• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गृहमन्त्रीका पिएसओले हिरासतमै कटाए चेक, ४ लाख ‘गायब’ बनाएको आरोपमा छानविन

गौशालाका डीएसपीको रहस्यमय मौनता


गृहमन्त्रीका पिएसओले हिरासतमै कटाए चेक, ४ लाख ‘गायब’ बनाएको आरोपमा छानविन
Share on FacebookShare on Twitter

गृहमन्त्री बालकृष्ण खाणका निजी सुरक्षा अधिकृत (वरिष्ठ प्रनानि) टंक कार्की छानविनमा परेका छन् । वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।

असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका–४ घर भएका एकजना युवकलाई प्रहरीले बोलाएको थियो । ती प्रहरी अधिकारीले काठमाडौंको गैरीधारामा भेटेर ‘केही कुरा गर्नुछ’ भन्दै प्रहरी वृत्त गौशालामा लगे । त्यहाँ उनलाई अभद्र व्यवहारको आरोपमा थुनियो । युवकलाई गैरीधाराबाट गौशाला वृत्तमा लगेर झुटो मुद्दामा थुनाउने प्रहरी थिए वरिष्ठ सई टंक कार्की ।

थुनामा राख्नुअघि पीडित चढेको प्रदेश–३–०१–२३ च ६५४७ सुजुकी बलेनो गाडीको सेफमा रहेको ४ लाख नगद सई कार्की र आकाश ठकुरीले लिएर गएको पीडितको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतबाट उनी असार २७ मा थुना मुक्त भए ।

हिरासतमा बस्दा वरिष्ठ सई कार्की र आकाश ठकुरीले धाक धम्की दिएर ५ जनाको नाममा ५ थान चेक काट्न लगाएको पीडितको आरोप छ । त्यसबारे उनले प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी गरेका छन् । उजुरी उपर छानविन भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । उनले भने–‘गौशाला वृत्तमा भएको घटनाबारे उजुरी परेको छ, त्यसमा छानविन भइरहेको छ ।’

‘हिरासतमा थुनेको ४–५ दिनपछि टंक कार्की आएर मलाई धम्की दिए’ पीडितले प्रहरी प्रधान कार्यालयमा दिउको उजुरीमा भनिएको छ– ‘मेरी आमालाई चेक लिएर आउनु र छोरा लिएर जानु भनेर फोन गरेर उनीहरुले ५ जनाको नाममा चेक काटेर मलाई हिरासत बाहिर निकालेर हस्ताक्षर गराए ।’

आरोपीहरुले कृष्णप्रसाद भट्टराई, दिनेश आचार्य, युद्धबहादुर घर्ती, आलाबहादुर बम र नवराज हमालको नाममा चेक काटेर लगेको र सो पैसा नदिए फेरि पक्राउ गर्ने धम्की दिएको पीडितले बताएका छन् । चेक काटिएकाहरुसँग आफ्नो कुनै लेनदेन नभएको उनले उजुरीमा उल्लेख गरेका छन् । प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले अनुसन्धानका लागि आइतबार पीडित युवकलाई झिकाएको छ ।

गौशाला वृत्तको हिरासत दुरुपयोग गरेर ११ दिन युवकलाई थुन्दा त्यहाँ कार्यरत डीएसपी केशव भट्टराईले रहस्यमय मौनता देखाएका छन् । यसबारे सम्पर्क गर्न खोज्दा भट्टराई सम्पर्कमा आउन चाहेनन् । सो घटनाको गर्भमा सुन तस्करी जोडिएको छ । असार ९ मा युएईबाट हिमालय एयरलाइन्सको जहाजमा ६ जना व्यक्तिहरु ५० ग्राम दरका सुन लिएर आएका थिए । तीमध्ये एकजना अजयकुमार रोकालाई प्रहरीले नियन्त्रणमा लियो । अन्य ५ जना विमानस्थल भन्सार पार गर्न सफल भए ।

पर्यटक भिसामा युएई गएर फर्कन लागेकाहरूलाई तस्करले ‘विमानस्थलमा लिन आउने मेरो मान्छेलाई दिनु’ भनेर सुन दिएर पठाएका हुन् । विमानस्थल भन्सार पार गरेर निस्केपछि ५ जनाले चितवनका युवकलाई सम्पर्क गरेर ५० ग्राम सुन दिए । उनीहरुले विदेश जाँदा लिएको ऋण बापत सो सुन दिएको बताइएको छ । ऋण तिरेपछि विदेशबाट फर्किनेहरूले युएईबाट सुन पठाउनेले भनेको मानिसलाई सुन दिएनन्, ५० ग्राम दरका चार थान बाला लिएर घरतिर लागेका थिए ।

सुन हराएपछि सुन तस्करको निर्देशनअनुसार वरिष्ठ सई कार्कीले चितवनका ती युवकलाई पक्राउ गरेर धम्क्याएको र थुनामा राखेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतले हस्तक्षेप गरेको भन्दै काठमाडौमा र्‍याली

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतले हस्तक्षेप गरेको भन्दै काठमाडौमा र्‍याली

चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग

चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In