• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सांसदहरुको सेवा सुविधामा अचाक्ली खर्च, मूल्याङ्कन शीर्षकमै १ करोड २९ लाख सकियो

कुन सांसदले कति रकम बुझे ? (सूचीसहित)


सांसदहरुको सेवा सुविधामा अचाक्ली खर्च, मूल्याङ्कन शीर्षकमै १ करोड २९ लाख सकियो
Share on FacebookShare on Twitter

विकास बजेट खर्चमा निकै कमजोर देखिएको सुदूरपश्चिम प्रदेशमा सांसदहरुको सेवा सुविधामा भने अचाक्ली खर्च गरेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव ६१ प्रतिशतमात्रै छ । जसको ७१ दशमलव ७१ प्रतिशत चालु खर्च छ भने पुँजीगत खर्च जम्मा ६४ दशमलव २३ प्रतिशतमात्रै छ ।

तर यहाँका प्रदेश सांसदका तलब, भत्ता, अनुगमन, सञ्चार, आवास, निजी सचिवालय, बिजुली, अतिथि सत्कारमा मात्रै करोडौं खर्च भएको छ । आमनागरिकका सेवा सुविधामा तथा पुँजीगत बजेट खर्चमा खासै महत्व नदिएको प्रदेश सरकारले मन्त्री, सांसदका सेवा सुविधाको लागि भने २ पटक कानुन नै संशोधन गरी सेवा सुविधा बढाएको हो ।

कुन सांसदले कति रकम बुझे ?

सुदूरपश्चिम प्रदेशसभा सचिवालय धनगढीको तथ्याङक अनुसार प्रदेश सरकारका मन्त्री बाहेक हालसम्म सभामुख, उपसभामुखसहित सांसदहरुले अनुगमन मूल्याङकनको नाममा मात्रै १ करोड २९ लाख ९ हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा २४ लाख ६० हजार ३५०, आर्थिक वर्ष २०७५/०७६ मा ५४ लाख ८ हजार २४८, आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ३९ हजार ७२१, आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख ५१ हजार ५२५ रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख ४९ हजार ३४० रुपैयाँ सभामुख, उपसभामुख तथा प्रदेशसभा सदस्यहरुको अनुगमन, मूल्याङ्कन खर्च शीर्षकमा रकम खर्चिएको छ ।

त्यसबाहेक प्रदेशसभा सदस्यहरुले ५६ हजार ५०० रुपैयाँ पारिश्रमिक, सञ्चार सुविधा बापत मासिक ३ हजार, आवास सुविधा बापत मासिक १८ हजार, निजी सचिवालय बन्दोबस्त बापत मासिक एक हजार ७५०, बिजुली धारा शीर्षक अन्तर्गत मासिक २ हजार, अतिथि सत्कार बापत मासिक ७ हजार लिने गरेका छन् ।

अनुगमन, मूल्याङ्कन खर्च अन्तर्गत आव २०७४/२०७५ मा सबैभन्दा बढी रकम अम्भी कुमारी थापाले लिएकी छन् । उनले सो आर्थिक वर्षमा १ लाख ११ हजार ५ सय रुपैयाँ लिएकी थिइन् । यस्तै, गोविन्दराज बोहराले ९३ हजार ३०० र नेपाल चौधरीले ९२ हजार ३५० रुपैयाँ उक्त शीर्षकमा लिएका छन् ।

आव २०७५/२०७६ मा सो शीर्षकमा सबैभन्दा बढी भरतबहादुर खड्काले २ लाख ४ हजार रुपैयाँ बुझेका छन् । आव २०७६/२०७७ मा सबैभन्दा बढी उपसभामुख निर्मला बडाल जोशीले १ लाख २३ हजार ६५१ रुपैयाँ बुझेकी छन् । आव २०७७/२०७८ मा भरत बहादुर खड्काले ८१ हजार १२५ रुपैयाँ बुझेका छन् । त्यस्तै, आव २०७८/२०७९ मा सबैभन्दा बढी बुझ्नेमा बलबहादुर सोडारी छन् । उनले १ लाख ८१ हजार ५० रुपैयाँ बुझेका छन् भने दोस्रो स्थानमा देवकी मल्ल थापाले १ लाख ६९ हजार ८७५ रुपैयाँ बुझेकी छन् । सो आर्थिक वर्ष भरतबहादुर खड्काले १ लाख ५९ हजार ६० रुपैयाँ बुझेको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७९ साउनको विवरण हेर्ने हो भने, तलबसहितका सञ्चार, आवास, निजी सचिवालय, बिजुली, अतिथी सत्कारको नाममा सबैभन्दा बढी सुविधा लिनेमा कुन्ती जोशी, कुमारी नन्दा बम, दुर्गा कुमारी कामी, नेपालु चौधरी र हर्कबहादुर कुँवर देखिएका छन् । उनीहरुले ९० हजार ४५० रुपैयाँ बुझेको देखिएको छ । यी ५ जना सांसदले अतिथि सत्कार, आवास, निजी सचिवालय बन्दोबस्तमा अरुभन्दा बढी खर्च गरेको तथ्याङ्कले देखाउँछ ।

विकास बजेट खर्चमा चासो नदेखाउने तर व्यक्तिगत लाभ हुने ठाउँमा सांसदहरु अगाडि देखिएको भन्दै आलोचना समेत हुँदै आएको छ । धनगढी उपमहानगरपालिका–७ का पदम रानाले सांसदहरुको ५ वर्षे कार्यकालमा जनताको सेवाभन्दा व्यक्तिगत लाभको लागि मात्रै सांसद बनेकोजस्तो देखिएको दुखेसो सुनाए ।

प्रदेशसभा सचिवालयका शाखा अधिकृत नरेन्द्र पालले प्रदेशसभाले ल्याएको कानुन अनुसार नै सांसदहरुको सेवा सुविधामा खर्च भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In