• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै


नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै
Share on FacebookShare on Twitter

साउन १८ गते सर्वोच्च अदालतले रुपन्देहीको भैरहवास्थित टाइगर वान होटल र त्यसका विदेशी सञ्चालक सिल्भर हेरिटेजले दायर गरेको मुद्दामा एक आदेश जारी गर्यो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मुद्दा चाँडो टुंगो लगाउनुपर्ने प्रकृतिको रहेको भन्दै साउन ३१ मा पेशी तोकी पूर्ण सुनुवाइका लागि गर्न आदेश गरिएको छ ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजलासविरुद्ध सर्वोच्चमा पुगेको सो मुद्दाको आदेशमा भनिएको छ, ‘यस अन्तरिम आदेश छलफलको लागि पेश हुन आएको प्रस्तुत निवेदनमा प्रत्यक्षीहरुबाट लिखित जवाफ प्राप्त भइसकेको, साथै प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा चाँडो टुंगो लगाउनुपर्ने प्रकृतिको देखिँदा मिति २०७९। ०४।३१ गते पेशी तोकी पूर्ण सुनुवाइको लागि नियमानुसार गर्नू ।’

तर, सर्वोच्चले यो मुद्दामा दिएको प्राथमिकता र पेशी तोक्ने विषय नै विवादमा परेको छ । विदेशी कम्पनीले सरकारी जग्गा मिचेको मुद्दा प्राथमिकतामा परेपछि विवाद उत्पन्न भएको हो । टाइगर वान होटल र त्यसको सञ्चालक विदेशी कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले भैरहवामा सरकारी जग्गा अतिक्रमण गरेर बिक्री वितरण गरेको आरोप लाग्दै आएको थियो ।

जबकी यो मुद्दामा जिल्ला अदालत रुपन्देही र उच्च अदालत तुलसीपुर बुटवलले समेत जग्गा बिक्री वितरणसहितका कामकाजमा रोक लगाउने फैसला गरेको थियो । तर टाइगर वान र सिल्भर हेरिटेजले आफ्ना गतिविधि नरोकेपछि अपहेलना मुद्दा पनि परेको थियो।

दुवै अदालतका आदेशहरू खारेज गर्न माग गर्दै उच्च अदालतले फैसला गरेको १३ महिना १४ दिनपछि उनीहरुले सर्वोच्च अदालतमा पुगेका हुन् ।  सोचनीय के छ भने सर्वोच्च अदालतको नियमावलीलाई आधार मान्ने हो भने बन्दी प्रत्यक्षीकरण रिटका मुद्दाहरु पहिलो प्राथमिकतामा पर्छन् ।

त्यसपछि थुनुवा भएको फौजदारी मुद्दा प्राथमिकतामा पर्छन् भने तेस्रो नम्बरमा वृद्धवृद्धा तथा महिला सम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर फैसला गरिन्छ । त्यसपछिमात्र समयको आधारमा दुई वर्ष नाघेका मुद्दाहरुलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्ने प्रचलन छ  । तर, विवादमा तानिएको हेरिटेजको मुद्दाले प्राथमिकता पाएको हो ।

कम्पनीले प्रयोग गरेको उक्त जग्गा कानून विपरीत सरकारी जग्गासमेत मिचिएको र विदेशी लगानीसमेत शङ्कास्पद देखिएपछि उपभोक्ता समूहले कम्पनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो ।  पटक पटक विवादमा आएको टाइगर वान होटल र त्यसको सञ्चालक विदेशी कम्पनी सिल्भर हेरिटेज लिमिटेडले वित्तीय संस्थाहरूको लगानी डुब्ने गरी कानून विपरीत कम्पनी बिक्री गरेर भाग्ने प्रयास गरेको बताइएको छ । यो कम्पनीमा प्राइम, सिभिल, सानिमा, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकको लगानी छ ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको अर्बौं ऋण लगानी डुबाउन हङकङमै कारोबार गर्नेगरी कम्पनी बिक्री गर्न लाग्दा उच्च अदालत तुलसीपुरले रोक लगाएको थियो । हङकङ ब्रिटिश भर्जीन आईल्याण्डको सिल्भर हेरिटेज लिमिटेडले भैरहवामा टाइगर वान होटल सञ्चालन गरेको हो । यो कम्पनी कुनै बेला अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत भएपछि टाट पल्टिएको थियो । कम्पनीले होटल सञ्चालन गर्दा नेपालको कानुनसमेत मिचेको आरोप छ ।

पर्यटनमा एकीकृत रिसोर्टको रूपमा विस्तार गर्ने लक्ष्यसहित भैरहवामा कम्पनीले १५ बिघा जग्गामा ३ सय वटा कोठा, क्यासिनो तथा मलका साथै विवाह गन्तव्य समेत विकास गर्ने लक्ष्य लिएर एक सयवटा भिल्ला सञ्चालनमा ल्याउने भनिएको थियो ।

तर, कम्पनीले सुरुमै होटलका लागि चर्चेको जमिनमा सरकारी जमीन तथा राजकुलो मिचेको आरोप छ । स्थानीय जल उपभोक्ता समूहको आग्रह र नेपाली साझेदारको सल्लाह नमानी विदेशी लगानीकर्ताले बलमिच्याई गरेपछि रूपन्देही जिल्ला अदालतमा मुद्दा परेको थियो ।

अनेक विवादका बीच कम्पनीले विभिन्न बहानामा र कर्मचारीहरूको तलब सोधभर्ना मै डेढ अर्ब रूपैयाँ नेपालबाट लगिसकेको छ । जबकी नेपालीलाई तिर्नुपर्ने दायित्व भने तिरेको छैन । कम्पनीका प्रमुख कार्यकारी माइक बोल्सोभरको तलब मात्रै मासिक ५० हजार डलर रहेको छ ।

उनी क्यासिनोको र होटल सञ्चालनको रोयल्टी नतिरी नेपाल छाडेर भाग्न खोज्दा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेको अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोकिएका थिए । नेपाल राष्ट्र बैंकबाट ५ अर्बको लगानी स्वीकृति पाए पनि होटलमा विदेशी लगानी जम्मा २ अर्ब मात्रै रहेको दाबी स्रोतको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाइ र दर्शन व्यवस्थापन तयारी पूरा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

नियम विपरीत चितवनमा चुनावी खर्च, अनुगमन कडा

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

ट्रकमा सामान लोड गरेपछि गौरमा तनाव, व्यापारीद्वारा अवरोध

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In