• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना


सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना
Share on FacebookShare on Twitter

तुलसीपुर,१४ साउन। दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५/२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । ‘अस्पतालमा दैनिक १५/२० विद्यार्थी बिरामी पर्न थाले’, उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौँ ।’

शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उनको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए । विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ । ‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ’, उनले भने, ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौँ, तर, पाउन सकिएको छैन ।’

सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । ‘हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौं’, उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् ।’

वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उनको भनाइ छ । अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ ।

यदि स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए । अहेब वा अनमी पठाए पनि आफूहरुलाई सहज हुने शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताए  । ‘स्वास्थ्य संस्थामा अहिले बिरामी पनि त्यति आउने गरेका छैनन्’, उनले भने, ‘जहाँ भए पनि बिरामीलाई सेवा दिने कुरा हो, दैनिक १५/२० विद्यार्थी बिरामी हुने विद्यालयमा एकजना स्वास्थ्यकर्मी पठाउँदा राम्रो हुने थियो ।’

अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ । विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान सङ्कायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # शिक्षा# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त

परिक्षामा चोरी गर्न दिन्छु, प्रति विद्यार्थी ५ हजार अशुली

परिक्षामा चोरी गर्न दिन्छु, प्रति विद्यार्थी ५ हजार अशुली

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक

स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In