• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव


भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि १, कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ ।

चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको माग समेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउछन् ।

उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजपुर बाहिरका जिल्ला साथै विदेशमा समेत माग छ, तर खुकुरी बनाउने कालिगड भने जिल्लामा कमै मात्र छन । मैले पनि केही कालिगडलाई मात्र काम दिएको छु ।’

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश विक भन्छन्, ‘हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।’ खकुरी उद्योगबाट थोरै कालिगडले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडालगायतका खुकुरी उत्पादन हुने गरेको छ ।

उद्योगबाट उत्पादन भएको खुकरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा रहेसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ ।

भोजपुरमा आउने र जानेहरुलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको सङ्घ भोजपुरका कार्यालय सचिव मीना कार्की बताउछन् । ‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी’, उनले भने, ‘विगतमा द्वन्द्वको समयमा बन्द भएको भोजपुरको खुकुरी उद्योगहरु मुलुकमा आएको शान्ति प्रक्रियाको थालनीसँगै पुन ब्युँतिएका हुन् ।’

भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायतका ठाँउहरुबाट समेत खुकुरी बिक्रीका लागि आउने गरेको छ ।  भोजपुरमा बुदुना, बाँसपाते, सिरुपातेलगायतका खुकुरीहरु बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुभयो । महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहेका उनले भने, ‘बिचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालिगड भन्दा पनि आफैँले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।’

विसं २०४७ देखि नै खुकुरीको व्यवसाय गर्दै आइरहनुभएका उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठले आफूसँग बिक्रीका लागि रु सात सयदेखि आठ हजार पाँच सयसम्मको खुकुरी रहेको जानकारी दिए । जिल्लाकै ख्यातिसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको उनले बताए । सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यावसायीकरणमा ढाल्न सहयोग गर्नुपर्ने सञ्चालक श्रेष्ठको भनाइ छ ।

भोजपुरमा सन् १९६५ देखि खुकुरीको व्यवसाय शुरु भएको इतिहास पाइन्छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको बताइन्छ । विश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले रु एक हजार बक्सिसस्वरूप दिएको र सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीहरूको भनाइ छ ।

सजावटका लागि समेत भोजपुरमा बन्ने खुकुरीहरु नेपालका साथै बाहिरी मुलुकहरु बेलायत, अमेरिका, फ्रान्सलगायतका मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि भोजपुरमा कालिगडको अभाव हुँदै जान थालेको हो । खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थहरु जुटाउन समस्या हुने, त्यहाँमाथि युवाहरूलाई धेरै पैसा कमाउन मन हुने कारणले पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्माले बताए ।

खुकुरी वयवसाय सञ्चालनका लागि सरकारी निकायहरूबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला, काठमा सहजता ल्याइदिनु पर्ने माग खुकुरी व्यवसायीहरूको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In