तसम्म पास गरिसक्नुपर्ने बजेट, नीति तथा कार्यक्रम पास हुन सकेको छैन ।

गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधि मिलेर धमाधम विकासका काम अघि बढाउनुपर्नेमा दलीय ध्रुवीकरणले तिक्तता बढेको छ । जसका कारण जनता पनि विभाजित छन् । फरक फरक दलको भएकै कारण छिमेकीहरुबीच नै एक आपसमा मनमुटाव बढीरहेको छ ।

बशिष्टले २४ असार शुक्रबार पहिलो पटक गाउँसभा आह्वान गरेका थिए । तर उनले प्रस्ताव गरेको योजनामा असहमति जनाउँदै उपाध्यक्ष राजमती बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया र वडा नं ४ का अध्यक्ष सञ्जय साह लगायत कांग्रेस-एमालेका १५ जना गाउँ सभा सदस्यले वीरगञ्जमा पत्रकार सम्मेलन गरेर गाउँ सभा बाहिस्कार गर्ने चेतावनी दिएका थिए । नभन्दै उनीहरु गाउँसभामा गएनन् । जसपाका १४ जना मात्रै सहभागी हुँदा गणपुरक संख्या पुगेन । गाउँ सभा स्थगित भयो ।

असार ३१ गते पालिकाको आठौं गाउँसभाको दोस्रो बैठक आह्वान गरिएको थियो । अपरान्ह २ बजे नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा सबै अर्थात २९ जना सदस्यको उपस्थिति थियो । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट र गाउँपालिकाका लागि आवश्यक विभिन्न ऐनहरु प्रस्ताव गर्ने कार्यसूची रहेको थियो ।

छलफलका क्रममा जनप्रतिनिधिहरुबीच बैठकलाई एकदिन पर सारौं, मिलेर जाऔं भन्ने विषयमा मौखिक सहमति भयो । शनिबार बिहान ७ बजे अध्यक्ष, उपाध्यक्ष, ५ वटै वडाका वडा अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत बसेर समस्या समाधान गर्ने र अपरान्ह ४ बजे गाउँसभा सम्पन्न गर्ने तय भएको थियो । सोही अनुसार अध्यक्षको आदेशले प्रमुख प्रशासकीय अधिकृतले गाउँ सभा बैठक स्थगित पनि गरे । तर बैठक स्थलबाट बाहिरिएपछि जसपा र काँग्रेसका नेता कार्यकर्ताबीच ठाउँ ठाउँमा झडप भयो । परिणामतः गाउँसभा अधिवेशन अनिश्चित बनेको छ ।

कालिकामाईमा गाउँ सभा सञ्चालन कार्यविधि बनेको छैन । तर पहिलोपटक ५१ प्रतिशत सदस्य र दोस्रो पटक बोलाइएको बैठकमा ३३ प्रतिशतको उपस्थिति भए पुग्ने र उपस्थित संख्याको बहुमतले बजेट, नीति तथा कार्यक्रम पारित गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी बताउँछन् ।

जनप्रतिनिधिहरु आ-आफ्नै अडानमा

पाँच वर्ष सहकार्य गर्नुपर्ने भएकाले सहकार्य गरेर जाने मनस्थितिमा आफू रहेपनि राजश्व परामर्श समितिको बैठक समेत नबसाएर उपाध्यक्षले असहयोग गरेको र बजेटमा भागवण्डा गर्न खोजेको आरोप अध्यक्ष बशिष्टको छ ।

उपाध्यक्ष बरैनी भने अध्यक्ष एकलौटी ढंगले चल्न खोजेको आरोप लगाउँछिन् । अध्यक्षले आफूसँग सरसल्लाह नगर्ने र कमिसनका लागि खरिदमा बढी केन्दि्रत भएर बजेट ल्याउन खोजेको गुनासो उनको छ ।

एमाले र कांग्रेसबाट जितेका वडा नं २ र ४ का वडा अध्यक्षलाई वडालाई दिइएको ३० लाख रुपैयाँको बजेट सिलिङमा चित्त बुझेको छैन । विगतमा वडालाई १ करोड ३० लाख चलाउन दिएकाले सोही अनुसार बजेट राखिनुपर्ने अडान उनीहरुको छ ।

वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ सहमतिका लागि कुरा भइरहेको बताउँछन् । ‘शनिबार नै गाउँसभा हुने स्थिति थियो, लडाइँझगडा भएकाले विथोलियो,’ उनले भने ।

विकास प्रक्रियामा हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । ‘ अध्यक्ष मनोमानी ढंगले चल्नुभएन, गाउँका मानिसहरु सरसल्लाह विकासका योजना माग गर्नुपर्‍यो,’ उनले भने, ‘योजना छनौट गर्दा वडा अध्यक्षहरुसँग समन्वय गर्नुपर्‍यो । अध्यक्षले जे मन लाग्छ त्यो योजना राख्ने हो भने हामीले कसरी मान्ने ?’ जनताको सामु विकास गर्ने वाचा गरेर आएको बताउँदै उनले छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रमुख प्रशासकीय अधिकृत गिरी जनप्रतिनिधि अन्य व्यक्तिहरुबाट परिचालित हुँदा गाउँपालिकामा समस्या देखिएको बताउँछन् । जनप्रतिनिधिलाई मात्रै एक ठाउँमा बसाएर आपसी छलफलको वातावरण तयार गरी समस्या समाधानका लागि आफू प्रयासरत रहेको उनको दावी छ ।

‘जनताले सबै जनप्रतिनिधिलाई कालिकामाईको विकासका लागि मत दिएका हुन्, जनप्रतिनिधिले आपसमा समन्वय र सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘आपसमा तालमेल नहुँदा पालिकाको विकासमा असर पर्छ ।’ पाँच वर्षसँगै काम गर्नुपर्ने जनप्रतिनिधिहरु द्वन्द्वमा अल्झिंदा पालिकाको बारेमा पालिका बाहिर समेत राम्रो सन्देश नजाने उनको तर्क छ ।

यस्तो छ, २१ वर्षीय अध्यक्षको योजना

२१ वर्षीय अध्यक्ष वशिष्ट गाउँपालिकाको विकास गर्न अवसर पाएकोमा खुशी लागेको बताउँछन् । जनताको सेवा गर्ने अवसरलाई सदुपयोग गर्ने दावी उनको छ । गाउँपालिकालाई सबैभन्दा राम्रो पालिका बनाउने सोच आफ्नो रहेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट उनको छ । पालिकाको गाउँसभामा देखिएको विवाद र पालिकाको विकासका बारेमा उनै युवा अध्यक्ष बशिष्टसँग गरिएको कुराकानी-

पहिलो गाउँसभाको अधिवेशन गराउँदै हुनुहुन्छ । आफ्नो पालिकालाई कस्तो बनाउँछु भनेर सोच्नुभएको छ ?

गाउँपालिकालाई सबैभन्दा राम्रो पालिका बनाउने सोच छ । तर यहाँ जनताले सेवा पाउने ठाउँमा केही समान नै छैन । जनताले सबैभन्दा अगाडि सेवा पाउन्, कुनैपनि सेवा पाउनमा ढिलाइ नहोस् । त्यसका लागि डिजिटलाइजेसन गर्ने सोच छ । पाँच वडा छ, वडा नं ५ विरञ्चीवर्वा बाहेक अन्य वडामा जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायत व्यक्तिगत घटना दर्ता गर्न कम्प्युटर छैन ।

बाँकी चार वटा वडाका जनतालाई व्यक्तिगत घटना दर्ता गराउन १०/१५ दिन कुर्नुपर्ने हुन्छ । सेवा पाउने ठाउँ वडा नै हो, त्यहाँबाट सेवा नपाएपछि जनतालाई दुःख हुन्छ, पीडित हुन्छन् । व्यक्तिगत घटना दर्ता सबै वडाबाट बनाउनुपर्छ । त्यसका लागि कम्प्युटर, पि्रन्टर हालिदिने, बिजुली जाँदा पनि सेवा प्रवाह नरोकियोस् भनेर इन्भर्टर पनि राखेको छु । सामुदायिक विद्यालयको शिक्षाको अवस्था धेरै नराम्रो छ । तपाईंलाई अनुरोध गर्छु- पालिकाको विद्यालय अनुगमन गरिदिनुस ।

नराम्रो भनेको कस्तो हो ?

