• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु

८४ खर्ब रेमिट्यान्स भित्रियो


वैदेशिक रोजगारीको दुःखद् पाटो : १४ वर्षमा १० हजार नेपालीको मृत्यु
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ । दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकले देखाउँछ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ ।  विगत १४ वर्षको तथ्यांक हेर्ने हो भने १० हजार भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १४ वर्षमा १० हजार ९३२ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । २ हजार १२५ जना अंगभंग भएका छन् । आर्थिक वर्ष २०६५/०६६ मा ७८ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए । त्यसको १४ वर्षपछि अर्थात गत आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४७९ जनाले ज्यान गुमाए । जसमा १ हजार ४३२ जना पुरूष र ४७ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष सबैभन्दा बढी मलेसियामा मृत्यु भएको देखिन्छ । जहाँ ३ जना महिलासहित ४११ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि साउदी अरबमा ४ महिलासहित ३८९ जनाको मृत्यु भएको थियो । कतारमा ४ महिलासहित २९४, यूएईमा १५ महिलासहित २०६ जना, कुवेतमा ६ महिलासहित ६५, बहराइनमा २३, दक्षिण कोरियामा १६, ओमानमा १ महिलासहित १४ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिरामी परेर मृत्यु भएका छन् । २० जना महिलासहित ४६६ जनाको विरामी परेर मृत्यु भएको थियो । गत वर्ष कोरोनाका कारण विदेशमा ५ महिलासहित २१३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै प्राकृतिक मृत्यु ६ महिलासहित २३६, सडक दुर्घटनामा परेर ६ महिलासहित १३५, आत्महत्या ३ महिलासहित १०५ जना, हृदयघातबाट २ महिलासहित ९४ जनाको मृत्यु भएको थियो ।

१४ वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएकाहरुको तथ्यांक 

यो १४ वर्षको बीचमा नेपालबाट ५० लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूको संख्यामा पुनः श्रम स्वीकृति लिएर विदेश गएकाहरू बाहेकको हो । जसमा ४७ लाख १४ हजार ५९१ जना पुरुष रहेका छन् भने २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/०७८ मा ७२ हजार मात्रै वैदेशिक रोजगारीमा गएका थिए । २०७५ देखि २०७७ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो ।
तर, गत आर्थिक वर्षमा भने अहिलेसम्मकै सबैभन्दा धेरै ६ लाख ३० हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगारीमा जानेमा गत आर्थिक वर्षमा महिलाको संख्या ५० हजारको हाराहारीमा पुगेको थियो । तर, विगतका वर्षमा भने न्यून थियो ।

१४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरू 

यो १४ वर्षको अवधिमा ८४ खर्ब ६६ अर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा मात्रै १० खर्ब ७ अर्ब ३१ करोड बराबरको रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्सले देशको कुल अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्दै आएको छ ।

वैदेशिक रोजगारबाट आएको विप्रेषण आप्रवाह र जिडीपी अनुपातको तथ्यांक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In