• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी, प्रचण्ड

संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी, प्रचण्ड
Share on FacebookShare on Twitter

प्रचण्डले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने धारणा राखे।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी गरेका छन्। कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले शासन प्रणालीका दृष्टिकोणले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको बताएका हुन्।

प्रचण्डले करोडौं खर्चिएर सांसद भएपछि मन्त्री र मन्त्री भएपछि लगानी उठाउन भ्रष्टाचार गर्ने गरिएको उल्लेख गरे। उनले भने,‘सांसद हुने बेलामा करोडौं खर्च गरेर सांसद किन हुन्छन् त मान्छे भन्दा सांसद नभई मन्त्री हुन पाइँदैन। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुनका लागि करोडौं खर्च गर्नुपर्ने भयो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्‍यो। त्यत्रो लगानी गरेको छ। भनेपछि भ्रष्टाचार संस्थागत हुने कारण हाम्रो निर्वाचन प्रणालीभत्रि अन्तर्निहीत छ।’

प्रचण्डले आफूहरुले संविधान लेखनकै क्रममा यस्तो निर्वाचन प्रणाली र शासकीय स्वरुपले जनताले खोजेको नपाउने उल्लेख गरेको बताए। उनले भने,‘हामीले यो हुँदेन है यो सिस्टमबाट जनताले पाउनुपर्ने चिज पाउँदैनन् भनेर संविधानमै ‘नोट आफ डिसेन्ट’लेखेका छौं। माओवादी पार्टीसँग मात्र राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ।’

उनले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने धारणा राखे। प्रचण्डले पार्टीका गाउँपालिका अध्यक्षले चुनाव जित्न १० करोडसम्म खर्च गरेको रिपोर्टिङ आफूकहाँ आएको सुनाए  ।‘साथीहरुले रिपोर्ट सुनाउनु भएको छ गाउँपालिकाको अध्यक्षमा १० करोड खर्च गरेर जितेको देखियो। एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्छ भने प्रदेश र संघको चुनावमा उनीहरुले ५० औं करोड खर्च गर्ने भए। अर्बतिर जाने भयो’, प्रचण्डले भने, ‘श्रमजिवी जनताले र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भन्ने कुरा सपनाजस्तो हुने भयो।’

चर्चित चुनवाङ बैठकको दस्तावेजमा माओवादी हाबी भए लोकतान्त्रिक गणतन्त्रलाई जनताको गणतन्त्रमा विकास गर्दै समाजवाद स्थापना गर्ने र अरु हाबी भए बुर्जुवा र पुँजीवादी गणतन्त्रमा रुपान्तरण हुने स्पष्ट लेखिएको भन्दै प्रचण्डले देश अहिले त्यही अवस्थामा आइपुगेको बताए।

प्रचण्डले भने,‘कहिले काहीं के लेखिए छ त भनेर त्यो पढ्ने पनि गर्छु। त्यहाँ लेखिएको छ, क्रान्तिकारीहरुले मेहनत गरेर जाँदा त्यो गणतन्त्रलाई बिस्तारै जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लान सकिन्छ। हामीले सकेनौं भने त्यो बुर्जुवा गणतन्त्र हुने खतरा पनि छ भनेर लेखिएको छ। हाजको दिनमा हेर्ने हो भने राजनीति त्यसको वरिपरि घुमिरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In