• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वीरगञ्ज महानगरपालिकामा २ महिनामै किन फेरिए ३ प्रशासकीय प्रमुख


वीरगञ्ज महानगरपालिकामा २ महिनामै किन फेरिए ३ प्रशासकीय प्रमुख
Share on FacebookShare on Twitter

पर्सा, साउन १० गते। वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद पौडेलले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । धरान उपमहानगरबाट वीरगञ्ज महानगरमा सरुवा भएका पौडेल गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि वीरगञ्ज महानगरको तेस्रो प्रशासकीय प्रमुख हुन् ।

जेठ १२ गते निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका निश्चलराज पाण्डे जेठ १४ गते सरुवा भएका थिए । पाण्डेको सरुवा पश्चात जेठ अन्तिम साता उपराष्ट्रपति कार्यालयवाट महानगर आएका सहसचिव बलराम ढकाल पनि महिना दिन नपुग्दै सरुवा भएर सामान्य प्रशासन मन्त्रालय गए ।

असार २५ गते निजी काम देखाएर घरबिदामा काठमाडौं गएका पाण्डे दोहो¥याएर महानगर फर्किएनन् । जेठ २९ र ३० गते वीरगञ्जमा भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठकको खर्च व्यवस्थापन महानगरकै बजेटले हुँदैछ भन्ने चर्चा सुनेका पाण्डेले जनप्रतिनिधिले झुक्याएर चेकमा हस्ताक्षर गर्न दबाब देलान् भन्ने आशंकाले सरुवा भएर सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका छन् ।

ढकाल काममा नफर्केपछि धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रमुख प्रशासकीयको रुपमा जिम्मेवारी सम्हालेका छन् । पौडेललाई सोमबार महानगरप्रमुख राजेशमान सिंहले स्वागत गरेका थिए ।

सुरुमा भव्य स्वागत पाएका प्रशासन प्रमुखहरु कार्यक्षेत्रमा भने वर्षदिन पनि टिक्दैनन् । पाण्डे र ढकाल त उदाहरणमात्रै हुन् । बितेको ५ वर्षमा महानगरमा आएका आधा दर्जनभन्दा बढी सहसविचहरु ६ देखि ८ महिनाको अन्तरालमा सरुवा भएका छन् ।

नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन र संघ, प्रदेश तथा स्थानीय तीनै तहको कानुन कार्यान्वयनको मुख्य जिम्मेवारी कर्मचारी प्रशासनको हो ।

भाषागत समस्या, जनप्रतिनिधिहरुको दबाबमा काम गर्नुपर्दा विवादमा पर्ने र भोलिका दिनमा बढुवामा समेत समस्या पर्ने भएकाले अधिकांश सहसचिवहरु वीरगञ्जमा बस्न चाहदैनन् । वीरगञ्ज महानगरका सूचना अधिकारी अरबिन्दलाल कर्ण बितेको ५ वर्षमा महानगरमा आधा दर्जनभन्दा बढी प्रशासकीय प्रमुख हेरफेर भएको बताउँछन् ।

३२ वटा वडा रहेको महानगर अन्तर्गत करिव ३५० देखि ४ सय कर्मचरी कार्यरत छन् । महानगरले असार १० गते नगरसभा मार्फत चालु आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाखको अनुमानित बजेट पास गरेको छ । जनप्रतिनिधिले आफू अनुकुल योजना छनोट गरे पनि बजेट कार्यान्वयन भने कर्मचारी प्रशासनमार्फत हुने गर्दछ ।

वीरगञ्ज महानगरका पूर्व प्रशासकीय प्रमुख बलराम ढकाल जनप्रतिनिधिको भूमिका विश्वासिलो नभएकाले महानगरमा काम गर्ने वातावरण नभएको बताउँछन् । ‘काम गर्ने वातावरण भएको भए बस्थेँ पनि होला तर, विश्वासिलो भएर ढुक्कसँग काम गर्ने अवस्था नदेखेरै म फर्किएको हुँ,’ ढकालले रातोपाटीसँग भने, ‘हामी जहाँ भए पनि काम गर्ने मान्छे हो, तर भोलि भाषा नबुझेर, कामको तनावमा झुक्याएर गलत ठाँउमा हस्ताक्षर गरियो भने फसिएला कि भन्ने डर पनि भयो ।’

पूर्व प्रशासकीय प्रमुख ढकालले असार १० गते नै शान्तिपूर्ण ढंगले नगरसभाबाट महानगरको बजेट, नीति तथा कार्यक्रम पास गर्ने वातावरण तयार गरेका थिए । ‘एक महिनाको अवधिमा बजेट, नीति तथा कार्यक्रम र  नगरसभा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सकियो, त्यो नै ठुलो उपलब्धि मान्छु,’ ढकालले भने ।

वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय सरावगीले नवनिर्वाचित जनप्रतिनिधिले कर्मचारीमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । ‘जनप्रतिनिधिले नीति नियम बनाउने हो, कर्मचारीले कार्यान्वयन मात्रै गर्ने हो, यसमा जनप्रतिनिधिले कर्मचारीमाथि हस्तक्षेप गर्न मिल्दैन तर नयाँ जनप्रतिनिधि आएपछि फलानो मेयरको नजिकको मान्छे भन्दै कर्मचारीलाई मानसिक रुपमा तनाव दिने काम भइरहेको छ भनेर कर्मचारीबाटै मलाई गुनासो आएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In