News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Tuesday - August 9, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी, प्रचण्ड


संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी, प्रचण्ड

प्रचण्डले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने धारणा राखे।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको दाबी गरेका छन्। कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले शासन प्रणालीका दृष्टिकोणले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको बताएका हुन्।

प्रचण्डले करोडौं खर्चिएर सांसद भएपछि मन्त्री र मन्त्री भएपछि लगानी उठाउन भ्रष्टाचार गर्ने गरिएको उल्लेख गरे। उनले भने,‘सांसद हुने बेलामा करोडौं खर्च गरेर सांसद किन हुन्छन् त मान्छे भन्दा सांसद नभई मन्त्री हुन पाइँदैन। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुनका लागि करोडौं खर्च गर्नुपर्ने भयो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्‍यो। त्यत्रो लगानी गरेको छ। भनेपछि भ्रष्टाचार संस्थागत हुने कारण हाम्रो निर्वाचन प्रणालीभत्रि अन्तर्निहीत छ।’

प्रचण्डले आफूहरुले संविधान लेखनकै क्रममा यस्तो निर्वाचन प्रणाली र शासकीय स्वरुपले जनताले खोजेको नपाउने उल्लेख गरेको बताए। उनले भने,‘हामीले यो हुँदेन है यो सिस्टमबाट जनताले पाउनुपर्ने चिज पाउँदैनन् भनेर संविधानमै ‘नोट आफ डिसेन्ट’लेखेका छौं। माओवादी पार्टीसँग मात्र राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ।’

उनले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने धारणा राखे। प्रचण्डले पार्टीका गाउँपालिका अध्यक्षले चुनाव जित्न १० करोडसम्म खर्च गरेको रिपोर्टिङ आफूकहाँ आएको सुनाए  ।‘साथीहरुले रिपोर्ट सुनाउनु भएको छ गाउँपालिकाको अध्यक्षमा १० करोड खर्च गरेर जितेको देखियो। एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्छ भने प्रदेश र संघको चुनावमा उनीहरुले ५० औं करोड खर्च गर्ने भए। अर्बतिर जाने भयो’, प्रचण्डले भने, ‘श्रमजिवी जनताले र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भन्ने कुरा सपनाजस्तो हुने भयो।’

चर्चित चुनवाङ बैठकको दस्तावेजमा माओवादी हाबी भए लोकतान्त्रिक गणतन्त्रलाई जनताको गणतन्त्रमा विकास गर्दै समाजवाद स्थापना गर्ने र अरु हाबी भए बुर्जुवा र पुँजीवादी गणतन्त्रमा रुपान्तरण हुने स्पष्ट लेखिएको भन्दै प्रचण्डले देश अहिले त्यही अवस्थामा आइपुगेको बताए।

प्रचण्डले भने,‘कहिले काहीं के लेखिए छ त भनेर त्यो पढ्ने पनि गर्छु। त्यहाँ लेखिएको छ, क्रान्तिकारीहरुले मेहनत गरेर जाँदा त्यो गणतन्त्रलाई बिस्तारै जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लान सकिन्छ। हामीले सकेनौं भने त्यो बुर्जुवा गणतन्त्र हुने खतरा पनि छ भनेर लेखिएको छ। हाजको दिनमा हेर्ने हो भने राजनीति त्यसको वरिपरि घुमिरहेको छ।’

Related

Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

Total Visitor
  • Total visitors : 1,094
  • Total page views: 1,303

सामाजिक संजालमा हामी

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.