काठमाडौं, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारी जनाएका छन्।
आयोगका अनुसार क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसूर गरेको भन्दै आयोगले बिगो ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
Discussion about this post