• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एउटै रूखमा झुन्डिएर ३ किशोरी मृत्यु प्रकरण, घटनाको अनुसन्धान गर्दै प्रहरी


एउटै रूखमा झुन्डिएर ३ किशोरी मृत्यु प्रकरण, घटनाको अनुसन्धान गर्दै प्रहरी
Share on FacebookShare on Twitter

घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला परेन

झापा । एउटै रूखमा तीन किशोरी एकैपटक किन झुन्डिए भन्दै नेपाल प्रहरी अनुसन्धानमा जुटेको छ। झापाको कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी आइतबार बिहान साढे ७ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

एकै परिवारका नभई अलग–अलग परिवारका तीन जना किशोरी एकैपटक जीवन त्याग्नेबारे कसरी सहमति जुटाए होलान् भन्दै प्रहरी र स्थानीय पनि आश्चर्य चकित परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले बताए। ‘घटनास्थलमा मेरै नेतृत्वमा टोली पुगेर सबै कानुनी प्रक्रिया गरी शवलाई रूखबाट निकालेर शव परीक्षणका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका हौं,’ डीएसपी पाठकले भने, ‘ती किशोरीहरूको शवको पोस्टमार्टम गरी परिवारलाई आइतबार राति नै शव जिम्मा लगाइसकेका छौं।’ धरानबाट पोस्टमार्टमको आधिकारिक रिपोर्ट भने नपाएको प्रहरीले जनाएको छ।

‘शवहरूको पोस्टमार्टम गर्ने चिकित्सकलाई सम्पर्क गर्दा आत्महत्याबाहेक अन्य कुनै कारण देखा नपरेको जानकारी प्राप्त भयो,’ उनले भने, ‘आत्महत्याको कारण खोज्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानी टोली आइतबारदेखि नै खटाइएको छ। घटनाको प्रकृति हेर्दा अनौठो छ। सायद नेपालमै यस्तो घटना पहिलो हुनुपर्छ।’

घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला नपरेको उनले जानकारी दिए। उनले भने, ‘ती किशोरीसँग काम गर्ने अन्य महिला मजदुरसँग पनि प्रहरीले सोधपुछ गरिरहेको  छ।’ यता तीनै किशोरीको छुट्टाछुट्टै समयमा दाहसंस्कार गरिएको छ। सोमबार राति १ बजे धरानबाट तीनै जनाको शव आएको थियो। अञ्जलीको दाहसंस्कार मेची नदी किनारमा राति नै गरिएको थियो। करिना र कल्पनाको झिङ खोला किनारमा सोमबार बिहान अलग–अलग समयमा गरिएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

अञ्जलीको क्रियामा उनका दाजु धमेन्द्र गणेश, कल्पनाको क्रियामा उनका दाजुकुमार गणेश र करिनाको क्रियामा उनका बुबा पुवालु गणेश बसेका छन्। तीनै किशोरीका परिवार अत्यन्त गरिब समुदायको हो। ती परिवारलाई क्रिया गर्ने खर्च पनि अभाव देखिएको छ। गाउँपालिकाले सोमबार ती परिवारहरूको घरमै पुगेर एक–एक बोरा चामल, २/२ केजी दाल, नुन र तेल दिएको गाउँपालिकाका उपाध्यक्ष भट्टराईले बताए।  शव पोस्टमार्टमका लागि धरान पठाएको तीनवटा गाडीको खर्च गाउँपालिकाले बेहोरेको बताउँदै उनले भने, ‘छिट्टै ती परिवारलाई गाउँपालिकाले उचित नगद हस्तान्तरण गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In