काठमाडौं,०१ भदौ। नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्। बुधबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए।
उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको बताए। उनले भने,’ कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन। नीति के छ गठबन्धन। कार्यक्रम के छ गठबन्धन। पुग्ने कहाँ हो गठबन्धन।गठबन्धन गरेर के गर्ने हो, गठबन्धन। ‘उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए।
उनले भने, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन । ‘उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए।
एमालेले जीते देशले जित्ने र स्थीरता आउने दावी गरे। उनले भने,’ एमालेले जित्यो भन्यो भ्रष्टाचार विरोधी अभियानले जित्छ। होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ।’
Discussion about this post