News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

एउटै रूखमा झुन्डिएर ३ किशोरी मृत्यु प्रकरण, घटनाको अनुसन्धान गर्दै प्रहरी

एउटै रूखमा झुन्डिएर ३ किशोरी मृत्यु प्रकरण, घटनाको अनुसन्धान गर्दै प्रहरी

घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला परेन

झापा । एउटै रूखमा तीन किशोरी एकैपटक किन झुन्डिए भन्दै नेपाल प्रहरी अनुसन्धानमा जुटेको छ। झापाको कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी आइतबार बिहान साढे ७ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

एकै परिवारका नभई अलग–अलग परिवारका तीन जना किशोरी एकैपटक जीवन त्याग्नेबारे कसरी सहमति जुटाए होलान् भन्दै प्रहरी र स्थानीय पनि आश्चर्य चकित परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले बताए। ‘घटनास्थलमा मेरै नेतृत्वमा टोली पुगेर सबै कानुनी प्रक्रिया गरी शवलाई रूखबाट निकालेर शव परीक्षणका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका हौं,’ डीएसपी पाठकले भने, ‘ती किशोरीहरूको शवको पोस्टमार्टम गरी परिवारलाई आइतबार राति नै शव जिम्मा लगाइसकेका छौं।’ धरानबाट पोस्टमार्टमको आधिकारिक रिपोर्ट भने नपाएको प्रहरीले जनाएको छ।

‘शवहरूको पोस्टमार्टम गर्ने चिकित्सकलाई सम्पर्क गर्दा आत्महत्याबाहेक अन्य कुनै कारण देखा नपरेको जानकारी प्राप्त भयो,’ उनले भने, ‘आत्महत्याको कारण खोज्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानी टोली आइतबारदेखि नै खटाइएको छ। घटनाको प्रकृति हेर्दा अनौठो छ। सायद नेपालमै यस्तो घटना पहिलो हुनुपर्छ।’

घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला नपरेको उनले जानकारी दिए। उनले भने, ‘ती किशोरीसँग काम गर्ने अन्य महिला मजदुरसँग पनि प्रहरीले सोधपुछ गरिरहेको  छ।’ यता तीनै किशोरीको छुट्टाछुट्टै समयमा दाहसंस्कार गरिएको छ। सोमबार राति १ बजे धरानबाट तीनै जनाको शव आएको थियो। अञ्जलीको दाहसंस्कार मेची नदी किनारमा राति नै गरिएको थियो। करिना र कल्पनाको झिङ खोला किनारमा सोमबार बिहान अलग–अलग समयमा गरिएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

अञ्जलीको क्रियामा उनका दाजु धमेन्द्र गणेश, कल्पनाको क्रियामा उनका दाजुकुमार गणेश र करिनाको क्रियामा उनका बुबा पुवालु गणेश बसेका छन्। तीनै किशोरीका परिवार अत्यन्त गरिब समुदायको हो। ती परिवारलाई क्रिया गर्ने खर्च पनि अभाव देखिएको छ। गाउँपालिकाले सोमबार ती परिवारहरूको घरमै पुगेर एक–एक बोरा चामल, २/२ केजी दाल, नुन र तेल दिएको गाउँपालिकाका उपाध्यक्ष भट्टराईले बताए।  शव पोस्टमार्टमका लागि धरान पठाएको तीनवटा गाडीको खर्च गाउँपालिकाले बेहोरेको बताउँदै उनले भने, ‘छिट्टै ती परिवारलाई गाउँपालिकाले उचित नगद हस्तान्तरण गर्नेछ।’

Related

Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

‘म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन’

‘म्याद थपको निवदेन नदिएका कारण करार शिक्षकको म्याद थपिएन’

७४ लाख नगद र २६ लाख बढी चेकसहित हुण्डी कारोबारी पक्राउ

७४ लाख नगद र २६ लाख बढी चेकसहित हुण्डी कारोबारी पक्राउ

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,130
  • Total page views: 1,363

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.