Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा दर्ता भएको सी–००२७४३ नम्बरको उजुरी अनुसार पौडेलले नगरपालिकाभित्र निर्माणाधीन सड्क, भवन र मन्दिर भवनबाट उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कमिशन लिने गरेको आरोप छ ।

नगरपालिकाको गाडी मर्मत र इन्धन शीर्षकमा पनि उनले नक्कली बिल बनाउने र फर्निचर र स्टेशनरी खरिदमा पनि अनियमितता गरेको उजुरीकर्ताले दाबी गरेका छन् । मन्थली माध्यमिक विद्यालयसँग मिलेर पौडेलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट मासिक शुल्कको नाममा रकम असुल गरेर निःशुल्क पढ्न पाउने विद्यार्थीको अधिकार हनन गरेर कमिशन लिने गरेको उजुरीमा उल्लेख छ । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ ।

नगरपालिकाबाट मन्थली माध्यमिक विद्यालयको नाममा वर्षेनी करोडौँ रुपैयाँ विनियोजन गरि बिना टेन्डर विद्यालय व्यवस्थापन समितिबाट खर्च गराएर भवन निर्माणको नाममा लाखौँ रुपैयाँ कमिशन लिने गरेको उजुरकर्ताले दाबी गरेका छन् । त्यस्तै, पटक–पटक एउटै कृषि फार्मको नाममा बजेट विनियोजन गरेर कमिशन लिने गरेको आरोप पौडेलमाथि छ ।

लिलाराज पौडेल २ वर्षदेखि मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा राज्यको ढुकुटीलाई दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाइएको भन्दै उजुरीकर्ताले सम्पति शुद्धीकरण गर्न माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कमिशन लिएको र अनियमितता गरेको बारे अख्तियारले सोधेमा जवाफ दिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘सरकारी भवन हाम्रोबाट जाँदैन, मन्थली मावि नमुना विद्यालय भएको हुनाले एकमुष्ट पैसा पठाउँछौं उहाँहरुले नै अडिट गर्नुहुन्छ ।’

सरकारी भवन वडा अध्यक्ष संयोजक हुने उपभोक्ता समितिबाट काम हुने गरेको हुनाले त्यस्ता भवन निर्माणमा आफ्नो संलग्नता नहुने पौडेलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.