काठमाडौं,२९ साउन । सेयर बजारमा २७ अंकको गिरावट आएको छ। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको छ।
बजार ओरालो लागेसँगै १ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि ४ अंक बढिले ओरालो लाग्यो। आन २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा खरिदबिक्री भयो।
अधिल्लो साताको पाँचौं कारोबार दिन बिहीबार १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो। शुक्रबार सार्वजनिक विदा परेकाले कारोबार भएन। यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखियो। मनु एन्ड प्रो समूहको सर्वाधिक ३.५८ प्रतिशतले सेयर मूल्य घट्यो।
यस्तै, ट्रेडिङ, फाइनान्स,लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको सूचक २.७२ प्रतिशतले ओरालो लाग्यो। डेभलपमेन्ट, हाइड्रोपावर, अदर्श र माइक्रो फाइनान्स समूहको १ प्रतिशत बढिले सूचक घट्यो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।
सबै सूचक नकारात्मक देखिएको सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीको १६ करोड बढिको सेयर कारोबार भयो। ११ करोड बढिको सेयर कारोबार गरी नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रह्यो।
Discussion about this post