News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Tuesday - August 9, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

पूर्वी पहाडी क्षेत्रमा आइतबार बिहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति


पूर्वी पहाडी क्षेत्रमा आइतबार बिहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति

ओखलढुंगा,१५ साउन । खोटाङको मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा ४ घर भत्किएका छन् भने दुई दर्जन बढी घरहरूमा क्षति पुगेको  छ।

आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्तालाई केन्द्र बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले खोटाङ, ओखलढुंगा र भोजपुरका विभिन्न स्थानमा सामान्य क्षति भएको छ।

भूकम्पको केन्द्रमा दुई घर भत्किएका छन्। दुई दर्जन बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए। उनले भने, ‘दुई दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ, कति घरका छानाका टायल खसेका छन् कतिका गाह्रो चर्केर क्षति भएको छ।’ मानवीय र पशुधन क्षति नभएको लम्सालको भनाइ छ।

ओखलढुंगामा भूकम्पको ठूलै धक्का महशुस भएपनि पनि एक घरमा मात्र क्षति पुगेको छ। चिशंखुगढी-२ मा पुरानो एक घर भत्किएको प्रहरीले जनाएको छ। ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले एक घरको गाह्रो भत्केको अन्य विवरण हालसम्म अध्यावधिक नभएको अन्नपूर्णलाई बताए।

भोजपूरमा पनि भूकम्पका कारणले सामान्य क्षति देखिएको छ। भोजपुर नगरपालिका-१२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ। उक्त घरमा मानिसको बसोबास नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताए।

भूकम्पको धक्का छोटो समय महसुस भएकाले क्षति कम भएको स्थानीयको भनाइ छ। पहाडी जिल्लाका सुरक्षा प्रमुखहरूले क्षतिको विवरण यकिन गर्ने काम भइरहेको र सबैलाई सुरक्षित रूपमा बस्न आग्रह गरेका छन्।

विगतका भूकम्पले धेरै क्षति पुगेकाले नागरिकमा धेरै सचेतना आएको भए पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले सधैं सतर्क नै रहनुपर्ने ओखलढुंगा क्याम्पसका समाजशास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले बताए। जिल्लाबासीलाई भूकम्पबाट हुने जोखिमबारे सतर्क रहन जिल्ला प्रहरी तथा प्रशासन कार्यालयले अपिल समेत गरेका छन्। मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पूर्वी पहाडका सबै जिल्लाहरूमा तराईका जिल्लाभन्दा बढी धक्का महशुस गरिएको छ।

Related

Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

जापान पुगेर प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

दोभासेको कन्चटमा पेस्तोल राखेर चिनियाँको खोजी, हतकडी लगाएरै अपहरण

दोभासेको कन्चटमा पेस्तोल राखेर चिनियाँको खोजी, हतकडी लगाएरै अपहरण

घुससहित पक्राउ परेका उपसचिव भन्छन्, ‘पैसा कसले राखिदियो थाहा भएन’

घुससहित पक्राउ परेका उपसचिव भन्छन्, ‘पैसा कसले राखिदियो थाहा भएन’

तरकारी खेतीले बदलिएका गाउँ

तरकारी खेतीले बदलिएका गाउँ

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.