पर्सा, साउन ७ गते । पर्साको वीरगञ्जबाट प्रहरीले ३ हजार १९ एम्पुल लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका ३१ वर्षका अनिलकुमार मण्डल छन् ।
बिआर–०७ वाई–८२०१ नम्बरको मारुती कारमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको पर्साका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । शुक्रवार साँझ रजतजयन्ती चोकबाट पक्राउ गरेर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले मण्डलको साथबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल बरामद गरेको छ । आरोपीको साथबाट १७ सय ८५ ट्याब्लेट नाइट्रोभेट पनि बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए । रातोपाटी
Discussion about this post