News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Tuesday - August 9, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि रानीपोखरीको इन्टेलिजेन्स टोलीको हिरासतमा


सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि रानीपोखरीको इन्टेलिजेन्स टोलीको हिरासतमा

२ साउन, काठमाडौं। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो ।

‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’

तर घटनामा ट्विस्ट त्यतिबेला आयो, जब लिम्बुका आफन्तले होटलको क्लोज सर्किट (सीसी) टिभीको फुटेज हेरे। हिरासतमा भेट्न जानेहरुसँग लिम्बुले आफूलाई ‘कस्तुरीको विना’ भन्ने चिजै थाहा नभएको र फसाउन खोजिएको बताए । त्यसपछि परिवारका सदस्यहरुले होटलमा गएर सञ्चालकहरुसँग कुरा गरेका थिए, वरिपरिका सीसी टीभी फुटेज हेरेका थिए ।

सीसी टीभी फुजेटले देखायो बदनियत

फुटेजमा उनी पक्राउ परेको दिन दिउँसो १ः३५ बजे होटलबाहिर मोटरसाइकल पार्क गरेर भित्र छिरेको देखिन्छ । उनी साँझसम्म होटलभित्रै बस्छन्, बेलाबेला बाहिर निस्किँदै फेरि होटलतिर प्रवेश गर्दै गरेको दृश्य पनि फुटेजमा देखिन्छ ।

तर साँझ ५ः४० बजे कालो पाइन्ट र पातलो ज्याकेट लगाएका एक युवक उनको बुलेट मोटरसाइकल छेउमा पुग्छन् । गोजीबाट एउटा रातो झोला निकालेर भित्र हालिदिन्छन् । त्यति गरेर ती युवक नजिकै रहेको एभरेष्ट म:म सेन्टरतिर छिरेको देखिन्छ ।

साँझ ६ः०६ तिर मोटरसाइकल धनी लिम्बु बाहिर निस्किन्छन् । त्यही बेला सादा पोशाकका प्रहरी पनि मोटसाइकल वरिपर हुन्छन् र उनी पक्राउ पर्छन् । सीसी टीभी फुटेज सार्वजनिक नहुञ्जेल प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

तर जब फुटेज सार्वजनिक भयो, त्यसपछि प्रहरीले सुराकी दिने नारायण कार्की भन्ने कृष्ण श्रेष्ठ र सुवास भन्ने आदम राईलाई खोजी गर्न थाल्यो । त्यसक्रममा कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेपछि बयान दिने क्रममा उनले सुवास राईको निर्देशनमा कस्तुरीको विना राखिदिएको बयान दिएको एसपी राठौर बताउँछन् ।

सुराकी र पक्राउ परेका व्यक्तिबीच थियो विवाद

‘राई र पक्राउ परेका शिव लिम्बुबीच आपसी झगडाको कारणले बदलाको भावनाबाट राईले अर्का व्यक्तिलाई पनि पक्राउ गरेर घटना गराएको देखिएको छ’ एसपी राठौर भन्छन्, ‘यसमा प्रहरीलाई सूचना प्राप्त भए पश्चात कानूनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्व अन्तर्गत प्रहरी कारबाही भएको हो, प्रहरीका तर्फबाट कुनै बदनियत र शंकास्पद भूमिका छैन ।’

एसपी राठौरका अनुसार सुवास राई र पक्राउ परेका लिम्बुबीच जग्गा सम्बन्धी कारोबारमा विवाद थियो ।

तीन महिनाअघि राईले मादक पदार्थ सेवा गरेर लिम्बुको मोबाइलमा फोन गरेर गालीगलौज गर्दै घरमा आएर सिध्याइदिने धम्की दिएको पीडित लिम्बुको भनाइ छ । त्यही विषयलाई लिएर लिम्बुले कपनको एक स्नुकर हाउसमा सुवास राईलाई कुटपिट गरेको पनि खुलेको प्रहरीको भनाइ छ ।

यही कुटपिटको विषयलाई लिएर नारायण कार्कीसँग मिलेर बाघको छाला, कस्तुरीको विना राखेर लिम्बुलाई फसाएर बदला लिनुपर्छ भनेर योजना बनाएको प्रहरीको भनाइ छ । मुख्य योजनकार सुवास राई अझैसम्म फरार छन् । लिम्बुलाई चाहिँ थुनामुक्त गर्न प्रहरीले प्रक्रिया थालेको छ ।

बरामद कस्तुरीको विना जस्तो देखिने वस्तुको जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँदा बरामद वस्तु नक्कली भएको पनि फेला परेको स्रोतको भनाइ छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द र अर्का एकजना अधिकृत सदस्य भएको समिति गठन गरेको थियो ।

Related

Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.