विद्यालयमा पढाई राम्रो हुँदैन, शिक्षकहरुले ध्यानै दिँदैनन् । समयमा विद्यालयमा आउँदैनन्, आइहालेपनि टाइम पास गर्ने, पाँच दिन एब्सेन्ट हुने, एक दिन आएर सबै हाजिरी गरिदिने प्रवृत्ति छ ।

तपाईंलाई पनि टेर्दैनन् ?

टेर्दैनन् । १३ वटा विद्यालय छन्, शिक्षक पार्टीगत हिसाबले छन् । पहिलाका जनप्रतिनिधिले आफ्ना मान्छेलाई करारमा शिक्षक नियुक्ति गरिदिनुभो । उनीहरुसँग शिक्षक बन्न आवश्यक योग्यता पनि छैन । मुख्य समस्या के हो भने, धनीका छोराछोरी त बाहिर पढ्न गइहाल्छन्, गरिब दलितका छोराछोरी कहाँ जान्छन् ? उनीहरुलाई त गाउँपालिकाबाट गुणस्तरीय शिक्षा दिनुपर्छ ।

शैक्षिक सुधारका लागि के योजना ल्याउँदै हुनुहुन्छ ?

करारमा नियुक्त भएका शिक्षक राम्रो छैन, शिक्षकलाई एकपटक सुध्रन मौका दिने, शिक्षक समयमा नजाने बानीमा सुधार ल्याउन बायोमेटि्रक हाजिरीको व्यवस्था गर्ने, डिजिटल क्लास रुम बनाउने, प्रोजेक्टरमा पढाउने व्यवस्था गर्ने, सबै कक्षामा हैन, दुई तीनवटा कक्षामा प्रोजेक्टर राखिदिएपछि आवश्यकता अनुसार पढ्छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्ने, विद्यालयलाई आवश्यक सबै कुराहरु म दिन्छु तर विद्यालयको गुणस्तरमा सुधार हुनुपर्छ ।

सबै विद्यालयमा विद्यार्थी छन्, खाली छैन, लापरबाही उस्तै छ । बजेट कम भएकोले हेर्नुपर्छ । सबै विद्यालयमा एकैपटक सिसिटिभी जडान गर्न नसकिएला । तर आधारभूत विद्यालयमा अनिवार्य लगाउने कि भन्ने सोच्दैछु ।

स्वास्थ्य क्षेत्रको स्थिति कस्तो छ ?

सबै वडामा स्वास्थ्य चौकी छ, भवन पनि छ । समस्या के हो भने राम्रो चिकित्सक छैनन्, स्वास्थ्य शाखा संयोजकले नियमित अनुगमन गर्दैन । सरकारले निशुल्क दिने भनेको औषधी पनि पाउँदैन, लापरबाही छ । ल्याब असिस्टेन्ट कर्मचारी छ तर ल्याब सञ्चालन भएको छैन । आवश्यक पर्दा जनताले सुविधा पाउँदैन भने के अर्थ भयो ?

राम्रो कुरा दुईवटा वडामा वर्थिङ सेन्टर छ । औषधिका लागि टन्नै बजेट छुट्याएको छु । जनताले समयमा औषधि पाउन, ल्याब सञ्चालन गर्न लागि पैसा राखेको छु । रगत परीक्षण, सुगर जाँच यही गाउँपालिकामा भयो भने जनतालाई किन बाहिर जानुपर्‍यो । एक्स-रे मेशिन पनि राख्ने योजना छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम छ । ३५ सय रुपैयाँमा एउटा परिवारका ५ जना सदस्यको बीमा हुन्छ । एक लाखसम्म औषधी उपचारमा भुक्तानी सरकारले दिन्छ । त्यो ३५ सय जनताले तिर्नुपर्दैन, पालिकाबाट सबै गाउँबासीको बीमा शुल्क तिर्ने नीति लिएको छु । गाउँसभा भएपछि त्यो योजना लागु हुन्छ । गर्भवती महिलाका लागि पहिले नै एम्बुलेन्स सेवा निःशुल्क दिने घोषणा गरिसकेको छु । स्वास्थ्य क्षेत्रलाई एउटा राम्रो दिशा दिने योजना छ ।

कालिकामाई गाउँपालिकामा पनि कृषकका विविध समस्या छन्, मल, बिउ, कृषि औजार, जन नपाउने समस्या छन्, यी समाधानका लागि तपाईंको योजना के छ ?

