• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रोप–वे लिलामी गर्ने हेटौँडा सिमेन्टको ९ वर्षदेखिको प्रयास असफल


रोप–वे लिलामी गर्ने हेटौँडा सिमेन्टको ९ वर्षदेखिको प्रयास असफल
Share on FacebookShare on Twitter

हेटौँडा सिमेन्ट उद्योगले विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको असफल प्रयास जारी राखेको छ । ९ वर्ष अघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास असफल भएको थियो ।

त्यस यता उद्योगले पटक पटक लिलामी प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेको थियो । उद्योगले सरकारी स्वामित्वको उद्योगले पटक÷पटक लिलाम प्रक्रिया अघि बढाएको भए पनि करोडौं मूल्यको रोप–वे उपकरण बिक्री हुन नसकेको हो । उद्योगले पटक÷पटक सूचना प्रकाशित गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको छैन ।

खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको छ । बन्द अवस्थामा रहेको रोप–वेका उपकरणहरू लिलामीका लागि पहिलो पटक उद्योगले ९ वर्षअघि सूचना आह्वान गरेको थियो । उद्योगले उक्त समयमा रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३५२ रुपैयाँ कायम गरिएको थियो ।

खरिदकर्ताको बोलपत्र नपरेपछि उद्योगले दोस्रो पटक मूल्य घटाएर लिलामीका लागि सूचना आह्वान गरेको थियो । सो समयमा उद्योगले रोप–वेको लिलामी मूल्य ४ करोड ६१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सो समयमा पनि रोप–वे लिलामी प्रक्रियामा खरिदकर्ताले बोलपत्र परेन ।

२०७४ मा उद्योगले पुनः मूल्य घटाएर लिलामीको सूचना जारी गरेको देखिन्छ । उद्योगले सो समयमा २ करोड ८० लाख रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरेको थियो । तर, सो समयमा पनि रोप–वे लिलामीमा खरिदकर्ताको बोलपत्र नै परेन । रोप–वे लिलामी हुन सकेपछि १६ वर्षदेखि बन्द रोप–वे हालसम्म अलपत्र अवस्थामा छ ।

रोप–वेको पुनः लिलामीको प्रक्रियाको तयारीमा उद्योग

उद्योगले पुनः रोप–वे लिलामीको तयारी थालेको छ । रोप–वे लिलामीको तयारी उद्योगले यसअघि पनि पटक पटक पहल गरे पनि उद्योगले अपेक्षा गरे जति रकम पाउन नसकेपछि बिक्री हुन सकेको छैन ।

वर्षौंदेखी सञ्चालन हुन नसकेको सो रोप–वेका कारण मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको छ । उद्योगको रोप–वे का डब्बाहरु हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैँसेखानीसम्म तारमा झुन्डिरहेको अवस्थामा रहेको देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाहरूले मानव बस्ती नै जोखिममा पारेको देखिन्छ । ती डिब्बा तारमा नै झुन्डिएको ३६ वर्ष भइसकेको छ ।

विगतमा यातायातका साधनहरूको सुविधा नहुँदा उद्योगको चुन ढुङ्गा खानीबाट ढुङ्गा ओसार्नको लागि सो रोप–वे को प्रयोग हुने गरेको थियो । तर, पछिल्लो चरण यातायातको साधनहरूको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वे बाट चुन ढुङ्गा ल्याउन बन्द गरेको थियो ।

करिब २० वर्ष ती डिब्बा हेटौँडा सिमेन्ट उद्योगको लागि चुनढुङ्गा ओसार्न प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छ । सो रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि ढुंगाहरू भरिएको अवस्थामा रहेको छ ।

उद्योगको रोप–वेमा प्रयोग भएका करोडौँका फलामलाई कवाडीमा बिक्री गर्ने तयारी उद्योगको रहेको छ । रोप–वेमा प्रयोग भएको फलामका पोलदेखि, तार र बाकससम्म कवाडीमा बिक्री गर्ने तयारीमा हेटौँडा सिमेन्ट उद्योग गरेको हो । रोप–वे बिक्रीबाट करिब १२ करोड रुपैयाँसम्म रकम प्राप्त हुने आँकलन गरिएको छ ।

उद्योगले उक्त रोप–वेका सामग्री लिलाम गर्न उद्योगका भण्डार विभाग प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा मूल्याङ्कन समिति बनाएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १÷१ जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

मूल्याङ्कन समितिको रिपोर्टपछि वास्तविक बिक्री मूल्यबारे जानकारी पाइने उद्योगका महाप्रबन्धक वसन्त कुमार पाण्डेले बताए । रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने स्थिति नरहेको र मानव बस्ती नै जोखिममा परेकाले सोको मूल्याङ्कन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरेको पाण्डेले बताए ।

रोप–वे बेचेर घाटा पूर्ति र नयाँ प्रविधि खरिद गर्ने उद्योगको तयारी

विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योगले घाटा पूर्ति र उद्योगमा नयाँ प्रविधि खरिदको लागि रोप–वेका सामग्री बिक्रीको तयारी सुरु गरेको हो ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले बजार मूल्य समायोजन गर्न नसक्दा र पुरानो प्रविधिका कारण क्षमता अनुसार सिमेन्ट उत्पादन गर्न नसक्दा विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले व्यहोर्दै आएको घाटा पूर्तिका लागि आफ्नो रोप–वे सेवाको सामग्री बिक्री गर्ने तयारी गरेको हो ।

उद्योगका महाप्रबन्धक पाण्डेका अनुसार रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने स्थिति नरहेको र मूल्याङ्कन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरिएको हो । रोप–वे लिलामीले मानव बस्तीको सुरक्षा हुनुको साथै प्राप्त रकमबाट उद्योगमा नयाँ उपकरण ल्याउन सकिने उनले बताए ।

पुराना प्रविधिका कारण उद्योगले वर्षेनी करोडौं घाटा व्यहोर्नु पर्ने बाध्यता रहेको उनका भनाई छ । प्रविधिको कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

उद्योगको जडित उपकरण, मेसिनरी औजार पुरानो प्रविधि भएकाले निरन्तर उत्पादन हुन नसकेको सार्थ मेसिनरी संयन्त्रको मर्मत–सम्भारमा बढी श्रम समय र जनशक्ति खर्चिनु पर्ने अवस्था रहेको उनको भनाई छ ।

यस्तो छ सो रोप–वेको इतिहास

नेपालमा नै पहिलो पटक तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा रोप–वेको स्थापना गरेका थिए ।

सोही कार्यको अनुसरण गर्दै हेटौँडा सिमेन्टले पनि खानी क्षेत्रबाट चुन ढुङ्गा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको थियो ।

करिब २० वर्ष सो रोप–वेबाट उद्योगले चुन ढुङ्गा ढुवानी ग¥यो । २०६२ सालमा उद्योगको सो रोप–वे बन्द भयो । त्यस यता सो रोप–वे सञ्चालनमा आउन सकेको छैन ।

२०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पुर्‍याएपछि पूर्ण रूपमा बन्द भइएको थियो । क्षति पुगेपछि बन्द भएको रोप–वे मर्मत गर्न उद्योगले चासो देखाएन । रोप–वे मर्मत गर्नुको विकल्पमा उद्योगले चुन ढुंगा ढुवानीको लागि यातायातको साधन प्रयोग गर्न सुरु ग¥यो ।

प्रतिघन्टा ३ सय मेट्रिकटन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको शुरुमा १ सय ६५ वटा बकेट (क्यारियर) रहेको थियो । रोप–वे बिग्रिए पछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In