Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चिनियाँ सरकारको अघोषित नाकाबन्दी अझै जारी – रसुवागढी खुल्यो , तातोपानी किन बन्द ?


चिनियाँ सरकारको अघोषित नाकाबन्दी अझै जारी – रसुवागढी खुल्यो , तातोपानी किन बन्द ?
सिन्धुपाल्चोक — चीन जोड्ने चर्चित उत्तरी नाकामध्ये केरुङ (रसुवागढी) बाट पुस १३ यता निर्यात भइरहँदा तातोपानीमा आंशिक आयात हुँदै आएको सात वर्ष पुगिसकेको छ । उता केरुङसहित अन्य नाकाको चमक फर्किरहँदा पुरानो व्यापारिक केन्द्र र कैलाश मानसरोवर जाने मुख्य मार्ग तातोपानीलाई चीनले प्राथमिकतामा राखेको छैन । अन्यमा झैं भौतिक संरचनामा पूरै तयार तातोपानीमा अत्याधुनिक भव्य सुक्खा बन्दरगाह भवन र ऐतिहासिक मितेरी पुल सुनसान छन् ।

भूकम्प र बाढीपहिरोले ध्वस्त कोदारी राजमार्ग २६ किमि अहिले सीआरसीसीले पहिरो खण्डलाई मर्मतसम्भार गर्दै छ । भौतिक संरचनामा अन्यत्रझैं सहज वातावरण भए पनि चीनले तातोपानीबाट निर्यात र सर्वसाधारणका लागि नखुलाउँदा यहाँका व्यवसायी र सरोकारवालाको एउटै प्रश्न छ, ‘किन प्राथमिकतामा परेन तातोपानी ?’

काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी नाकाबाट १ सय ६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर भूकम्प, बाढीपहिरो र कोभिडको अनेक बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयातनिर्यात व्यापारलाई पूरै निरुत्साहित गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत बताउँछन् ।

‘चीनले रसुवालाई प्राथमिकता दिएको छ, रसुवाबाट निर्यात खुलाइरहँदा तातोपानीबाट कन्टेनर आयातसमेत सहज बनाएको छैन । दिनहुँ तीनदेखि चार वटा कन्टेनर पठाइरहेको छ, यसलाई खासै प्राथमिकतामा राखेको देखिँदैन, त्यसैले हामीले धेरै पटक विभिन्न माध्यममार्फत सरकारलाई नाका सहज बनाउन पहलकदमी लिन अनुरोध गरिरहेका छौं,’ बस्नेतले भने । तातोपानीबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य छन् ।

तातोपानीमा आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडी चालक पेसा छाडेर धमाधम घर फर्किन थालेका छन् । ताल फुट्ने जोखिम र कोभिडका अनेक कारण देखाएर सरकारको गैरजिम्मेवारीपनकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको उनको तर्क छ ।

चिनियाँ इलाका बजार क्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल अनिवार्य गरेको छैन । त्यतिबेला कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो ।

चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना रहे पनि देखिने प्रगति नरहेको नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्यदूत नवराज अधिकारीले जनाए । ल्हासा प्रशासनसहित उच्च चिनियाँ अधिकारीसँग बसेर नाकालाई पुरानै अवस्थामा फर्काउन बैठक र छलफलका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । बाहिर नाका खुल्नेबारे हल्ला व्यापक चले पनि औपचारिक रूपमा माथिल्लो तहबाट सकारात्मक रहेको भन्नेबाहेक केही नआएको उनको भनाइ छ ।

केरुङमा आयातनिर्यात खुलेपछि तातोपानीमा त्यही हुने अनुमानमा झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनरदेखि होटल व्यवसायीसम्म आसमा छन् । नाका खुल्ने र व्यापार हुने उत्साहमा लिपिङ पुल छेउका होटल, पसल थापेर बसिरहेका व्यवसायी नाकामा कुनै चहलपहल नभएपछि निराश बनेका छन् । नाकालाई पूर्ण रूपमा खुलाउन र पूर्वाधार बलियो बनाउन हरसम्भव प्रयास गरिएको भोटेकोसी–२, तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले जनाए । यस नाकाबाट अहिले प्रतिदिन मुस्किलले चार वटा मात्रै कन्टेनर भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले बताए ।

‘अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थे । राजस्व पनि राम्रै संकलन भएको थियो । तर यस पटक लक्ष्यको ३० प्रतिशत मात्रै जम्मा भएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएकामा ३० प्रतिशत अर्थात् एक अर्ब ३५ करोड मात्रै राजस्व उठेको उनले जनाए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.