कृषि प्रधान भए पनि पहिलाका जनप्रतिनिधिले उल्लेख्य काम गर्नुभएको छैन, सशर्त अनुदानको पैसा आउँथ्यो । त्यसै उहाँहरुको नीति अनुसार चल्थ्यो । बिउ वितरण, माटो परीक्षण, बोरिङ जडानका लागि बजेट राखेको छु । कृषि कार्यका लागि प्रयोग गरिएको विद्युत मिटरको शुल्क पालिकाले भुक्तानी दिने तयारी छ । किसानलाई हर हिसाबले सुविधा दिने योजना छ ।

तपाईं आफैं युवा हुनुहुन्छ, युवाका लागि के योजना छ ?

युवाहरु रोजगारी सिर्जना गरिदिनुस् भन्छन्, क्रिकेट लगायत खेलकुदका लागि पैसा राखिएको छ । जीम क्लब चाहियो पनि भनेका छन् । पहिलो माग स्वास्थ्य, शिक्षामा सुधार हुनुपर्छ । पढाइ राम्रो हुनुपर्छ भन्ने मुख्य माग उनीहरुको छ । त्यसमा काम गर्न म तयार छु ।

सामाजिक विकासका काम देखिन र परिवर्तनको महशुस गर्न समय लाग्छ, बाहिरबाट मानिस आउँदा पनि काम भएको छ भनेर देखिने विकासका योजना के छ ?

योजना त टन्नै छ, रोडको अवस्था राम्रो छैन, पालिकासँग धेरै बजेट छैन । धेरै विकास हुन सक्दैन, पाँच वटा हेर्नुपर्छ, जनसंख्या पनि धेरै छ, पालिकाको पुरै क्षेत्र हेर्नुपर्छ । संघ र प्रदेशबाट पैसा खिचेर ल्याउने योजना बनाएको छु । गाउँमा सडक ढलान र कालोपत्रेका कामहरु गर्न वडा नं १ को डिपिआर बनाएको छु ।
वन तथा वातावरण मन्त्री माननीय प्रदीप यादवसँग पालिकाका पोखरीलाई टुरिज्म प्लेस बनाउन सहयोग गर्नुस् भनेको छु । लाइट हालेर पार्क जस्तो बनाउँ, आउट डोर जीम त्यहि बनाइदिउँ भनेको छु ।

सिलिङको विषयमा विवाद चालिरहेको छ । गाउँसभा हुन सकेको छैन । वडाका लागि ३० लाखको सिलिङ तोकेका छौं । त्यति मात्रै हैन, जनतासँग सल्लाह गरेर योजना ल्याउनुस् न, त्यसमा बजेट दिएन भने प्रश्न गर्नुस् न । योजना आयो भने किन विकास नगर्ने ? उहाँहरु योजना नै ल्याउनुहुन्न ।

उपाध्यक्ष सहित कांग्रेस र एमालेबाट निर्वाचित वडा अध्यक्ष लगायत जनप्रतिनिधि किन असन्तुष्ट छन् त ?

