• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको कार्यालयमै दसैँ !


यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको कार्यालयमै दसैँ !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीका काममा जुट्नुपर्ने भएकाले यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले ढुक्कले दसैँ मान्न नपाउने भएका छन् । दसैँको टीकाको दिन समेत कार्यालय खुला रहनेछ भने कर्मचारीलाई टिका लगाएर पालैपालो कार्यालयमा हाजिर हुन भनिएको छ ।

निर्वाचनको तयारीको चटारोका कारण दशैंका बेलापनि आवश्यक निर्णय गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका आयुक्तहरुको टोली आयोगमा उपस्थित हुनेछन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले रातोपाटीसँग भने– ‘यसपाली दशैं विदा लिने अवस्था छैन, अष्टमीको दिनपनि निर्णय लिनुपर्ने हुन्छ । नवमीका दिन पनि पर्छ । यो ठाउँमा कार्यालय खोल्न समस्या प¥यो भनेर गुनासो आयो भने यहाँबाट निर्णय गरेर पठाउनुपर्यो । टिकाको दिन पनि कार्यालय बन्द हुँदैन । कर्मचारीलाई पालैपालो टिका लगाएर कार्यालय आउन भनेका छौँ । दशैंको टिकाको दिन पनि कार्यालय बन्द नहुने भनेर निर्णय भइसकेको छ ।’

आयोगका पदाधिकारी र कर्मचारीलाई टिका लगाउनका लागि समय पुग्ने भएपनि कार्यालय नआई घरमै बस्ने अवस्था नहुने उनले बताए । तर मतपत्र छपाइमा संलग्न गरेका कर्मचारीले भने ३ दिन बिदा पाउनेछन् ।  आयोगले दशैंको समयावधि भित्र पनि निर्वाचन कार्यक्रमहरुको कार्यसूची यसअघि नै तयार गरेको थियो । असोज १५ गतेदेखि १९ गते अर्थात टीकाको दिनसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको छ । यस्तै असोज २३ गतेदेखि तर्फ प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु हुनेछ । असोज १६ र १७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष तर्फको मनोनयन दर्ता कार्यक्रमका लागि पनि तयारी गर्नुपर्ने भएका कारण पनि दसैंका बेला आयोग व्यस्त हुने भएको हो ।  यसैबीच आयोगले समानुपातिक प्रणाली तर्फको मतपत्र प्रकाशनको काम चरणमा पुर्याएको छ । हालसम्म १ करोडमाथि मतपत्र छपाई भइसकेको छ । असोज २३ गतेसम्म समानुपातिक तर्फको मतपत्र छपाइको काम सम्पन्न हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिए । यस्तै असोज २८ गतेदेखि प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In