• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बोल्न र सुन्न नसक्ने महिलालाई करणी गरी हत्या

बोल्न र सुन्न नसक्ने महिलालाई करणी गरी हत्या
Share on FacebookShare on Twitter

बेलिना थापा-

लमजुङ, साउन १४ गते । लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । सुन्दरबजार नगरपालिका वडा नं। १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए ।

प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं.१ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिला अछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन ।

विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रेमिका बोल्न र सुन्न नसक्ने फरक क्षमता भएको र उनलाई सोही जंगलमा घाँटी च्यापी लडाई तल भीरको खोचमा पल्टाई ढुङ्गाले टाउँकोमा प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको पाइएको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार हत्या पश्चात मृतकको मोबाइल तथा गर गहनाहरु निकाली घरमा लगी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । शवको जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमपश्चात दाहसंस्कारको लागि आफन्तले जिम्मा लिएका छन् ।

उक्त घटनामा संलग्न अभियुक्त राम सुनारलाई साउन १२ गते बिहीबार पक्राउ गरेको छ । लमजुङ जिल्ला अदालतबाट साउन १३ गते शुक्रबार म्याद थप अनुमति लिई ज्यानसम्बन्धी कसुर कर्तब्य ज्यान र करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In