नियमअनुसार सबैभन्दा पहिला राजश्व परामर्श समितिको बैठक बसाउनुपर्छ । त्यसको संयोजक उपाध्यक्ष हुनुहुन्छ । अहिलेसम्म त्यसको बैठक नै बसाउनुभएको छैन । त्यो भन्दा पहिला उपाध्यक्षको व्यक्तिगत माग के छ भने पहिला बजेट भागवण्डा हुनुपर्छ रे । अढाई करोड जति बजेट उहाँले व्यक्तिगत रुपमा चलाउन सक्नेगरी छुट्याउनैपर्छ, बाँकी तिमी हेर भन्नुहुन्छ । वडा नं २ र ४ का वडा अध्यक्षको माग पनि त्यस्तै छ । यो पालिकामा यसअघिको कार्याकालमा दुईवटा वडाको मात्रै विकास भएको छ । त्यो पनि जसपाले जितेको वडा नं ३ र वडा नं ४ थियो । लगभग सबै सडक ढलान भइसकेको छ । वडाको पैसाले हैन, बाहिरबाट बजेट खिचेर ल्याउनुभएको छ । वडा नं ३ मा पालिका छ, सबै सडक ढलान भएको छ, पालिकाको पैसाले हैन नी । विवाद गर्ने वडा अध्यक्षहरुको के भनाइ छ भने पहिलाको जति बजेट पाउन न । त्यो भनेको एक करोड भन्दा बढी छ । पहिलाको अध्यक्षले दिनुहुन्थ्यो, तपाईं किन नदिने ? मैले कहाँ बजेट दिन्न भनेको छु, तपाईंसँग के योजना छ ल्याउनुपर्छ नी, जनतालाई सोधौंला आवश्यक छ कि छैन ?

उनीहरुले मागेको बजेट किन नदिएको त ? उनीहरुले पनि वडामा यस्तो यस्तो विकास गर्छु भनेर जनतालाई वाचा दिएका होलान्, त्यसकारण बढी बजेट खोजेका हुन् कि ?

मैले कहाँ दिन्न भनेको छु र । ३० लाख त उहाँहरुले नै आफूले चाहेको योजनामा खर्च गर्न सक्नुहुन्छ । बाँकी योजना ल्याएपछि न काम हुन्छ । योजना त ल्याउनुपर्छ नी । त्यो पैसा मेरो हो भनेर मैले भनेको छैन । वडा अध्यक्षहरुलाई भनेको छु, योजना पेश गर्नुस् पहिला, आवश्यकता अनुसार हामीहरु बजेट दिन्छौं भनेको छु ।

वडा नं २ र ४ का वडा अध्यक्षहरुले योजना पनि पेश गर्नु भएको छैन त ?

हो, उहाँहरुले योजना दिनुभएको छैन । जनतासँग बसेर छलफल गरेर केही योजना राखेका छौं । जनतलाई सोध्नुपर्छ नी जनताले मलाई मत दिएर जिताएका छन् नी ।

वडा अध्यक्ष योजना नदिएपछि तपाईंले आफ्नो पार्टी (जसपा) का जनतासँग सोधेर योजना राखेको हो ?

मेरो पार्टीको जनता हैन, सबै जनतासँग सोधेर योजना ल्याएको हुँ । जसपाको मात्रै भेला गरेर ल्याउँदा अरु पार्टीका जनताले विरोध गरिहाल्छन् नी ।

तपाईंले धेरै जसो बजेट सामान खरिदमा केन्दि्रत गरेर राख्न प्रस्ताव गर्नुभएको छ । जेसिबी, ट्याक्टर, सेप्टी ट्याङ्क सडक बत्ती खरिदकै कुरा छ, सिसिटीभी क्यामेरा, बायोमेटि्रक हाजिरी जडान, कम्प्युटर, पि्रन्टर, जेनेरेटर खरिद गर्दै हुनुहुन्छ । खरिदबाट बढी लाभ लिने तपाईंको उद्देश्य हो भनेर अर्को पक्षको आरोप छ नी ?

त्यस्तो केही छैन, ठूलो रकमको खरिद गर्दा ई-टेन्डर हुन्छ नी । खरिदमा बढी पैसा किन हालेको छु भने सबैभन्दा बढी सेवा वडा कार्यालयबाट पाउने हो । त्यसमा कम्प्युटर भयो, पि्रन्टर भएन, विद्युत लाइन नभएर सेवा पाएन भने समस्या हुन्छ नी । आवश्यकता छ, जरुरी छ त्यहि भएर त्यो समान खरिद गर्न बजेट राखेको छु ।

यो जरुरी छ असन्तुष्ट पक्षलाई बोलाएर यहि कुरा किन बताईरहनुभएको छैन ?

