बेलायत पठाउँछु भनेर १५ लाख ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई छन् ।
सामाखुसी बस्दै आएका प्रकाशलाई सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । प्रकाशले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाउँछु भनेर ३ लाखको दरले १५ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
पीडितहरूको जाहेरीका आधारमा वैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरेर उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । आइतबार पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागका उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए ।
Discussion about this post