सिरहा, ७ साउन । सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
उक्त शव गोलबजार नगरपालिका–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ ।
शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ ।
इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
Discussion about this post