• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चर्चमा कोरियन स्वास्थ्यकर्मीको शिविर, उपचार अघिपछि ५ मिनेट प्रार्थना

चर्चमा कोरियन स्वास्थ्यकर्मीको शिविर, उपचार अघिपछि ५ मिनेट प्रार्थना
Share on FacebookShare on Twitter

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीको क्रिश्चियन चर्चमा आइतबारदेखि दुईदिने चौथो स्वास्थ्य अकुपञ्चर शिविर सुरु भएको छ।

नयाँ आशा मण्डली जोमसोमको आयोजनामा करिब १२ जना कोरियन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा प्राकृतिक चिकित्सा पद्धतिको स्वास्थ्य अकुपञ्चर शिविर सञ्चालन गरिएको हो।

नसा सम्बन्धी, हाड जोर्नी, माइग्रेन, स्ट्रोक, नसाको कारण पिसाबमा हुने समस्या, अनिन्द्रा, बाथ, महिनावारीको बेला लाग्ने रोग र मोटोपना लगायत रोग निको पार्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना भएको नयाँ आशा मण्डली चर्चका पास्टर मंगल विकले जानकारी दिए।

उनका अनुसार प्राकृतिक अकुपञ्चर रोग हेर्ने कोरियन चिकित्सक किमयुङ ओकेसहित १२ जना कोरियन टोली स्वास्थ्य शिविरका लागि शुक्रबार मुस्ताङ आएका हुन्।

उनीहरूसँग केही नेपाली स्वास्थ्य स्वंयसेवक टोली समेत छन्। नयाँ आशा मण्डली चर्चको आयोजनामा भएको स्वास्थ्य शिविरमा कोरियन स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग र निःशुल्क औषधि वितरण गरिएको बताइएको छ।

यसमा सबै खर्च कोरियन टोली नै गर्नेछ। चर्चमा उपचार गर्न आउने बिरामीलाई खाजा र खानाको व्यवस्था समेत गरिएको पास्टर विकले बताए।

यसअघि आयोजक टोलीले घरपझोङ गाउँपालिकासँग शिविर सञ्चालनका लागि लिखित अनुमति लिएको थियो। शिविरको ब्यानरमा चौथो अकुपञ्चर स्वास्थ्य शिविर लेखिएको छ भने त्यसपछि ब्यानरको तल भागमा क्रिश्चियन धर्मको श्लोगन उल्लेख गरिएको छ।

कोरियन स्वास्थ्यकर्मी तथा चिकित्सक सम्मिलित चौथो अकुपञ्चर शिविरमा झन्डै ५ सय भन्दा बढी बिरामी लाभान्वित भएको पास्टर विकले बताए।

शिविरमा बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म उपचार हुने छ। शिविरमा विभिन्न समस्याले आएका बिरामीको उपचार गर्नुअघि र उपचार सकिने बेलामा कोरियन चिकित्सक तथा स्वास्थ्यकर्मीले क्रिश्चियन धर्मको ५ मिनेट प्रार्थना गर्ने गरेको पाइएको छ।

चिनियाँ पद्धतिको रूपमा चिनिने अकुपञ्चर पछिल्लो समय नेपालमा पनि भित्रिएको हो। अकु भनेको सियो र पञ्चर भनेको सियोले खोपेर रोग निदान गर्ने भन्ने बुझिन्छ।

यसप्रकारको विधिबाट उपचार गर्दा कुनै एन्टिवायोटिक औषधि प्रयोग गर्न पर्दैन। जसले गर्दा बिरामीलाई एकदमै कम साइड इफेक्ट गर्छ। यस पद्धतिबाट उपचार गर्दा एकजना व्यक्तिलाई आधा घण्टादेखि ४५ मिनेटको समय लाग्छ।

नयाँ आशा मण्डली चर्चका पास्टर विकले चर्चमा स्वास्थ्य शिविर सञ्चालन भएपनि यो विशुद्ध स्वास्थ्य शिविर भएको दावी गरे। ‘हामीले विरामीलाई नशा र हाडजोर्नी सम्वन्धि समस्या भएकालाई उपचार गरेका छौं,’ उनले भने, ‘यो कुनै धर्म प्रचार गर्न बाहाना होइन।’

‘हामीले दिएको स्वास्थ्य सेवामा ५ वटै तहका विभिन्न रोगका बिरामी आएर सेवा लिएका छन्। उनीहरूले उपयुक्त स्वास्थ्य परामर्श पनि दिने गरिएको छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In