• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

अवैद्य रूपमा सञ्चालित नैना अस्पतालमा चिकित्सकको लापरवाहीका कारण फेरि एक सुत्केरीको मृत्यु

अस्पतालले रेफर गर्न नमानेपछि जबरजस्ती अर्को अस्पताल लगिएको थियो विद्यालाई


अवैद्य रूपमा सञ्चालित नैना अस्पतालमा चिकित्सकको लापरवाहीका कारण फेरि एक सुत्केरीको मृत्यु
Share on FacebookShare on Twitter

सुत्केरीको मृत्यु प्रकरण

जनकपुरधाम : जनकपुरधामस्थित एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको छ । अवैद्य रूपमा सञ्चालित जनकपुरधाम रामानन्द चोकस्थित नैना अस्पतालमा चिकित्सकको लापरवाहीका कारण फेरि एक सुत्केरीको मृत्यु भएको हो।

सामान्य रूपमै बच्चा जन्माएकी जनकपुरधाम उप-महानगरपालिका-१२ हनुमाननगर निवासी दिलिप मण्डलकी श्रीमती विद्याकुमारीको चिकित्सकले लापरवाही गर्दा ज्यान गएको पीडित परिवारको आरोप छ। नियमित चेकजाँच गराउँदै आएकी विद्यालाई प्रसव पीडा हुँदा परिवारले भदौ २३ गते नैना हस्पिटलमा भर्ना गराए।

चिकित्सकको निगरानीमै २४ गते सामान्य (नर्मल) डेलेभरि गराइयो। शिशु जन्मेपछि विद्याको पाठेघरबाट अत्यधिक रक्तश्राव भयो। डा. इन्द्रमोहन रजकको चिकित्सकको टोलीले बिरामीको पाठेघर च्यातिएकाले रगत चढाउने सहमति अनुसार रगतको माग गर्‍यो।

चिकित्सकले भनेबमोजिम श्रीमानले जनकपुरभरि खोजेर अस्पताल पुर्‍याएको ३१ पोका रगत विद्यालाई चढाइयो। तर स्वास्थ्यमा सुधार आउनुको साटो झन बिग्रिदै गयो।

‘आफूहरूको सहमति बिना नै उनको पाठेघर काटेर हटाइदिएपछि पाठेघरसम्बन्धी नसा फाटेर अवस्था झन बिग्रियो।’ दिलिप भने, ‘हामीले पटक पटक अस्पतालका सञ्चालक डा. बृजमोहन रजक र इन्द्रमोहन रजकलाई यहाँ उपचार सम्भव नभए रेफर गर्न भनिरहयौं, तर उहाँहरूले यही ठीक भइहाल्छ भनेर बाहिर जान दिएनन्।’

बिरामीको अवस्था दिनानूदिन बिग्रदै गएपछि अस्पतालबाट बलजफ्ती लिएर काठमाडौंको नेपाल मेडिसिटी अस्पताल लग्यौं। ‘मेडिसिटीमा बिरामीको अवस्था हेर्ने बितिकै चिकित्सकहरूले पहिला त भर्ना गर्नै मानेन। धेरै अनुरोध गरेपछि बचाउने प्रयास गर्छौ, भनी भर्ना लियो।’

नैना हस्पिटलले पाठेघर काटेर हटाएको आफूलाई थाहा नभएको दिलिप बताउँछन्। मेडिसिटी अस्पतालमा भर्ना गर्नुअघि त्यहाँका चिकित्सकहरूले पाठेघर काटेर हटाएका कारण नसा च्यातिएको जानकारी दियो।

त्यही भएर उनीहरूले उपचार गर्न मानेका थिएन। ‘केश पहिला नै बिग्रिसकेकाले रिक्समा काम गर्न नसकिने भनेर मेडिसिटीले उपचार गर्न मानेन्। हाम्रो अनुरोधपछि मात्रै बचाउने प्रयास गर्छु भनी भर्ना गरेको थियो,’ उनले भने। काठमाडौंको २२/२३ दिन उपचारपछि मेडिसिटीले यहाँ थप उपचार गर्न सम्भव नभएको बतायो। पहिले उपचार गराएको ठाउँमा लैजान भनेपछि पुनः पुरानै अस्पतालमा भर्ना गरियो।

