• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

क्यूआरकोडमा स्वास्थ्य मन्त्रालयको चरम लापरवाही


क्यूआरकोडमा स्वास्थ्य मन्त्रालयको चरम लापरवाही
Share on FacebookShare on Twitter

गगन अर्याल-

काठमाडौं, असोज ९ गते । स्थानीय तह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीका कारण विदेश जाने नेपालीले अनावश्यक सास्ती भोगिरहेका छन् ।

कोभिड–१९ विरूद्धको खोप लगाएका व्यक्तिले त्यसको प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिने व्यवस्था छ । विदेश जाने नेपालीहरूले सोही प्रक्रियाअनुसार खोप लिएको प्रमाण लिनुपर्छ ।

अनलाइन आवेदन गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएको प्रमाणित गरी डिजिटलरूपमा प्रमाणीकरण पत्र क्यूआरकोड उपलब्ध गराउने गरेको छ । सोही क्यूआरकोडमा लापर्वाही गरेको कारण विदेश जाने यात्रुले समस्या भोग्नु परेको हो ।

यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खोप प्रमाणीकरण गरेर लिएको क्यूआरकोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्यान गर्दा भेरिफाइड नदेखिने समस्या भएपछि यात्रु फिर्ता हुन बाध्य भएका छन् । शनिबार अमेरिका जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी भक्तपुरकी भगवती ९नाम परिर्वन०ले त्यस्तै समस्या भोग्नु पर्‍यो। उनी विमानस्थलको प्रस्थान गेटबाटै फर्किनुपर्‍यो।

श्रीमान र छोरासहित अमेरिका हिडेका उनीहरू तीनै जनाको खोप प्रमाणीकरण गर्ने क्यूआरकोड ‘अनभेरिफाइड’ भएपछि विमानस्थलले उनीहरुलाई फर्काइदिएको थियो । भगवतीले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेअनुसारकै प्रक्रियामा कोभिड–१९ विरूद्धको खोप लगाएको प्रमाणीकरण गरेर विमानस्थल गएकी थिइन् ।

भगवतीकाअनुसार उनले अनलाइनमार्फत आवेदन गरेर १ महिना लगाएर कोभिड–१९ विरूद्धको खोप लगाएको प्रमाणीकरण गरी क्यूआरकोड पाएकी थिइन् । मन्त्रालयले दिएको सोही कोड लिएर विमानस्थल जाँदा उनी घर फर्किनुपरेको हो ।

‘हामीले सबै प्रक्रिया पुरा गरेर फर्म भरेका थियौं । त्यसै आधारमा खोप प्रमाणित भएको पत्र पनि आयो तर हिजो घरबाट विदा भएर एयरपाेर्ट पुग्यौं । तर, एयरपोर्टबाट फर्किनु पर्‍याे । यसको जिम्मा कसले लिने ?’ उनले लोकान्तरसँग भनिन्, ‘न मन्त्रालयलाई थाहा छ, न वडा कार्यालयले यसको जिम्मेवारी लिन्छ । अब हामी कहाँ जाने ?’

उनको जस्तै समस्याले एयरपोर्टबाट धेरै जना रुँदै फर्किएको आफूले देखेको भगवतीले बताइन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुर भने आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताउँछन् । जिम्मेवारीबाट पन्छिन खोज्दै ठाकुरले भने, ‘यसबारेमा मलाई जानकारी छैन् । कुनै गुनासो पनि आएको छैन ।’

तर,  स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख राजेन्द्र साहले भने क्यूआरकोड जेनेरेट गर्ने सफ्टवेयर ह्याक भएका कारण ३ दिनदेखि क्यूआरकोडमा समस्या आएको बताए । उनी मन्त्रालयमा क्यूआरकोड फोकल पर्सनको जिम्मेवारीमा छन् ।

‘खोप प्रमाणीकरण पछि जारी हुने क्यूआरकोडमा ३ दिनदेखि समस्या आएको छ । हामीले त्यसबारे अनुसन्धान गरिरहेका छौं,’ साहले लोकान्तरसँग भने । उनकाअनुसार, पछिल्लो ३ दिनमा ४ सय जना व्यक्तिले क्यूआरकोडमा समस्या आएको भन्दै मन्त्रालयमा गुनासो गरेका छन् ।

मन्त्रालयले चलाउँदै आएको सफ्टवेयरमा अनाधिकृत व्यक्तिले पहुँच सिर्जना गरी मन्त्रालयले भेरिफिकेशनको लागि दिएको कोड ह्याक गरेर भेरिफाइड भएको पत्रलाई पनि अनभेरिफाइड गर्ने गरेको पत्ता लागेको साहले बताए । ह्याकरले एक व्यक्तिलाई अनभेरिफाइड गरेर आफूले चाहेको व्यक्तिलाई भेरिफाइड गर्ने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको साहले बताए ।

‘सफ्टवेयरमा साइबर हमला भएको भन्नुपर्छ । फर्म भरेर कोड लिएर त्यसलाई परिवर्तन गरेर अर्कैलाई भेरिफाइड गरिदिएको पाइएको छ । त्यसका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ फोकल पर्सन साहले लोकान्तरसँग भने, ‘अनुसन्धानको लागि हामीले प्रहरीसँग पनि सहयोग मागेका छौं । विमानस्थलमा रहेको प्रहरीलाई कडाई गर्न भनेका छौं ।’

केही दिन अगाडि क्यूआरकोड सम्बन्धि वेवसाइट अपडेट गर्दा केही डेटाहरूमा समस्या आएको हुनसक्ने दावी पनि साहको छ । ‘हामीले केही दिन अघि सफ्ट्वयर रिबुट गरेका थियौं त्यसले  गर्दा पनि केही समस्या देखिएको हुनसक्छ,’ साहले लोकान्तरसँग भने ।

साहले समस्या सिर्जना हुनुको दोष स्थानीय तहलाई लगाउन पनि भ्याए । ‘पछिल्लो समयमा स्थानीय तहका वडाबाटै खोप लगाएको÷नलगाएको प्रमाणीकरण गर्नलाई मन्त्रालयको सरभरसँग जोडिएको छ । त्यहाँका कर्मचारीले भेरिफाइड भएको खोप कार्डलाई अनभेरिफाइड गरिदिएको खण्डमा पनि समस्या आउँछ’, साहले तर्क गरे । – लोकान्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In