Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए तीन नेतालाई भाग


१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए तीन नेतालाई भाग

nlntk'/, @& c;f/Mg]sf s]Gb|Lo sfo{;ldlt a}7s nlntk'/sf] ;fg]kfdf ;f]daf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7sdf g]sf ;efklt tyf k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो । अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् । यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवा मंगलबार शेखर पक्षबाट २ , प्रकाशमान, सिटौला र शशांक निकट १–१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा केन्द्रीय सदस्यमा पराजित हुनेदेखि क्षेत्रीय सभापतिमा पराजितसम्म समेटिएका छन् ।

शेखर कोइराला निकट किरण यादव १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् भने शशांक कोइराला निकट उर्मिला थपलिया पनि केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । नेविसंघकी पूर्वमहामन्त्री थपलियालाई शेखर समूहले टिमबाट हटाएको थियो । देउवाले शेखर पक्षकी यादव र रुक्मिणी कोइरालालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

यस्तै नेता कृष्णप्रसाद सिटौला निकट धना खतिवडालाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महिला संघकी निवर्तमान महासचिव खतिवडाले महिला संघको अध्यक्षमा आकांक्षा राखेकी थिइन् । महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनित गरेका देउवाले खतिवडालाई केन्द्रीय बनाएका छन् ।

राध घले सभापति देउवा निकट हुन् भने कल्याणी रिजाल प्रकाशमान सिंह निकट हुन् । गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र  सीता देवकोटा संस्थापन पक्ष निकट हुन् । खतिवडा सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पराजित भएकी थिइन् । गंगा शाही गृहमन्त्री बालकृष्ण खाणको सिफारिसमा केन्द्रीय सदस्य भएको बुझिएको छ । घले बागमती प्रदेश काँग्रेसकी मुख्य सचेतक हुन् भने शाही रुपन्देही महिला संघकी अध्यक्ष थिइन् । गोमा भट्टराई केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । रिजालले महिला संघमा लामो समय काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

विवादित र स्वार्थ बाझिनेलाई मन्त्री बनाइएपछि आलोचना

विवादित र स्वार्थ बाझिनेलाई मन्त्री बनाइएपछि आलोचना

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.