एक पटक बसेका थियौं, त्यहि भएर ६ करोड जतिको विवरण पत्रकार सम्मेलनमा पेश गर्नुभएको छ । उपाध्यक्ष पनि बस्नुभएको थियो, तर त्यो अन्तिम विवरण थिएन ।

उपाध्यक्ष आफैं त्यस्तै हो कि कतैबाट परिचालित हुनुहुन्छ ?

उहाँ आफैं त्यस्तो व्यक्ति हैन, उहाँ अरुबाट परिचालित हुनुहुन्छ । उहाँको पछाडि धेरै जना छन् ।

तपाईंलाई पनि काकाबाट परिचालित हुनुहुन्छ भन्ने आरोप छ नी ?

त्यस्तो छैन, विचार राम्रो हुनुपर्छ, युवाको विचार हो, स्वास्थ्य राम्रो होस् भन्नु नराम्रो हो र ?

तपाईंलाई काकाले कुनै निर्देशन दिनुहुन्न ?

सल्लाह त लिनुपर्छ नि, निर्देशन होइन ।

काकाको योजना कति वटा छ ?

काकाको योजना होइन, जनताको योजना हो नी यो । जति पनि योजना छ, जनतासँग बसेर नै छनौट गरेको छु ।

काकाको सहयोगले तपाईं अध्यक्षमा निर्वाचित भएको हो, गुण तिर्नुपर्छ नी हैन र ?

पालिकामा त्यस्तो बजेट छैन नी, गुण के तिर्ने ? उहाँको मनशाय पनि विकास होस् भन्ने छ । केही वडा अध्यक्षले योजना दिएका छन्, कतिपय जनतासँग सोधेर राखिएको छ ।

पाँच वर्षका लागि तपाईंको भिजन के छ ?

यसपटक आवश्यकता अनुसार समान खरिद गर्दैछु । पटक पटक खरिद गर्ने समान छैन । एक पटक खरिद गरेपछि धेरै वर्षसम्म यी सामान खरिद गर्नुपर्दैन । त्यसपछि रोड नाला लगायत अन्य पूर्वाधारको विकासका काममा लाग्छु । जनतालाई सेवा दिन नभई नहुने समान खरिद गर्न लागेको हो । यी समान भएपछि जनताले सहज र सरल रुपमा सेवा पाउँछन भन्ने विश्वास छ । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषिमा केन्दि्रत हुने, अर्को वर्षदेखि भौतिक पूर्वाधार लगायत अन्य विकासमा बढी केन्दि्रत भएर लाग्छौं नी ।

एक वर्षपछि तपाईंको पालिकामा के के परिवर्तन देख्न सकिन्छ ?

रातपरेपछि पुरै गाउँ अँध्यारो हुन्छ । पोलमा लाइट जडान गर्न पैसा राखेको छु । गाउँपालिका झिलिमिली हुनेछ । वडा नं १ को सडक बनाउन डिपिआर बनाएको छु, यहि आर्थिक वर्षमा बन्छ । पालिकाको बजेटले मात्रै हुँदैन, त्यति बढी पैसा छैन, रोड मात्रै हैन नाला बनाउनुछ, विद्युतको पोल सार्नुपर्छ । बाहिरबाट पैसा तानेर विकास गर्ने प्रयास गर्छु ।

आन्तरिक आम्दानीको अवस्था कस्तो छ ?

राजश्व परामर्श समितिको बैठक नै बस्न सकेको छैन । आन्तरिक आम्दानी राजश्वबाट आउने हो । पालिकामा ८/१० वटा जति पोखरी छ । भर्खर चिठ्ठी काटेर पैसा उठाएका छौं । किस्ता नै उठाएका रहेनछन् । पहिलाका जनप्रतिनिधिले ठेकेदारसँग मिलेर तिमी पैसा नतिर न हामीलाई प्रतिशत देऊ हामी मिलाइदिन्छु भनेका रहेछन् । ठेकेदारको कुरा हो मेरो कुरा हैन । उनीहरुले पैसा नदिएका निजी शिक्षकको पैसा ८ महिनादेखि रोकिएको थियो । पोखरीको पैसा उठाएर शिक्षकको पैसा दिएको छु । पोखरीको बाँकी बक्यौता सबै उठाउँछु, अनि विकासको काममा लगाउँछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...