• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि रानीपोखरीको इन्टेलिजेन्स टोलीको हिरासतमा

सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि रानीपोखरीको इन्टेलिजेन्स टोलीको हिरासतमा
Share on FacebookShare on Twitter

२ साउन, काठमाडौं। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो ।

‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’

तर घटनामा ट्विस्ट त्यतिबेला आयो, जब लिम्बुका आफन्तले होटलको क्लोज सर्किट (सीसी) टिभीको फुटेज हेरे। हिरासतमा भेट्न जानेहरुसँग लिम्बुले आफूलाई ‘कस्तुरीको विना’ भन्ने चिजै थाहा नभएको र फसाउन खोजिएको बताए । त्यसपछि परिवारका सदस्यहरुले होटलमा गएर सञ्चालकहरुसँग कुरा गरेका थिए, वरिपरिका सीसी टीभी फुटेज हेरेका थिए ।

सीसी टीभी फुजेटले देखायो बदनियत

फुटेजमा उनी पक्राउ परेको दिन दिउँसो १ः३५ बजे होटलबाहिर मोटरसाइकल पार्क गरेर भित्र छिरेको देखिन्छ । उनी साँझसम्म होटलभित्रै बस्छन्, बेलाबेला बाहिर निस्किँदै फेरि होटलतिर प्रवेश गर्दै गरेको दृश्य पनि फुटेजमा देखिन्छ ।

तर साँझ ५ः४० बजे कालो पाइन्ट र पातलो ज्याकेट लगाएका एक युवक उनको बुलेट मोटरसाइकल छेउमा पुग्छन् । गोजीबाट एउटा रातो झोला निकालेर भित्र हालिदिन्छन् । त्यति गरेर ती युवक नजिकै रहेको एभरेष्ट म:म सेन्टरतिर छिरेको देखिन्छ ।

साँझ ६ः०६ तिर मोटरसाइकल धनी लिम्बु बाहिर निस्किन्छन् । त्यही बेला सादा पोशाकका प्रहरी पनि मोटसाइकल वरिपर हुन्छन् र उनी पक्राउ पर्छन् । सीसी टीभी फुटेज सार्वजनिक नहुञ्जेल प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

तर जब फुटेज सार्वजनिक भयो, त्यसपछि प्रहरीले सुराकी दिने नारायण कार्की भन्ने कृष्ण श्रेष्ठ र सुवास भन्ने आदम राईलाई खोजी गर्न थाल्यो । त्यसक्रममा कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेपछि बयान दिने क्रममा उनले सुवास राईको निर्देशनमा कस्तुरीको विना राखिदिएको बयान दिएको एसपी राठौर बताउँछन् ।

सुराकी र पक्राउ परेका व्यक्तिबीच थियो विवाद

‘राई र पक्राउ परेका शिव लिम्बुबीच आपसी झगडाको कारणले बदलाको भावनाबाट राईले अर्का व्यक्तिलाई पनि पक्राउ गरेर घटना गराएको देखिएको छ’ एसपी राठौर भन्छन्, ‘यसमा प्रहरीलाई सूचना प्राप्त भए पश्चात कानूनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्व अन्तर्गत प्रहरी कारबाही भएको हो, प्रहरीका तर्फबाट कुनै बदनियत र शंकास्पद भूमिका छैन ।’

एसपी राठौरका अनुसार सुवास राई र पक्राउ परेका लिम्बुबीच जग्गा सम्बन्धी कारोबारमा विवाद थियो ।

तीन महिनाअघि राईले मादक पदार्थ सेवा गरेर लिम्बुको मोबाइलमा फोन गरेर गालीगलौज गर्दै घरमा आएर सिध्याइदिने धम्की दिएको पीडित लिम्बुको भनाइ छ । त्यही विषयलाई लिएर लिम्बुले कपनको एक स्नुकर हाउसमा सुवास राईलाई कुटपिट गरेको पनि खुलेको प्रहरीको भनाइ छ ।

यही कुटपिटको विषयलाई लिएर नारायण कार्कीसँग मिलेर बाघको छाला, कस्तुरीको विना राखेर लिम्बुलाई फसाएर बदला लिनुपर्छ भनेर योजना बनाएको प्रहरीको भनाइ छ । मुख्य योजनकार सुवास राई अझैसम्म फरार छन् । लिम्बुलाई चाहिँ थुनामुक्त गर्न प्रहरीले प्रक्रिया थालेको छ ।

बरामद कस्तुरीको विना जस्तो देखिने वस्तुको जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँदा बरामद वस्तु नक्कली भएको पनि फेला परेको स्रोतको भनाइ छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द र अर्का एकजना अधिकृत सदस्य भएको समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

अन्तराष्ट्रिय अपांगता दिवस पदमोदय फाउन्डेशनद्वारा ह्वीलचेयर वितरण गरी मनाइयो

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

जाँतो चिन्हमा तीन दलको सहमति, मधेशमा एकताबद्ध चुनावी मोड

जाँतो चिन्हमा तीन दलको सहमति, मधेशमा एकताबद्ध चुनावी मोड

Discussion about this post

© Dainik Sanjal

भर्खरै

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In