News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Thursday - August 18, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी


आफ्नै खर्चमा घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिदै एक स्वास्थ्यकर्मी

मुगु । मुगुको कार्मारोङ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मीले हरेक महिनाको दुई शनिबार आफ्नै खर्चमा सर्वसाधारणका घरमै पुगेर निःशुल्क दन्त सेवा दिइरहेका छन्।

शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले आफ्नो खर्चमा आफू कार्यरत गाउँपालिकाका सबै वडाका बस्तीहरूमा गइरहेका छन्। यो गाउँपालिकामा एउटा सामुदायिक अस्पताल र १२ वटा स्वास्थ्य संस्था छन्। सामुदायिक अस्पतालमा दन्त सेवा भएपनि जनशक्ति छैन।

अन्य स्वास्थ्य संस्थामा दन्त सेवा पनि छैन र तालिम प्राप्त जन शक्ति पनि छैनन्। सामान्य दाँतको सेवा लिनका लागि पनि दुई दिनसम्म पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नु पर्ने बाध्यता छ।गाउँपालिकाको स्वास्थ्य शाखामा हुँदा नजिकका स्वास्थ्य चौकीमा दैनिक ३ जनासम्म बिरामी आउने गरेका छन्।

आफूले प्राप्त गरेको तालिमको उपयोग गर्न र विशेषगरी टाढा टाढाबाट दाँतको सेवा लिन आउने वृद्धवृद्धा तथा बालिबालिकाहरू सेवा नपाई घर फर्किँदाको  समस्या देखेर नै  प्रत्येक महिनाको दुई शनिबार पालैपालो गरेर सबै वडाका बस्तीमा सर्वसाधारणको घरमै पुगेर सेवा दिने गरेको उनले बताए।

आफ्नै खर्चमा औषधि उपकरणको ब्यवस्था गरेर सेवा दिइरहेको उनको भनाइ छ।

कार्मारोङ गाउँपालिका-५ दाउरा गाउँका  ७० वर्षीय कार्मा सोनामा लामाले आफ्नो दाँतको पुरानो समस्या निको भएको बताइन्। ‘यसअघि स्वास्थ्य संस्था जाँदा भरपर्दो सेवा पाइएको थिएन’, उनले भनिन्, ‘थप उपचारका लागि सदरमुकाम गमगढी जानुपर्ने स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए। तर आफू त्यहाँ जान सक्ने अवस्था नहुँदा घरमै घरेलु उपचार गर्दै आएको थिएँ।’

स्वास्थ्यकर्मी घरमा नै आएर दाँत निकालेर उपचार गरिदिँदा सारै आन्नद भएको उनले बताइन्।

सोही गाउँका ५० वर्षीय लाक्पा छिरिङ लामाको दुई महिनादेखि दाँत दुख्दै आएको थियो। गाउँ नजिकको स्वास्थ्य संस्थामा धेरै पटक पुगेपनि उनले कुनै उपचार पाएका थिएनन्। अहिले उनले घरमा नै उपचार पाइन्।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा दन्त सेवा नभएको हुँदा दन्तरोगीले सेवा पाउन नसकेका बेला उनले निःशुल्क सेवा दिइरहेका छन्।

Related

Tags: # स्वास्थ्य
दैनिक संजाल

दैनिक संजाल

Related Posts

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दिवासमै मेडिकल कलेज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मी विरुद्ध अभद्र व्यवहार गरेको मुद्दा

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द

सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

Leave Comment

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,168
  • Total page views: 1,410

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.