• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।

काठमाडौं महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँचजना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नु पूर्व खाद्य परिकार बनाउने र बेच्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्नलाई आवश्यक प्रशिक्षित गर्नुपर्ने खाँचो महसुस गरेर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र वार्ड नम्बर ३० को अगुवाइमा यससम्बन्धी तालिम दिइएको छ ।

मण्डिखाटारस्थित गेट कलेजको समन्वयमा वडा नम्बर ३० का होटल व्यावसायी, रेष्टुराँ व्यावसायी, विद्यालयहरूका चमेना घर, खाजा घर, ठेला पसले मालिक तथा कर्मचारी गरी ५४ जनालाई पहिलो चरणमा खाद्य सुरक्षासम्बन्धी तालिम दिइएको हो ।
सहरी स्वास्थ्य प्रबर्धन केन्द्रकी प्रमुख डा.आरती शाह नेतृत्व तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइँको समन्वयमा आयोजित कार्यक्रममा खाद्य स्वास्थ्य फुड हाइजिन, स्वास्थ्य मापदण्ड, फोहोर व्यवस्थापनलगायतका शीर्षकमा तालिम दिइएको थियो।

कार्यक्रममा डा.शाहले खाद्य व्यवसायीहरूले स्वास्थ्यका प्रत्येक विषयमा संवेदनशील नभएमा यही नै जटिल स्वास्थ्य समस्याको कारण बन्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई जागरुक बनाउन तालिम आयोजना गरिएको बताइन् ।
गेटा कलेजका प्रमुख कार्यकारी अधिकृत लकाइँले खाद्य स्वच्छता मानव जीवनको हरेक पक्षमा अपरिहार्य भएको अवस्थामा महानगरपालिकाको महान अभियानमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे ।

विश्वका थुप्रै मुलुकमा खाद्य निरीक्षकको व्यवस्था रहेको प्रसंग उल्लेख गर्दै उनले काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई खाद्य निरीक्षक नियुक्त गरि महानगरमा खाद्य स्वच्छता कायम गर्न लाग्नु स्वागतयोग्य भएको विचार व्यक्त गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी किशोर खत्री, प्रमुख प्रशिक्षक गेट भोकेसनल फ्याब स्कुलका महाप्रबन्धक विवेक पौडेललगायत गेट कलेजका विभिन्न अध्यापकहरूले खाद्य सुरक्षा तथा स्वच्छताका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए । विज्ञहरू डा. किरण पाण्डे, डा.अनुप लगायतले खाद्य स्वच्छताका आयामबारे सहजीकरण गरेका थिए । वडाको अगुवाइमा प्रमाण पत्र दिने, तर बीचबीचमा अनुगमन गरेर सरसफाइ तथा खाद्य सुरक्षाको स्टिकरसमेत प्रदान गरिने वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In