• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित


लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित
Share on FacebookShare on Twitter

काठमाडाैं । ‘यो खराब भयो, वास्तवमै खराव !!’ शनिबार राती ब्राइटनद्वारा लिभरपुलको लज्जास्पद हारमाथि प्रशिक्षक जर्गेन क्लोपको तत्कालै प्रतिक्रिया यस्तो थियो ।

एमेक्स रंगशालामा खेलको सुरुदेखि अन्त्यसम्म पाहुना टोलीको प्रदर्शन कमजोर रह्यो । वास्तवमै ब्राइटनले एकतर्फी खेल प्रदर्शन गरेको थियो । यसले लिभरपुलको लागि प्रिमियर लिगको गतिलाई नै पछाडि पारेको थियो ।

शनिबार राती नै ब्रेन्टफोर्डले घरेलु मैदानमा बर्नमाउथलाई हराएपछि लिभरपुल अंकतालिकाको नवौं स्थानमा झरेको छ । लिग लिडरभन्दा १६ अंकले पछि परेको छ । साउथ कोस्टमा ३-० को हारपछि क्लोपले भने, ‘मैले योभन्दा खराब खेल देखेको याद छैन । इमानदारीताका साथ भन्ने हो भने यस्तो हुनै सक्दैन ।’

‘ब्राइटनले निकै राम्रो खेले । उनीहरु जितका हकदार थिए । एउटा उत्कृष्ट संगठित टिमका साथ अर्को संगठित टिम खेलेको थियो,’ उनले थपे, ‘निश्चित रुपमा हामी निकै चिन्तित छौं । तपाईं यसरी खेल्नुहुन्छ भने कसरी अगाडि बढ्नुहुन्छ ?’

सन् २०१५ मा क्लोप एलफिल्ड आएयता लिभरपुलको प्रदर्शन यो सिजन सबैभन्दा खराव देखिएको छ । अघिल्ला सिजनको यसै स्थितिको तुलनामा उनीहरुले कम गोल गरेका छन्, धेरै गोल खाएका छन् । गोलअन्तर यति खराव यसअघिका ६ सिजनमा भएकै थिएन । उनीहरुले यो सिजन अहिलेसम्म २६ अंक गुमाइसकेका छन् । यो पछिल्लो पूरै सिजनको तुलनामा ४ अंकले बढी हो ।

एलेक्स ओक्स्लेड च्याम्बरलिनलाई पछाडि ल्याउँदै क्लोपले शनिबार ४-३-१-२ को फर्मेसनमा टिम उतारेका थिए । मोहम्मद सलाह र कोडी ग्याक्पोलाई अग्रपंक्ति सुम्पिएका थिए । तर, सोही कारण लिभरपुलले सन्तुलन गुमायो । त्यसको फाइदा लिन ब्राइटनका खेलाडीहरु उत्सुक थिए ।

लिभरपुलका समर्थहरु तर्क गर्दैथिए । चोटग्रस्त भिर्गिल भान डाइक, लुइस डियाज र डिएगो जोटालगायत अन्य केहि खेलाडीको अनुपस्थितिले खेलमा ठूलो असर परेको छ । यसमा सत्यता पनि छ । तर, रक्षापंक्तिका पछिल्ला कमजोरीलाई पनि नजरअन्दाज गर्न हुँदैन ।

दुई साताअघि ब्रेन्टफोर्डामा ३-१ को होर र गत शनिबार एफए कपमा वुल्भ्ससँग उसकै मैदानमा २-२ को बराबरीका लागि लापरबाहीपूर्ण गल्ती भनिएको थियो । खेलमा कहाँ गल्ती भयो भनेर कप्तान जोर्डन हेन्डरसनलाई प्रश्न सोधिएको थियो ।

‘सबै कुरा । केहि समयदेखि कुनै पनि कुरा सही भइरहेको छैन । योबारे सबै जानकार छन् । म यसको जिम्मेबारी लिन्छु र अरु साथीहरुले पनि लिन्छन् । हामीले ठीक गर्ने प्रयास गर्नुपर्छ ।’ उनले आफ्नो टिममा आत्मविश्वासको कमी, उर्जाको अभावरहेको भन्दौ यसलाई सुधारेर अगाडि बढ्न सबैले आआफ्नो स्थानमा प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In