काठमाडौं,०८ असोज। नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा राजधानीमा सुरु भएको छ। खबरदारी सभामा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी समानुपातिकमा सिफारीस गरेको बताएका छन्।
कांग्रेस नेता मोहन बस्नेतले कांग्रेस केन्द्रीय सदस्य निर्णय विपरीत समानुपातिक टिकट वितरण भएको बताए। उनले भने, ‘कांग्रेसको लागि ज्यान दिने साथीलाई बाहिर राखेर आयातीत, मसलवालाहरुलाई भित्र ल्याउने काम भयो।’
नेताहरु समानता र न्यायका लागि खबरदारी सभा आयोजना गरिएको नेताहरुको भनाइ छ। लामो समय त्याग तपस्या गरेका नेताहरुलाई पाखा लगाइएको उनीहरु बताउँछन्। नेताहरुले देउवा एउटा गुटको नेतामात्रै बनेको आरोप लगाए।
नेताहरुले नेपाली कांग्रेस एक भएर जाने हो भने गठबन्धनको आवश्यकता नरहेको बताए। उनीहरुले जनता र कार्यकर्तालाई केन्द्रबिन्दु नराखिएको बताए। कार्यक्रममा शीर्ष नेताहरुको भने सहभागी छैन।
Discussion about this post