भक्कानिदै दिलिपले भने, ‘नैना अस्पतालले सुरुमा १०/११ लाख रुपैयाँ खर्च गरायो। मेडिसिटीमा ३० लाख रुपैयाँ गरी करिब ४० लाख खर्च गर्दा पनि श्रीमतीलाई बचाउन सकेनौं। उनले क्षतिपूर्ति पाउनुपर्ने, चिकित्सकलाई कारवाही हुनुपर्ने र अस्पताल बन्द नगरुन्जेल आन्दोलन जारी राख्ने बताए।

नैना हस्पिटलले विद्याको अवस्था बिग्रिएपछि नेपाल मेडिसिटीमा उपचार गर्न मौखिक सहमति दिएको थियो। घटना लुकाउन उपचार खर्च दुई लाख रुपैयाँ मेडिसिटी अस्पतालमा पठाएको उनले बताए।

नैना हस्पिटलको यो पहिलो भने घटना होइन। यसअघि भदौ १६ गते पनि चिकित्सककै लापरबाहीका कारण एक नवजात शिशु जन्मिएको दुई दिनमै मृत्यु भएको थियो। सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ त्रिभुवननगरकी चञ्चला देवीको शिशुको अस्पतालका चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको परिवारले आरोप लगाएका थिए।

दर्ता बिनाको नैना अस्पताल

सरकारको मापदण्डविपरीत सञ्चालित अस्पतालहरूमा पटक-पटक चिकित्सकको लापरवाहीले मृत्यु हुने क्रम बढेपनि सम्बन्धित निकायले चासो देखाएको छैन। जनकपुरधाम उप-महानगरपालिका भित्र मात्रै डेढ सयभन्दा बढी निजी क्लिनिक तथा अस्पताल अवैध रूपमा सञ्चालन भइरहेका छन्।

अवैध रूपमा सञ्चालित अस्पतालहरूले बिल काट्न कम्पनी रजिष्ट्रारको दर्तामा प्यान नम्बर लिएर सञ्चालन गर्दै आएको छ। ती मध्येको एक अस्पताल हो नैना। जसले अस्पताल सञ्चालनको स्वीकृति नै नलिई एक वर्षभन्दा बढी समयदेखि कम्पनी रजिष्ट्रारमा दर्ता गरी डा. बृजमोहन रजकले अस्पताल सञ्चालन गर्दै आएका छन्।

स्वास्थ्य सम्बन्धी कानून अनुसार २५ शय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शय्यादेखि माथिका अस्पतालहरू स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ।

तर, जनकपुरधामस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रालि कम्पनी रजिष्ट्रारको दर्ताको भरमा ५० शय्याको अस्पताल सञ्चालनमा छ। अस्पताल दर्ताका बारेमा मधेश प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन।

निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफू कहाँ आएको छैन, अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन।’ यसबाहेक तराई राजधानी हस्पिटल, सुरक्षा अस्पताल, श्रीराम जानकी हस्पिटल लगायत दर्जनौ अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु हुने क्रम बढ्दो छ।

विद्याको मृत्युपछि पीडित परिवार तथा मृतकका आफन्तहरूले हस्पिटलमा हो-हल्ला गरेपछि कर्मचारी तथा चिकित्सकहरू अस्पताल छाडेर भागेका थिए।

अस्पतालमा कोही नभेटिँदा पीडित परिवारले अस्पताल अगाडि र रामानन्द चोकमा अस्पताल र सम्बन्धित निकाय विरुद्ध रामानन्द चोकमा कारवाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन। प्रदर्शनका क्रममा प्रहरी र मृतकका परिवारबीच सामान्य झडप समेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In